स्टोभ मास्टर तालिम सम्पन्न

दैलेखखवर समाचारदाता
१ जेठ, । सुधारिएको चुलो राम्रो, स्वास्थ्य जीवन हाम्रो” भन्ने मुल नाराका साथ स्टोभ मास्टरहरुका लागि बैशाख २० गतेबाट शुरु भएको तालिम २६ गते सम्पन्न भएको छ जिल्ला विकास समिति र वातावरण उर्जा तथा जलवायु परिवर्तन शाखा दैलेखको आयोजना र दिगो विकास तथा वातावरण संरक्षण केन्द्र सुडेक नेपाल दैलेखको सहजीकरणमा सो तालिम सम्पन्न हो ।
तालिममा गौरी गाउँ विकास समिति, मालिका गाउँ विकास समिति, खडकवाडा गाउँ विकास समिति, डाडाँपराजुल गाउँ विकास समिति, सल्लेरी गाउँ विकास समिति, कालिका गाउँ विकास समिति, गमौडी गाउँ विकास समिति र नाउलेकटुवाल गाउँ विकास समितिका जम्मा ३१ जना सहभागी रहेका थिए । तालिमको समपन कार्यक्रममा नेपाल सरकारले सन् २०१७ सम्म नेपाललाई सफा, स्वाच्छ र सुन्दुर गाउँ बनाउँने नारा रहेकोले सो नाराकालाई सवैले आत्मसाथ गदै अघि बढ्नु पर्ने, तालिममा सिकेका कुराहरुलाई गाउँमा गएर ब्यावहारमा लागु गर्नुपर्ने र तालिम पश्चात उनीहरुको जीविकोपार्जनको मुख्य स्रोत सुधारिएको चुलो पनि हुन सक्ने भएकाले तालिममा सिकेका कुराहरुलाई आ–आफ्नो गाउँमा गएर लागु गर्नुपर्ने भनाई राखेका थिए । अवको आसर मसान्तसम्म दैलेखका ५ गाउँ विकास समितिलाई घरभित्रको धुवारहित गाउँ विकास समिति घोषणा गरिदैछ । स्रोत साझा प्रतिविम्ब साप्ताहिक

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*