कालिकोट जिविसका नासु मृत फेला

दैलेखखवर समाचारदाता, वैशाख । जिल्ला विकास कार्यालय कालिकोटमा कार्यरत नायव सुब्वा रामही अधिकारी मृत फेला परेका छन् ।
बैशाख १६ गते अन्दाजी १२ बजे देखि कालिकोट जिल्लाको भर्ता गाबिस ८ जितेबजार नजिक कर्णाली नदिमा वेपत्ता भएका अधिकारीको सव दैलेखको सिगौडी गाबिस ६ स्थित कर्णाली नदिको किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । कालिकोट र दैलेखको सँयुक्त प्रहरी टोलीले सनिवार राति ८ बजे मृतकको सव फेला पारेको जनाईको छ । जुम्ला जिल्ला तातापानी ८ स्थायी घर भएका मृतक अधिकारीको सब उनका भाई कृष्ण अधिकारीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*