चिटचोर्न नपाएको भन्दै झडप

दैलेखखवर समाचारदाता, दैलेख । नौमूले परिक्षा केन्द्रमा गणित विषयको परिक्षा सकिय लगतै चटि चोर्न नदिएको आक्रोसमा विद्यार्थीहरुले ढुङगामुढा गरेका छन् ।

एसएलसी परिक्षा दिईरहेका विद्यार्थी लगाएत उनिहरुको सहयोगमा आएका अभिभावक समेतले विद्यालयमा ढुङगामुढा प्रहार गरेको स्थानिय प्रतक्षदर्शीले बताएका छन् । विद्यार्थीहरुले ढुङगामुढा गर्न शुरु गरेपछि प्रहरी र विद्यार्थी विच केहिवेर दोहोरो झडप भएको थियो । परीक्षा सकेर बाहिर निश्केपछि चिट चोर्न नपाएको झोंकमा परीक्षार्थीले परीक्षा केन्द्रमा रहेका केन्द्राध्यक्ष, निरीक्षक र सुरक्षाकर्मीलाई लक्षित गरेर जताभाबि ढुङगा प्रहार गरेपछि प्रहरी र परीक्षार्थीबीच झडप जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ढुंगामुडा प्रहार गरेपछि विद्यालयका झ्याल ढोका समेत टुटफुट भएको भैरव उच्च मावि नौमुले परीक्षा केन्द्रका केन्द्राध्यक्ष नगेन्द्र सिह बताए । केन्द्राध्यक्ष र निरीक्षकले परीक्षामा कडाई गरेर चिट चोर्न नदिएको भन्दै परीक्षा सकेर बाहिर गएका परीक्षार्थीहरु जम्मा भएर परीक्षा केन्द्रमै आक्रमण गरेको केन्द्राध्यक्ष सिहंले बताए । परीक्षार्थीहरु चिट चोर्न नपाएकोमा आक्रोशित हुँदै परीक्षा केन्द्र घेराउ हालेर केहि समय आक्रमण गरेका थिए । केन्द्राध्यक्षलाई केन्द्रित गरेर आक्रमण गरेपछि प्रहरीले बचाउन खोज्दा परीक्षार्थीले हानेको ढुगा लागेर प्रहरी बोझीराम विक घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल दैलेखमा ल्याइएको दैलेख प्रहरी प्रमुख डिएसपी माधवप्रसाद श्रेष्ठले बताए । उता सय वारेमा केहि विद्यार्थी संग टेलिफोमा वुभ्mन खोज्दा केन्द्राध्यक्षले एक छात्रलाई चिट माग्दै सामान्य हानेको आरोप लगाएका छन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*