जाजरकोट स्वाईन फ्लुको दैलेखमा सन्त्रास “सर्ब साधारण भन्छन आफन्तलाई भेट्नै जान डर भयो”

Dailekh mapदैलेखखवर समाचाारदाता, दैलेख । छिमेकी जिल्ला जाजरकोटमा फैलिएको स्वाईन फुलुको संक्रमणका कारण दैलेख जिल्लाका सिमावर्ती गाबिसमा समेत सन्त्रास बढेको छ ।
मेहेल्तोलीकी डिला खड्का जाजरकोट मामाघरमा रहेका विरामी हजुरवुवालाई भटन जानेतरखरमा थिईन । बुढेसकालका हजुरबुबा बिरामी भएको खबर पाएपछि उनी संगै बुबा आमा पनि भेटन जाने तयरीमा थिए । उनका मामाघरमा मात्र नभएर त्यसगाउँका सबै विरामी भएको समाचार रेडियोबाट बजे पछि उनलाई थाहाँ भयो त्याहाँका विरामीमा स्वाईन फुलु भएको ।
दैनिक जाजरकोटमा स्वाईन फुलुका कारण मृत्यु भएका समाचार आउन थालेपछि बिरामी भएका हजुरबुबालाई भेटन जाने नसकेको खड्काले बताईन । यो समस्या उनको मात्र नभएर जाजरकोट संग जोडिएको जगनाथका ३ का जनक अधिकारीको पनि उस्तै छ । उनले जाजरकोट दशेरामा रहेका आफन्तलाई पनि भेट्न जान नसकेको र यस अघि पनि जाजरकोटमा फैलीएको झाडा पखालाका कारण दैलेखमा पनि सक्रमण भएर धेरैले ज्यान गुमाउनु प¥यो त्यस कारण यस पटक बिरामी भएका आफुन्तलाई समेत भेट्न नजाने बताए ।
जिल्लाको पूर्वी भेगका लालीकाँडा, कट्टी, जगनाथ, रुम, मेहेल्तोली, नौमूले, सल्लेरी, कालिका द्धारी लगायत गाविसका स्थानीयको हो । जाजरकोटमा फैलिएको सक्रमण स्वाइन फुलु भएको पुष्टि भएपछि जाजरकोट संग जोडिएका उत्तरी भेगका गाबिसका बासीन्दाहरु आफन्तलाई समेत भेटन जान सकेका छैनन । दुई साता देखी जाजरकोटका पाचँ गाबिसमा महामारीको रुप लिएपछि जाजरकोट जिल्ला संग जोडिएका गाबिसका स्थानीय बासीन्दामा सन्त्रास फैलीएको छ । जाजरकोट संग जोडिएका गाबिसमा मार्फत दैलेखमा पनि स्वाइन फुलु सर्ने सम्भवना भएपछि दैलेखका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेको संयोजनमा बुधबार बसेको सरोकारवालाको बैठकले जाजरकोटसँग सिमाना जोडिएका गाबिसहरुमा विशेष सतर्कता अपनाउने निर्णय गरेको छ ।
जिल्लाभरका स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा सतर्क राखिने प्रजिअ घिमिरेले बताए । उनका अनुसार सीमाका गाविसहरूमा जनचेतनामूलक क्रियाकलाप सञ्चालन गर्न र स्वाथ्य चौकीमा रहेका अहेवलाई गाबिस नछोड्नको लागी निर्देशन दिने निर्णय समेत भएको उनले जानकारी दिए । ’कुनै समस्या देखिए तत्काल जाँच गराउन सर्वसाधारणलाई अपिल गरेका छौं,’ उनले भने, ’सचेतनाका लागि प्रहरी, विद्यार्थी, गैरसरकारी संघसंस्था र राजनीतिक दलका नेतारकार्यकर्तामार्फत सम्बन्धित गाविसमा पुग्ने तयारीमा योजना बनाएको बताए । ५ वर्षअघि जाजरकोटमा झाडापखालाले महामारीको रूप लिँदा दैलेखको पूर्वी भेग हुँदै पश्चिमसम्मका गाविस प्रभावित भएका थिए । त्यस क्रममा ४८ जनाको मृत्यु भएको थियो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*