सेनाको हेलिकोप्टरद्वारा ३ बिरामीको उद्धार

jajarkotजाजरकोट । रुघा खोकीले गम्भीर बिरामी भएका दुई बालक र एक महिलालाई थप उपचार गर्न नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
महामारी प्रभावित अर्छानी गाविसको टापुचौरमा सञ्चालन भइरहेको नेपाली सेनाको स्वास्थ्य शिविरमा उपचार गराउन आएका मध्ये लामो समयदेखि रुघाखोकी र ज्वरोको समस्याले थला परेका बिरामीलाई शिविरमा राम्रो उपचार गर्न कठिन हुने भएपछि बुधबार सेनाको हेलिकोप्टरवाट जिल्ला अस्पताल खलंगामा पुर्‍याएको हो। नागरिक न्यूज डटकममा समाचार छ ।

गत चैत्र १३ गते चैत्रे दशैंको दिनदेखि रुघा खोकी लाग्ने ज्वरो आउने र टाउको दुख्ने रोगवाट पीडित भएकी अर्छानी २ डाडाँभौताकी ६२ वर्षीया पवित्रा घर्ती, र गत १० दिन देखि सोही बिरामले थला परेका अर्छानी ८ की रुपा परियारका १७ महिनाका छोरा निर्वाचन परियार तथा ठाउँकी मनकला परियारका ९ महिनाका छोरा सर्जन परियारलाइ थप उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको जिल्ला अस्पताल जाजरकोटका डाक्टर दिपक पुनले बताए। उनले जिल्ला अस्पतालको छुटटै वार्ड खडा गरेर उनीहरुको उपचार भइरहेको बताए। उनीहरुबाट अरुलाइ पनि रोग सर्न सक्ने भन्दै सुरक्षित र सावधानीपुर्वक उपचारको व्यवस्था मिलाइएको उनले वताए।

लामो समय देखि बिरामी भएर गाउँमा राम्रो उपचार पाउन नसक्ने भएकोले छुटटै राखेर राम्रो उपचार गर्न ती बिरामलाई जिल्ला अस्पतालमा रिफर गरिएको र आवस्यक परे जिल्ला बाहिर लिएर उपचार गर्ने व्यवस्था मिलाउन सकिने सेनाका डाक्टर अनिल डंगोलले बताए। उनले अहिले नै उनीहरुलाइ स्वाइन फ्लुको बिरामी भन्न नहुने भन्दै लामो समय रुघाखोकी र ज्वरोबाट पिडित भएको हुनाले सबै कुरा परीक्षण गरेपछि मात्र रोग पहिचान हुने बताए। बिरामीमा स्वाइन फ्लु भएपनि आत्तिनु नपर्ने र खानपीन, सरसफाइ र उपचारमा ख्याल गरे कुनै हानी नहुने डा. डंगोलले वताए । वुधवार सम्म जिल्लामा महामारीवाट मर्नेको संख्या २७ पुगेको छ भने पाँच हजार वढीको उपचार गरिएको छ।

दुई हजार बिरामी उपचार पर्खाइमा

दुर्गम गाउँमा अझै २ हजार वढी बिरामीहरु उपचारको पर्खाइमा रहेको र उनीहरुसम्म सरकारी तथा गैरसरकारी निकायका डाक्टरहरुको पहुँच रहेको स्थानीयबासीको भनाइ छ। गाउँमा रोग लागेका र नलागेका सयौं सर्वसाधारणहरु स्वास्थ्य शिविरहरुमा गएर जचाउन थालेको पैंक १ का इस्वरी आरसीले बताए। उनले स्वाइन फ्लुको प्रकोपको डरले बिरामी नभएकाहरु पनि स्वास्थ्य सस्था र शिविरहरुमा लाइन लागेर जान थालेको जानकारी दिए। त्यस्तै मजकोटमा सन्चालन गरिएको शिविरमा पनि विरामीको घुइचो लागेको त्यहावाट स्थानीय सामाजिक कार्यकर्ता गोरीकला जैसीले वताइन् । उनले डाक्टरहरु आएपछि विरामीहरु टाढावाट उपचारका लागि आएको बताइन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*