यस वर्ष हिउँदे बाली राम्रो हुदा खाद्यसंकटमा कमी हुने

दैलेखखवर समाचारदाता, दैलेख । जिल्लामा लगाइएको हिउदेवाली राम्रो भएकाले यस वर्ष खाद्य संकटमा कमी हुने जिल्ल कृषी विकास कार्यालयले जनाएको छ ।
यस वर्ष प्रसस्त पानी परेकाले कृषकले लगाएका गहु, चौ, फापर लाएतका बालीबाट राम्रो उत्पादन हुने भएकाले जिल्लामा अघेल्लो वर्षका तुलनामा कम खाद्या संकट हुने जिल्ला कृषी विकास कर्यालयका वरिष्ट कृषी विकास अधिकृत सूर्यनाथ योगीले जानकारी दिए । कृषकहरुले २१ हजार ५ सय हेक्टरमा गहुँ बाली लगाएको र ति सबै ठाँमा गउँ राम्रो रहेको उनले जानकारी दिए । फागुन १९ गते जिल्लामा परेको असिनाले केहि गउँबाली नष्ट गरे पनि यस वर्ष अघेल्लो बर्षको तुलनामा उत्पादन बढने उनको दावि छ । यस वर्ष असिनाले १२ सय २५ घर परिवारले १ सय ८४ हेक्टरमा लगाएको गहुबाली नष्ट गरेको जिल्ला कृषी विकास कार्यालयले जनाएको छ ।
जिल्ला खाद्य सुरक्षा सञ्जालको बैठकमा जिल्ला कृषी विकास कार्यालयले विगत वर्षको तुलनामा यस वर्ष तरकारीबाली, पुजन्य उत्पादन लगाएतको उत्पादनमा बृद्धि भएकाले आउदो चौमासीकमा खाद्या संकट कम हुने जिल्ला कृषी विकास कार्यालयले जानकारी दिएको छ । आउदो चौमाकिमा विभिन्न निकायबाट विकास निर्माणका कामहरु हुने भएकाले रोजगारीको अवसरमा बृद्धि हुने, हिउदेवाली भित्राउने समय भएकाले खाद्यान्न सञ्चीतिमा बृद्धि हुने, गैर काष्ट सामाग्रीको ब्यापारमा बृद्धि र यातायात लगाएतमा कुनै समस्या नहुने भएकाले महंगी नबढने कार्यालयले दावि गरेको छ । जिल्लाका ५० प्रतिसत घर धुरीमा ३ देखि ४ महिना सम्मका लागि खाद्यान्न सञ्चीत रहेको, ६० प्रतिसतको आफ्नै उत्पादन भएको ४० प्रतिसत घरधुरीले आफ्नो उत्पादनले मात्र नमुगेर बजारबाट किन्ने गरेको तथ्यांक सार्वजनिक गरिएको छ । जिल्लाका कालिका, बालुवाटर, द्धारी, लयाटीविन्द्रासैनी, पिपलकोट, चामुण्डा, रानीबन, सिगासैन,नौमुले लगाएत २१ गाबिसमा खाद्यान्न संकटको समस्या हुने गरेको जनाइएको छ ।
क्षेत्रिय कृषी निर्देशनालयका क्षेत्रिय कृषी निर्देशक अच्यूतप्रसाद दकालले विसादी प्रयोग गर्ने मुलकुहरुको सूचिमा नेपाल अत्यन्तै कम प्रयोग गर्ने देशको सूचिमा रहेको जानकारी दिदै प्रतिहेक्टर १ सय ४२ ग्राम विसादी नेपालमा प्रयोग गरिएको पाहिएको जानकारी दिए । बैठकमा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले विदेशबाट सिप र प्रविधिको ज्ञान ल्याएर आएका यूवाहरुलाई हतोत्साहित नगर्न आग्रह गर्दै त्यस्ता ब्यक्तिहरुलाई समेटने खालका कार्यक्रमहरु कृषि विकास कार्यालयले ल्याउन आग्रह गरे ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*