जाजरकोटमा थप तीनको मृत्युः मृत्यु हुनेको संख्या २१ पुग्यो

jajarkot_districtजाजरकोट । जाजरकोटमा तीन सातादेखि फैलिएको मौसमी रुघाखोकी र स्वाइनफ्लुबाट थप तीन जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अर्छानी गाविस वडा नम्बर–२ का ५० वर्षीय बादी टमटा, अर्छानी गाविस वडा नम्बर–७ का ५८ वर्षीय हंशबहादुर टमटाको उपचारको क्रम्मा मृत्यु भएको छ ।

दरवन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा उपचारमा कठिनाई

जाजरकोटको ग्रामीण स्तरमा रहेका स्वास्थ्य संस्थामा दरवन्दीअनुसारका स्वास्थ्य कर्मी नहुँदा उपचारमा समस्या भएको छ ।

२ सय ३५ जना स्वास्थ्यकर्मीको दरवन्दीमा १ सय ७४ जना जनाको पदपुर्ती भएको छ भने ६१ जना स्वास्थ्यकर्मीको दरवन्दी खाली रहेको छ । मेडिकल अधिकृत दुई जनाको दरवन्दी खाली रहेको छ ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत एक जना खाली रहनुका साथै हाल निर्मीतको भरमा काम चलिरहेको छ । सिनियर अहेव ९ जनाको दरवन्दी रिक्त रहेको छ । त्यस्तै चार जना अहेवको दरवन्दी खाली रहेको छ । चार जना स्टाप नर्स पद खाली रहेको छ । त्यस्तै १ जना मेडिकल सुपरिटेन्डेन्ट रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा स्वीकृत १२ जनाको दरवन्दी मध्य अहिले जम्मा पाँच जनाको पदपुर्ती भएको छ भने सात जना रिक्त रहेको छ । यहाँ मेडिकल अधिकृतदेखि स्टाप नर्स, अहेवसम्म खाली रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा ११ जनाको दरवन्दी रहेता पनि अहिले ६ जनाको पदपुर्ती भएको तथ्याकंमा देखिन्छ, भने ५ जनाको दरवन्दी रिक्त छ ।

यहाँ पनि मेडिकल अधिकृतको दरवन्दीदेखि अहेवसम्मको दरवन्दी खाली रहेको छ । स्वास्थ्य चौकी टालेगाउँमा ६ जनाको दरवन्दी लिष्टमा देखिन्छ । अहिले कार्यालयमा ३ जनाले काम सञ्चालन भइरहेको छ । यहाँ पनि सिनियर अहेव खाली रहेको छ । यो अहिले सिजिनल फ्लुबाट प्रभावित क्षेत्र हो ।

यस्तै जिल्लाका अधिकांश ग्रामीण स्तरमा रहेका स्वास्थ्य केन्द्रमा दरवन्दी देखाएपनि काममा नखटि काजमा अकै ठाउँमा काम गरिहेको देखिन्छ । अहिले सम्मा रोग प्रभावित क्षेत्रमा सयौ विरामीको उपचार गरिएको वताएको छ । जिल्लाको पैकमा १ हजार दुई सय, सक्लामा १ सय ७८,पजारुमा ४ सय २१, नायकवाडामा १ सय र अछानी र टालेगाउँमा स्वास्थ्यकर्मी भर्खर परिचालन भएका छन् ।

 यसैबीच स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी महाशाखाले विगत दुई हप्तादेखि जाजरकोट जिल्लाको विभिन्न स्थानहरुमा रुघाखोकी तथा ज्वरोजस्ता लक्षणहरुसहित फैलिएको प्रकोपको नियन्त्रण तथा व्यवस्थापन कार्यमा हालसम्म भएगरिएका कार्यको जानकारी दिएको छ ।

महाशाखाद्वारा आज प्रकाशित विज्ञप्तिअनुसार आज वीर अस्पतालको चिकित्सक टोली आवश्यक औषधि उपकरणसमेत लिई जाजरकोट जिल्लामा पुगिसकेको, जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटबाट प्रकोप नियन्त्रण तथा व्यवस्थापन कार्यको लागि आवश्यक पर्ने थप औषधि तथा उपकरण माग भइआएको र तत्कालै माग भए बमोजिमको औषधि तथा उपकरण पठाउने व्यवस्था गरिएको, क्षेत्रीय मेडिकल स्टोर नेपालगन्जमार्फत जाजरकोट एवम् मध्यपश्चिमाञ्चल विकास क्षेत्रका सबै जिल्लामा इन्फ्लुएन्जा उपचारको लागि ५००० चक्की टमी–फ्लु नाम गरेको औषधि र स्वास्थ्य शिक्षा सामग्री पठाउने व्यवस्था गरिएको, प्रकोपग्रस्त क्षेत्रमा हालसम्म जम्मा १९ जना व्यक्तिको मृत्युभएकोमा दुई जनाको मृत्युभएको कारण पुष्टि हुन बाँकी रहेको जनाइएको छ ।

महाशाखाबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रकोप नियन्त्रण व्यवस्थापन कार्यको लागि थप बजेट व्यवस्थापनको लागि अनुरोध गरी पठाइएको पनि जनाइएको छ ।

वैशाख ३ गतेका दिन जाजरकोट जिल्लाका प्रकोपग्रस्त गाविसमा चिकित्सा टोलीले उपचार सेवा प्रदान गरेका बिरामीहरु अर्छानी, पैक, सकला, पजारु, टालेगाउँ, नायकवाडामा वैशाख २ सम्म २,४९८ जना भएको र ती गाविसमा वैशाख ३ मा मात्र १७५ जना विरामी थपिएको पनि महाशाखाले जनाएको छ ।

तीमध्ये २५ प्रतिशत विरामीमा मात्रै इन्फ्लुएन्जासँग मिल्दोजुल्दो लक्षण देखिएको र बाँकी अरु रोगका बिरामी भएको पाइएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*