भूकम्प पीडितको राहतका लागि स्वच्छिक सहयोग सुरु

दैलेखखवर समाचारदाता, दैलेख । वैशाख १२ गतेको विनासकारी भूकम्पमा धनजनको क्षति भएका पीडित परिवारको सहयोगका लागि दैलेखबाट एकमुष्ट सहयोग गर्न जिल्लामा खोलिएको बैक खातामा स्वच्छिक सहयोग सुरु भएको छ ।
राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, उद्योगी व्यापारी, समाजसेवी तथा आम सर्वसाधारणबाट आफू सक्दो सहयोग जुटाउन दैलेखस्थित राष्ट्रिय बाणिज्य बैंकमा ‘दैबी प्रकोप उद्धार कोष’ नामक ४०१००–०६३५०–०१ नम्वरको चल्ती खाता खोलिएको प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले जानकारी दिनुभयो ।
जिल्ला दैबी प्रकोप उद्धार समितिको निर्णय अनुसार जिल्लाका सबै क्षेत्रको सहयोग संकलन गरी एकमुष्ट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाउन खोलिएको बैंक खातामा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पत्रकार अमर सुनारले ५ हजार ५ रुपैंयाँ र दैलेख उद्योग बाणिज्य संघका महासचिव नरेन्द्रबहादुर थापाले ३ हजार रुपैंयाँ स्वच्छिक सहयोग दिनु भएको हो ।
उक्त कोषमा सक्दो धेरै राहत सहयोग संकलनका लागि जिल्ला नागरिक समाज संगठनहरु उद्योग बाणिज्य संघ, गैसस महासंघ, नेपाल पत्रकार महासंघ, जिल्ला सहकारी संघ, निर्माण व्यवसायी संघ लगायतको एक नागरिक उत्प्रेरणा समिति राहत सहयोग संकलनमा जुटेको र आफू सक्दो स्वच्छिक सहयोग बैंक खाता मार्फत गर्न सकिने बताइएको छ ।
सहयोग गर्न चाहनुहुने व्यक्ति, संघ–संस्था र निकायले दैलेखस्थित राष्ट्रिय बाणिज्य बैंकमा ‘दैबी प्रकोप उद्धार कोष’को ४०१००–०६३५०–०१ सहयोग रकम जम्मा गरेको रसिद जिल्ला प्रशासन कार्यालयमा अभिलेखीकरणका लागि उपलब्ध गराई दिन जिल्ला दैवी प्रकोप उद्धार समितिले आह्वान गरेको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*