महाभुकम्पमा कालो बजारी गर्दै राजमार्गका होटलहरु

hotal
दैलेखखवर समाचारदाता, बैशाख, धादिङ । काठमाण्डौबाट चितवन जार्दै गरेकी लक्ष्मी बस्नेत भोक टार्न खयरघारीमा रहेको कान्तिपुर होटलमा पस्नुभयो । उहाँले चाउमिन खान खोज्नुभयो । तर होटलका कामदारले उहाँलाई चाउमिनसँगै आलु, चना, अचार र तरकारी पनि दिइयो । खाजा खाईसकेपछि होटलले उहाँसँग १ सय ५० रुपैया माग्यो । जुन समयमा अनुगमन टोली कान्तिपुर होटलको काउण्टरमै पुगेको थियो । जर्वजस्ती चाउमिन सेट बेचेर १ सय ५० रुपैयाँ असुलेपछि अनुगमन समितिसंग उहाँले गुनासो गर्नुभएको थियो ।
त्यस्तै काठमाडौँबाट धादिङ आउदै गर्दा होटल हिराचनमा खाना खान पस्नुभएका ढोलाका अजय भट्टले चिकेन खानाको ४ सय ५० रुपैया तिर्नुप¥यो । अनुगमन टोलीले २ सय ५० मा बढी मुल्य भयो भन्दै मूल्य घटाउन केही समय अघि अनुगमनका क्रममा भनिएको थियो तर पनि भुकम्पको समयमा यात्रुहरुसँग होटलहरुले ठगी गर्ने गरेको छ ।
त्यस्तै न्यू वुटलवल होटल, धार्केका सञ्चालक प्रदिप गजुरेलले काठमाण्डौबाट वुटवल जार्दै गरेका एक यात्रुले खाना थपेर खादा प्रत्येक थपाईमा ५० रुपयाँ जोडेर खानाको मूल्य दिने गरेको भेटिएको छ ।
यी त केही प्रतिनिधि पात्र मात्र हुन् । राजमार्गमा चलेका होटलहरुले दैनिक रुपमा यात्रुहरुसँग मनपरी रुपमा मुल्य लिने गरेको गुनासाहरु धेरै सुन्न पाइन्छ । महाभूकम्पपछि जिल्ला फर्कने यात्रुहरुको चाप बढेसंगै राजमार्गका होटलहरुले खाजा खाजा लगायतका खानेकुराहरुको मुल्य मनपरी असुल्ने गरेको पाइएको छ ।
जिल्ला होटल संघ धादिङका अध्यक्ष राजकुमार प्याकुरेलले सञ्चालन गर्नु भएको कान्तिपुर होटलमा मूल्य सुचि लुकाएर मनोमानी ढंगबाट खाना खाजा बेचेको भेटिएको छ । पानी, जुस लगायत अत्यावश्यक बस्तुहरुको मूल्य दोब्बर बनाएर बिक्रि गरेको ग्राहकहरुले गुनासो गरेका छन् । उहाँलाई प्रहरीले कालोबजारी गरेको आरोपमा नियन्त्रणमा लिएको छ । भुकम्पबाट घाइते र विरामीको उद्धारमा सम्पूर्ण शक्ति लागेको बेला होटल संघका अध्यक्षले नै आफुखुसी मूल्य वृद्धि गराएका हुन् । उहाँले ५ सय एमएलको फ्रुटीलाई ८० रुपयाँमा बेचेको र त्यही फ्रुट अरु पसलहरुमा ६० रुपयाँमा बेचेको पाईएको छ । यस अघि २ सय पचासमा बेच्दै खाएका चिकेन खाना २ सय ५० रुपयाँमा र मटन खाना २ सय ८० रुपयामा भेटिएको छ । यस अघि कान्तिपुर होटलमा मूल्यसुची सहित कुपन काटेर अग्रिम भुक्तानी लिएर खाना बेच्ने गरेको थियो ।
खाद्य अधिकारको क्षेत्रमा कार्यरत संस्था फियान नेपाल र खाद्य अधिकार जिल्ला सञ्जाल धादिङ, पत्रकार र प्रमुख जिल्ला अधिकारीले अनुगमनको अधिकार प्रत्यायोजन गरेको इलाका प्रहरी गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारी सहितको टोलीले राजमार्ग क्षेत्रमा सञ्चालित होटल राजधानी , कान्तिपुर होटल, नमस्ते नेपाल, होटल हिराचन, फूलवारी वुटवल होटल, न्यू पाथीभरा, होटल आँधी खोला सहितका होटल अनुगमन गरेको थियो । यसैगरी होटलको नाम नराखी रामचन्द्र ढकालले सञ्चालन गरेको रिचोकटारको होटल, कान्तिपुर स्टाफ होटल, सत्कार होटल, होटल तीनभाई, पोखरा स्टाफ होटल, कृपाञ्जली होटल, चितवन स्टाफ होटल र त्रिशुली रिभर साईड सहितका होटल अनुगमन गरिएको छ ।

hotel 2

होटलहरुले महाभुकम्प पछि राजधानी बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेसंगै मनोमानी ढंगले मूल्य वृद्धि गरेको अनुगमनमा देखिएको छ । मूल्य बृद्धि गर्ने चितवन स्टाफ होटल सञ्चालक शोभा पाण्डे, त्रिशुली रिभर साईडका सञ्चालक केशव कडेल, होटल तीनभाईका सञ्चालक रामशरण सिववाल, कान्तिपुर स्टाफ होटलका सञ्चालक यादव प्याकुरेललाई शनिवार ईलाका प्रहरी कार्यालय गजुरीमा हाजिर हुन तारिक दिएको छ ।

महाभूकम्पमा राजधानी ध्वस्त भएपछि आफन्तजनलाई भेट्न जन्मथलो हिडेकालाई ढगी गर्ने होटल सञ्चालकलाई कालोबजारी ऐन अनुसार खोजीखोजी र्कावाही गर्ने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे बताउनुभयो ।

Categories: अर्थ

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*