लाङटाङ हिमपहिरो स्छयालीसको मृत्यु

रसुवा २७ वैशाख – लाङटाङ क्षेत्रमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।
जिल्लाको हाकु इलाकामा २३, दलदुङ १२, मैलुङमा पाँच र आधार शिविरमा छ गरी ४६ वटा शव फेला परेका छन् ।
नेपाली सेनाको महावीरगणका अनुसार हाकु इलाकाको शव नुवाकोटको शान्तिबजारमा ल्याएर आफन्तलाई बुझाइने र लाङटाङ क्षेत्रमा फेला परेकाको शव काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिने छ । केही शवको सनाखत हुन सकेको छैन । हिमपहिरोमा परी एक जना विदेशी र एक जना प्रहरीको मृत्यु भएको छ ।
हिमपहिरोमा परेकाहरुको उद्धारमा नारायणदल गण र नेपाल प्रहरी जुटेको छ । लाङटाङ क्षेत्रमा बिहीबार राति पुनः हिमपहिरो गएपछि शुक्रबार र शनिबार उद्धार हुन सकेन । रासस

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*