यस वर्षको असिनाले एक करोड भन्दा बढीको गहुबाली नष्ट

IMG_0173

दैलेखखवर समाचारदाता,२९ वैशाख, दैलेख । यस वर्षको असिनाबाट जिल्लाका चार गाबिसमा एक करोडभन्दा बढीको गहुबाली नष्ट भएको छ ।
जिल्लामा पटक पटक परेको असिनाले गहुलगाएतका हिउदे बाली नष्ट गरेको भए पनि सबै भन्दा बढी गहुबालीलाई क्षेति पु¥याएको छ । कुसापानी, चामुण्डा, विशाला र काशिकाध गाबिसमा पटक पटक परेको असिनाले १ करोड २० लाख ७६ हजार ६ सय ४४ रुपैया बराबरको गहुबाली नष्ट गरेको जिल्ला कृषी विकास कार्यालयले जानकारी दिएको छ । असिनाले कुसापानी गाबिस ५ का १०० घर परिवारको ४ सय ५६ रोपनीमा लगाएतको ९० प्रतिसत र वाड नं ६ का ९१ घरपरिवारको ४०९ रोपनी जग्गामा लगाएको ८५ प्रतिसत, वाड न ७ ९६ घरपरिवारको ४ सय ९० रोपनीमा लगाएको ७० प्रतिसत गहुबाली असिनाले नष्ट पारेको छ । साथै सोही गाबिस ८ का १ सय ७३ घरपरिवारको १ हजार ३९ रोपनीमा लगाएको ७० प्रतिसत र वाड नं ९ का १ सय १८ घरपरिवारको ८ सय ९१ रोपनीमा लगाएको ८५ प्रतिसत गहुँबाली नष्ट गरेको छ । कुसापानी गाबिसमा मात्र असिनाले ५८ लाख ९६ हजार ३ सय ८८ मुल्य बराबरको गहुबाली नष्ट गरेको जिल्ला कृषी विकास कार्यालयका योजना अधिकृत राजु भुजले जानकारी दिए ।
त्यसैगरी चामुण्डा गाबिस १ का ८५ घरपरिवारको ४सय ८५ रोपनीमा गाएको ७० प्रतिसत गहुबाली नष्ट भएको छ भने सोही गाबस ९का ५५ घरपरिवारले ३ सय ११ रोपनीमा लगाएको ९५ प्रतिसत गहुबाली नष्ट भएको छ । विसाला गाबिसका १ देखि ९ वडाका ८ सय २७ घरपरिवारको २ हजार ५ सय ४० रोपनी जग्गामा लग्गाएको ९५ प्रतिसत गहुबाली नष्ट भएको छ । भने काशिकाध गाबिसका सबै वडाका १ सय ९० घर परिवारले ५ सय ७० रोपनी जग्गामा लगाएको गहुबाली नष्ट भएको कृषी विकास कार्यालयले जनाएको छ । असिनाले रानिबन गाबिसमा पनि नराम्म्रो सँग गहुबाली नष्ट गरेको जनाइएको छ ।
असिना र पानी परिरहदा यस वर्ष गहु उत्पादनमा विगतको तुलनामा कम उत्पादन हुन सक्ने जिल्ला कृषी विकास कार्यालयले जनाएको छ । यस वर्ष विगतका तुलनामा पानी धेरै परेका कारण स्थानिय जातको गहुमा सिन्दुरे रोग देखिएका कारण उत्पादनमा सामान्य कमी आउने योजना अधिकृत भुजले जानकारी दिए । उनका अनुसार उन्नत जानको गहुलाई पनि धेरै परेर उत्पादनमा राम्रो प्रगती हुने भएकाले स्थानिय जातको गहुको उत्पादन कम हुदा समग्रमा कुनै समस्या नहुन भएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*