क्याप्टेन रावलको सब आईतवार ल्याईने

capten tapendra

दैलेखखवर समाचारदाता, जेठ २, दैलेख । गत वैशाख २९ गेत हराएर दुर्घटनामा परेको अमेरीकि हेलिकप्टरमा मृत्यु भएका क्याप्टेन तपेन्द्र रावलको सब आईतवार दैलेख ल्याइने भएको छ ।

सनिवार नै सब दैलेख ल्याएर परिवारलाई दिने भन्दै जिल्ला स्थित सुरक्षा निकायले रावलका परिवारलाई जानकारी दिईएको थियो । छोराको मृत्यू भएको खवर आएपछि बिरामी परेका उनका बुवा बलवहादुर रावललाई नारायण नगरपालीका ८ तर्ताङ छोरीको घरबाट घर सिमाडा सनिवार नै लगिएको थियो । बुवा बलबहादुर छोराको दुर्घटनाको समाचार आए लगतै बेहोस भए पछि उपचारको सहजताका लागि छोरीको घरमा बस्दै आएका थिए । हेलिकप्टरबाट रावलको सव ल्याउने भने पनि जिल्ला प्रहरी सुरक्षाका लागि खटिएको थियो । दुर्घटना स्थलबाट सब काठमाडौ ल्याई नपुगाएकाले दैलेख नल्याइएको समरसुर गल्मका गुल्मपती रमेश खड्काले जानकारी दिए । उनका अनुसार रावलको सब आईतवार उनकै गाउँ सिमाडामा हेलिकप्टरबाट ल्याईने भएको छ । देशमा आएको महाभुकम्पमा परेकाहरुको उद्धारमा लागेका रावलको हेलिकप्टर दुर्घटनामा मृत्यू भए पछि उनको गाउ सिमाडा सोकमा डुबेको छ । समाजमा सबै संग मिलनसार रावल सवार हेलिकप्टर बेपत्ता भए पछि नै उनको गाउँ एकखाने सोकमा डुवेको स्थानिय निरक रावलले बताए ।

tape
३० वर्षीय रावल नेपाली सेनाको १० नम्बर बाहिनीमा कार्यरत थिए । जेठ ११ गते उनी १८ दिने तालिममा छनोट भएका थिए । गाउँमा उनि सबैभन्दा सोझा र इमान्दार भएको स्थानियले बताएका छन् । सानै छँदा आमा बितेकाले बुवाले दोस्रो विवाह गरेपछि उनी कान्छीआमाको काखमा हुर्किएका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*