दैलेखका ४ गाविसमा १ सय २० नयाँ उद्यमी थपिदै

उद्यमी दैलेखदैलेख । दैलेखको ४ गाविसमा १ सय २० उद्यमी सिर्जना गरिने भएको छ । उद्योग मन्त्रालय आ.व. २०७१/२०७२ अन्र्तगत दैलेख जिल्लाका विसाला, तिलेपाटा, बालुवाटार र बडाभैरव गा.वि.स.मा उद्योग मन्त्रालयद्धारा सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ‘मेड्पा’ मार्फत जिल्लामा सो संख्यामा उद्यमी सिर्जना गरिने भएको हो ।

नयाँ उद्यमी सिर्जना गर्नका लागि जिल्ला उद्यम विकास समिति दैलेखले व्यवसाय सेवा प्रदायक संस्थाको रुपमा एभरेष्ट क्लव दैलेखलाई छनोट गरि सकेको छ । छनौट पश्चात नयाँ उद्यमी सिर्जना गर्ने काम सस्थाले शुरु गरेको एभरेष्ट क्लव दैलेखका कार्यक्रम संयोजक टेकराज आचार्यले जानकारी दिए ।

नयाँ उद्यमी सिर्जनाका लागि स्थानीय समुदायमा सहभागितात्मक ग्रामिण लेखाजोखा तथा स्रोत सर्वेक्षणबाट पहिचान भएका स्थानीय स्रोतसाधन, बजार माग, समुदायको चाहना तथा आकर्षणका आधारमा समुदायले बनाएको योजना अनुसार लक्षित वर्गलाई उद्यमशिलता विकास तालिम प्रदान गरी उद्यमी सिर्जना गरिने संयोजक आचार्यको भनाई छ ।
कार्यक्रमले ७० प्रतिशत महिला, ३० प्रतिशत दलित, ४० प्रतिशत जनजाति वर्गलाई समेट्ने र गरिव तथा अति विपन्न परिवारको आार्थिक स्तरमा सुधार ल्याउने उदेश्यले सरकारले देशका विभिन्न जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

उद्यमशीलताको माध्यमवाट युवाहरुलाई रोजगारीका अवसरहरु सिर्जना गर्ने लक्ष्य सहित सरकारले ५ वर्ष भित्रमा ७३ हजार उद्यमी निर्माण गर्ने योजना अनुसार देशका विभिन्न जिल्लामा यो कार्यक्रम सञ्चालन गरिएको छ ।

Categories: अर्थ, समाज

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*