कैलालीका दुईजना नेपाली साउदी जेलमा

saudiकैलाली । कैलालीको मसुरियाका दुई जना सात महिनादेखि साउदी अरबको जेलमाकष्टकर जीवन बिताइरहेका छन् । मसुरिया २ महोलियाका ३५ वर्षीय दानबहादुर ऐर र २५ वर्षीय धनबहादुर विक साउदी अरबको एउटा जेलमा कष्टकर जीवन बिताइरहेका छन् ।एजेन्ट र म्यानपावरको प्रलोभनमा परी उनीहरु वि.सं. २०७० साल फागुनमा वैदेशिक रोजगारीका लागि साउदी गएका थिए ।होटलमा वेटरको काम लगाइदिने भन्दै डडेल्धुराका जगदीश धामीले उनीहरुलाई ललितपुर पाटनढोका नजिकै रहेको यस इम्प्लोइमेन्टले साउदीमा इलेक्ट्रोनिक लेवरको काममा पठाएको थियो ।

‘एउटा काम लगाइदिने भन्दै अर्को काममा पठाइदियो’ – ऐरकी श्रीमती दुर्गादेवी ऐरले भनिन्- ‘हाम्रा श्रीमान्को यस्तो अवस्था भयो ।’ एजेन्ट धामीले सँगै गएका आफ्ना भाइहरुलाई सोही होटलमा पठाएको र आफ्ना श्रीमानलाई अर्को ठाउँमा पठाएको ऐरले बताइन् ।

साउदीका लागि रु एक लाख ७५ हजार ऋण गरेर विदेशमा पठाए पनि श्रीमानकाे जेलमा यस्तो दुःख सुन्दा धेरै दुःख लागेको विककी श्रीमती सरस्वती विकले बताइन् । साउदी जानका लागि नेपाल सरकारले रु ७० हजार तोकेको छ । आफ्ना श्रीमान् साउदीको कुन जेलमा छन् भन्नेबारे उनीहरु अनभिज्ञ रहेका छन् ।

वैदेशिक रोजगारीमा साउदी गएका ऐर र विकले लेवरको काम गरे पनि तीन महिनासम्म काम गरेकोमालिकले ज्याला दिएनन् । आफ्नो ज्याला दिलाइदिन सो म्यानपावर कम्पनीमा खबर गर्दा उक्तम्यानपावरले आन्दोलन गर्न सुझाव दिएको र आन्दोलन गर्दा साउदी प्रहरीले उनीहरुलाई जेल हालेको सरस्वती विकले बताइन् । मासिक एक हजार तलब पाउने भनी गएकामा तीन महिनासम्म ३०० र त्यसपछि ६०० मात्रै दिएपछि उनीहरु असन्तुष्ट भएका पारिवारिक स्रोतले बताएका छन् ।

उनका अनुसार ऐर र विक कात्तिकदेखि जेलमा रहेका छन् । म्यानपावरले छिट्टै नै उनीहरुलाई घर फर्काउने वातावरण मिलाउने आश्वासन दिए पनि अझै कुनै पहल नगरेको उनीहरुको दुःखेसो रहेको छ । श्रीमानको रिहाइका लागि उनीहरुले विभिन्न ठाउँमा धाइसकेका छन् । श्रम विभाग, म्यानपावर कम्पनी,मानवअधिकारकर्मी, सुरक्षा निकायसम्म धाइसके पनि कतैबाट कुनै पहल नभएको उनीहरुले बताएका छन् ।

Categories: प्रवास

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*