पियन र उनले चिनेको सिटामोलको भरमा बसेः दैलेखका महामारी पिडित

Bodhilal_BK_Police_Dailekhटापुचौर (जाजरकोट) । भेटुखानाकी सुस्मिता जैसीलाई चैत १२ गते एसएलसी परीक्षा सकिनेबित्तिकै टाउको दुख्ने, ज्वरो आउने र हातखुट्टा झमझमाउने समस्या सुरु भयो।

भगवती माविकी छात्रा सुस्मितालाई परिवारले उपचारनिम्ति अर्छानीकै स्वास्थ्यचौकी पुर्‍यायो। तर, त्यहाँ स्वास्थ्यकर्मी कोही थिएनन्। चौकी इन्चार्ज स्वास्थ्य सहायक पुन्जन रावत, अहेव गंगाराम आचार्य र अनमी हरिकला शाही बिदामा थिए भने अहेव कृष्णबहादुर रोकाय तालिम काजमा गएका थिए। अनमी आरति यादव पनि काजमा वीरगन्ज गएकी थिइन्।
स्वास्थ्यचौकीमा कार्यालय सहयोगी (पियन) जयलाल जैसी मात्र थिए, जसको काम बिरामी उपचार गर्नु होइन, कार्यालय बन्द गर्नु र खोल्नु थियो। उनै जैसीले सुस्मितालाई सिटामोल दिएर घर फर्काइदिए, सिटामोलले उनको व्यथा अलिकति पनि कम भएन। झन्झन् थला पर्दै गइन्। गतिलो उपचार नपाएपछि चैत १८ गते उनको ज्यान गयो।
‘हामीले समयमै स्वास्थ्यचौकी पुर्याएका हौं तर त्यहाँ उपचार गर्नेधरि कोही नभएपछि छोरीले अकालमै ज्यान गुमाउनुपर्यो,’ सुस्मिताका काका दुर्गालाल जैसीले  भने, ‘समयमै राम्रो उपचार पाएको भए ज्यान जाँदैनथ्यो।’
जाजरकोटमा फैलिएको ‘मौसमी रुघाखोकी’ महामारीले सुस्मितालाई मात्र गाँजेको होइन, उनीसँगै पढ्ने झन्डै ५० जना विद्यार्थीमा एकैचोटि उस्तैखाले लक्षण देखिएको थियो। लेख्न–पढ्न त के, उभिन पनि नसक्ने भएपछि उनीहरू परीक्षा छाडेर बीचमै घरतिर लागे। धेरै विद्यार्थीमा एकैपटक ‘अज्ञात’ रोग देखिएपछि कतिपय विद्यालयको आन्तरिक परीक्षासमेत रद्द गरियो।
सिंगो गाउँ नै निल्न सक्ने भयावह प्रकोप फैलिँदा पनि स्वास्थ्यचौकीमा एक सातासम्म स्वास्थ्यकर्मी पुगेनन्। उपचारको सम्पूर्ण जिम्मा कार्यालय सहयोगी जयलाल र उनले चिनेको सिटामोलमाथि नै थियो। अहेव रोकाय, अनमीहरू शाही र राममाया गिरी महामारी फैलिएको दस दिनपछि बल्ल गाउँ फर्किएका थिए। चौकी इन्चार्ज रावत, अनमी यादव र अहेव आचार्यको त अहिलेसम्म नाकमुखै देखिएको छैन।
मान्यढुंगा उच्चमावि, टालेगाउँमा एसएलसी दिन ग्ाएका अर्छानी, पैंक र टालेगाउँका विद्यार्थीबाट सुरु भएको महामारीले झन्डै एक महिना अवधिमा जाजरकोटका ६ गाविसलाई छोपिसकेको छ। तर, अहिले पनि अधिकांश गाउँमा स्वास्थ्यकर्मीको गतिलो उपस्थिति देखिँदैन  आजको नागरिक दैनिकमा खवर छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*