बुद्ध नेपालमा जन्मिएको सन्देश दिन दश लाख हस्ताक्षर बुझाईयो

buddha born in nepalन्युयोर्क । बुद्व जयन्तीको अवसरमा बुधबार यहाँ  एक कार्यक्रमको आयोजना गर्दै ‘गौतम बुद्व नेपालमा जन्मिएका हुन’ भन्ने सन्देश सहितको संकलित १० लाख हस्ताक्षर संयुक्त राष्ट्रको मुख्यालयमा बुझाईएको छ ।

राष्ट्र संघको मुख्यालय बाहिर नेपाली ढाका टोपी लगाएर एकत्रित प्रवासी नेपालीहरुले राष्ट्र संघका महासचिव वान कि मुनलाई सम्बोधन गर्दै सो संकलित हस्ताक्षर बुझाएका हुन् । । नेपाल स्थित ‘एडमायर नेपाल’ को आयोजनामा संसारभर शुरु गरिएको हस्ताक्षर संकलित कार्यक्रममा क्यालिफोर्नियाबासी समाजसेवी प्रेम गुरागाई र संचारकर्मी रवि लामिछाने एवम नेपाल स्थित निर्मलराज पौडेलले बिशेष सक्रियता निभाएका थिए । आयोजक अध्यक्ष निता पौडेल द्वारा हस्ताक्षरित सम्बोधन पत्रमा महासचिव मुनलाई नेपाल भ्रमणको निम्तो पनि दिइएको छ । गुरागाईले ईकान्तिपुर सँग कुराकानी गर्दै भने ‘पछिल्लो समयमा बुद्वको जन्मस्थल बारे केहि भ्रामक हल्ला चलाईएकोले त्यसका लागि पनि  यो अभियान गरिएको हो।’ उनको भनाईमा अभियानले संसारभर रहेका नेपालीहरु माझ ‘नेपाल भावना’ जागृत गराएको छ । नेपाल लगायतका विश्वका विभिन्न देशहरुमा रहेका नेपालीहरु लगायत शुभचिन्तक एवम बौद्व धर्मालम्बीहरुको हस्ताक्षर संकलन भएको थियो ।

रिजउड नेपाली सोसाईटीले हस्ताक्षर हस्तान्तरण कार्यक्रमको आयोजनाको गरेको थियो । कार्यक्रमको औचित्य प्रष्टाउदैं सोसाईटीका अध्यक्ष मोहन ज्ञवालीले भने’ प्रवासमा भएपनि हामी नेपालका लागि सदैव तयार छौं भन्ने उदारहण हो ।’ हस्ताक्षर अभियान अझैं जारी राखिने आयोजकले बताएको छ ।

Categories: प्रवास

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*