बाँसीका बासिन्दाले गरे अस्थायी प्रहरी पोष्टको माग

polece

दैलेखखवर समाचारदाता, दैलेख । गाबिसका स्थानियले जनतालाई प्रतक्ष शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन अस्थाई प्रहरी पोष्टको माग गरेका छन् ।
घरेलु मदिरा नियन्त्रण सम्बन्धि तीन महिने अभियान अनुरुप बस्ती भेटघाटका क्रममा जिल्ला प्रहरी कार्यालयबाट बासी पुगेको प्रहरीटोली सँग सुरक्षाको प्रत्याभुती दिलाउन माग गर्दै अस्थाई प्रहरी पोष्टको आवश्यकता रहेको स्थानियले बताए । जिल्ला प्रहरी कार्यालयबाट सवारी साधनमा बासी पुग्न २ घण्टा ३० मिनेट लाग्ने र अस्थाई प्रहरी पोष्ट गैडाबाजबाट पनि पैदल त्यतीकै समय लाग्ने भएकाले आपतकालीन आवस्थामा प्रहरीको पहुँच ढिलो हुने गरेको स्थायिनले गुनासो गरेका थिए । स्थानिय स्तरमा घटले घरेलु हिंसाका घटना लगाएत अन्य घटना घटदा पनि प्रहरीको भौगोलीक विकटताका कारण असहज भएकाले बासीमै अस्थाई प्रहरी पोष्ट राखिदिन स्थानियले माग गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायम निरिक्षक टेकबहादुर चन्दको नेतृत्वमा पुगेको प्रहरीको टोलीले बासी गाबिसमा अवैघ मदिरा, आत्महत्या, घरेलुहिंसा, लैङगीक हिंसा तथा लागु औषध सम्बन्धि चेतनामुलक कार्यत्रम सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले स्थायिले उठाएका मागहरुका बारेमा बुझी तत्काल सम्बोधन गरिने आश्वासद दिएको समेत प्रहरीले जनाएको छ । कार्यक्रममा बासीको करिबव १ सय ५० जनाको उपश्थिती रहेको थियो । त्यस्तै सोहि अभियानका क्रममा पाल्टडाबाट खटिएको प्रहरी चौकिको टोलीले लयाटिबिन्द्रासैनी ३ पाल्टडाबजारमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । स्थानिय स्तरमा अवैध रुपमा उत्पादन गरि विक्री वितरण गरिने मदिरा नियन्त्रणका लागि स्थानिय बासीन्दा सँग अन्तरक्रिया गरी मदिारा उत्पादन तथा विक्रिवितरणमा न्यनिकरण गरिएको प्रहरीले जनाएको छ ।
जिल्लामा पछिल्लो समय अवैधरुपमा मदिराको विक्री वितरण बढेसगै प्रहरीले जिल्लाका विभिन्न स्थानमा छापामारी मदिरा नियन्त्रणमा लिने गरेको छ । भने मदिरा उत्पादन र विक्री वितरण रोक्न बिभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालयले नगरापालीकाका विभिन्न स्थानमा छापा मारी अवैधरुपमा उत्पादन गरिने मदिरा नियन्त्रण गरी नष्ट गरेको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*