दैलेख तरकारी, फलफुल र पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्दै

दैलेखखवर समाचारदाता, दैलेख । विगत भन्दा पछिल्ला आर्थीक वर्षहरुमा कृषी उत्पादनमा भएको बृद्धि संगै आत्मनिर्भर हुदै गएको देखाएको छ ।
स्थानीय स्तरमा विक्रीहसने गरेका तरकारी, फलपुल जिल्लाबाहिर समेत निर्यात हुने गरेका कारण जिल्ला अत्मनिर्भर बन्दै गएको हो । विगतमा बजारको अभावका कारण स्थानिय उत्पादनले बजार नपाउने गरेका कारण तरकारी तथा फलफुल उत्पादनमा कृषकहरुको आर्कषण घटे पनि बजार विस्तार र यातायातको सुबिधा बढेपछि जिल्लाको आत्मनिर्भरता बढेको जिल्ला कृषी विकास कार्यालयले जनाएको छ । जिल्लाका सेरी, गोगनपानी, बराहा, घडकाबाडा, नारायण नगरपालीका, बेलपाटा, कालभैरव लगाएतका गाबिसका कृषकहरु तरकारी खेतिमा बढी आकर्षीत छन् । भने गोगनपानी, लाकुरी, दुल्लु नगरपालीका, गमौडीमा उत्पादीत फलपुलको ब्यापार जिल्लाबाहिर सम्म हुने गरेको छ ।
यस आर्थीक वर्षको दुई चौमासिकमा तरकारी र फलपुल जन्य उत्पादनबाट १६ करोड २८ लाख ३४ हजार आम्दानी भएको जिल्ला कृषी विकास कर्यालयका वरिष्ट कृषी विकास अधिकृत सूर्यनाथ योगीले जानकारी दिए । तरकारी, तरकारी विउ, फलफुल, आलु,मुला, बन्दा लगाएतका बालीबाट उक्त रकम जिल्लालाई प्राप्त भएको हो । हाल दैलेख जिल्लाको तरकारी नारायणघाट, बुटवल सम्म पुगेर खपत हुने गरेको जिल्ला कृषी विकास कार्यालयले जनाएको छ । त्यस्तै यस अवधिमा पशु तथा पशुजन्य उत्पादनबाट ९ करोड २८ लाखको किसानले आम्दानी गरेका छन् । गत बर्षको तुलनामा यस वर्ष यी उत्पादनमा बृद्धि भएको र प्रयाप्तमात्रामा किसानले सिचाईको सुविधा पाए तरकारी लगाएतका उत्पादनमा जिल्लाको आत्मनिर्भरता बढने कृषीविकास कार्यालयको दावि रहेको छ । लाकुरी, दुल्लु, डाडाँपराजुलका गरी ४ वटा आधुनीक स्क्रिन हाउसमा करिब २२ लाख रुपैया बराबरको सुन्तलाको बेर्ना उतपादन गरि विक्रि गरेको कृषी कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार जिल्लामा ४८ हजार ९ सय १९ घरधुरी रहेकोमा ९२ प्रतिसतले मानिसको मुल पेशा कृषी रहेको छ भने ४३ हजार १ सय २१ हेक्टर कृषी योग्य जमिन मध्ये ३४ हजार ७सय ९७ हेक्टरमा मात्र खेति गरिएको छ । साथै खेतियोग्य जमिनमा वर्षैभरी सिचाई हुने जमिन अति न्यून रहेको छ । सबै खेतियोग्य जमिनको ७.१७ प्रतिसत अर्थात २ हजार ४ सय ४७ हेक्टर जमिनमा मात्र बह्रै महिना सिचाईको सुविधा रहेको छ । तरकारी लगाएत आधुनिक खेतिप्रणालीमा किसानको आकृषण संगै उनिहरुका लागि आवश्यक सामाग्री पु¥याउन नसक्दा कठिनाई भएको जनाइएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*