परिवारद्धारा घरनिकाला गरेको भन्दै प्रहरीमा उजुरी

दैलेखखवर समाचारदाता, दैलेख । गोगनपानी गाविस–८ की २९ वर्षिया तुलसी मल्लले पतिको संलग्नतामा परिवारका व्यक्तिहरुले आफुलाई घरनिकाला गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा चैत २२ गते उजुरी दिएकी छिन् ।
रोजगारीको सिलसिलामा कुवेतमा रहेका ३२ वर्षिय पति गणेश मल्लले आफुलाई टेलिफोन गरी मेरो घरवाट निक्ली,मैले अर्को विहे गर्दैछु भनेको र घरमा रहेका देवर २९ वर्षिय दिपक मल्ल र उनकी पत्नी २४ वर्षिया यमुना मल्लले घरनिकाला गरेको उनले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरीएको छ ।
हाल सोही गाविस–९ स्थित माईतीघरमा २ छोरासहित आश्रय लिईरहेकी तुलसीले पति र घरपरिवारले आफुमाथि अन्याय गरेकाले कानुनी कारवाहीको माग गरेको वताईन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी माधवप्रसाद श्रेष्ठ पिडितले दिएको उजुरीको आधारमा घटनाको यथार्थता बुझ्न रानीमत्ता प्रहरी चौकीवाट प्रहरी खटाईएको जानकारी दिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*