रवाफ र दवावमा करणी हुन्छन.ं जिल्ला प्रहरी

दैलेखखवर समाचारदाता, दैलेख । पछिल्लो समय जिल्लामा रवाफ र दवावका कारण जबरजस्ती करणीका घटना घटने गरेको जिल्ला प्रहरी कर्यालयले जनाएको छ ।
विगत ५ वर्ष देखि यताको जवरजस्ती करणी सम्वन्धि मुद्दामा आर्थीक प्रलोभन भन्दा पनि रवाफ र दवाफका कारणले घटना घटेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । पछिल्लो ५ वर्ष यता १८ वटा जवरजस्ती करणीका घटना भएको उनले जानकारी दिए । सामुहिक डर त्रास देखाएर १, प्रलोभनमा पारेर ३, डर धम्कि देखाएर ८, घर भित्र ५ र सार्वजनीक स्थलमा १ वटा घटना घटेको प्रहरीले सार्वजनीक गरेको छ । कतिपय अदालत पुगेका मुद्दाहरुको डिएनए प्रतिवेदन नआएका कारण बयानलिन समस्या हुने गरेको प्रहरीले जनाएको छ ।
देशभर जबरजस्ती करणीका घटना बढी रहेकाले नागरिकमा प्रतिकुल असर परिरहेको भन्दै सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य प्रहरीको सक्रियता बढाउन जिल्लाप्रहरी कर्यालयले आयोजना गरेको जवरजस्ती करणी अपराध नियन्त्रण अभियान कार्यक्रममा सहभागीहरुले स्थानिय स्तरसम्मै चेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाब दिएका छन् । जबरजस्ती करणीका घटना घटाए कस्तो किसीमको कानुनी कारवाही हुन्छ ? त्यसले कस्तो प्रभाव पार्छ ? भन्ने बारेमा जानकारी दिनु आवश्यक रहेको उनिहरुले सुझब दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुरुषेत्तम घिमिरेले पुरुष प्रधान समाज भएकाकारण समाजमा घटने जवरजस्ती करणीका घटनाहरु अझै बाहिर आउन नसकेको बताए । पीडित महिलाहरुले आफ्ना समस्याहरु खुलस्त राख्न नसकन्ने भएकाले अउनिहरु आफैभित्र राख्ने गरेको जानकारी दिदै घटना बाहिर ल्याउन सक्ने साहस गरेका महिलालाई पनि समाजमा नकारात्मक दृष्टिकोणले हेर्ने गरेको बताए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*