समुदायमा गएर छलफल

दैलेखखवर समाचारदाता, बैशाख ३ दैलेख ।
पश्चिम उच्च पहाडी गरिवी निवारण आयोजना दैलेखले स्थानीय स्तरसम्म पुगेर आयोजनाले गदैँ आएका विभिन्न कार्यक्रमको वारेमा समुदायका मानिसहरुसँगै बसी विभिन्न किसिमका छलफल, गोष्ठि र अनुशिक्षण जस्ता कार्यक्रम गदैँ आएको छ ।
यसैको निरन्र्तरता स्वरुप रानीवन गाउँ विकास समितिको गैडाँवाजमा गत आइवार समुदायका सदस्यहरुको स–शक्तिकरणका लागि एक दिने गाउँ विकास स्तरीय अनुशिक्षण र महिला स्वास्थ्य स्वयमसेविकाहरुका लागि एक दिने पौष्टिकता सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
सो अनुशिक्षणमा समुदायका बाल बालिकाको कुपोषण सम्बन्धी जनचेतना जगाउँने, भौतिक पूर्वाधार, कृर्षि, वन, पशु, बचत र आय आर्जनमुलक सीप विकास कार्यक्रम सम्बन्धी आयोजनाले गरेका कामहरुको वारेमा समुदायस्तरमै पुगेर छलफल गरिएको हो । पछिल्लो समयमा आयोजनाले गरिव, विपन्न, असहाय, दलित, महिला, वालवालिका तथा आय आर्जनको कुनै पनि माध्यम नभएका नागरिकहरुलाई उनीहरुको सिप विकास र क्षमता अभिबृद्धी गरी उनीहरुको आय आर्जनको माध्यम कसरी बन्न सक्छ भन्ने विषयमा सहभागिहरुसँग एक आपसमा हातेमालो गर्दै छलफल गरिएको थियो ।
उ।पा।प। का कार्यकारी अधिकृत खमबहादुर थापा, अनुगमन अधिकृत टोपबहादुर थापा, वरिष्ठ सामाजिक परिचालक झक्कबहादुर शर्माको उपस्थिति रहेको थियो भने अनुशिक्षणको अध्यक्षता सामुदायिक लगानी योजनाका अध्यक्ष शेरबहादुर विकले गरेका थिए साथै कार्यक्रमको सञ्चालन सामाजिक परिचालक मन्जु पाण्डेले गरेकी थिइन ।
साझाप्रतिबिम्ब साप्ताहिकमा समाचार छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*