नेवार परीवारद्धारा भुकम्पपिडितलाई आर्थिक सहयोग

दैलेखखवर समाचारदाता । ३ जेठ, दैलेख । स्थानिय एक नेवार परीवारले विनाशकारी भुकम्पवाट पिडितहरुका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।
आईतवार प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेमार्फत परीवारबाट संकलन गरीएको रकम पारीवारीक नेवा ः हितकोषका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले ५१ हजार १ सय रुपैंयाको चेक भुकम्पपिडितको आर्थिक सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा प्रदान गरेका हुन् ।
नेवार परीवारवाट प्राप्त भुकम्पपिडितका लागि प्रदान गरीएको आर्थिक सहयोग रकमको चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले पारीवारीक नेवा ः हितकोषले प्रदान गरेको आर्थिक सहयोगले पिडितहरुको घाउमा मल्हम लगाउन सहयोग पुर्याएको भन्दै आर्थिक सहयोग प्रदान गर्ने व्यक्तिहरुलाई धन्यवाद दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी मार्फत प्रदान गरीएको सो रकम पारीवारीक नेवा ः हितकोषका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठबाट १४ हजार १ सय,मेखवहादुर श्रेष्ठवाट ५ हजार,दिपवहादुर श्रेष्ठबाट ५ हजार,लालवावु श्रेष्ठबाट ५ हजार,सुर्यवहादुर श्रेष्ठबाट ५ हजार,कृष्णवहादुर श्रेष्ठबाट ५ हजार,झलकवहादुर श्रेष्ठबाट ५ हजार,नन्दवहादुर श्रेष्ठबाट ५ हजार,सुमन श्रेष्ठबाट २ हजार ५ सय र कर्णवहादुर श्रेष्ठबाट २ हजार रुपैंया प्राप्त भई जम्मा ५१ हजार १ सय रुपैंया आर्थिक सहयोग प्रदान गरीएको थियो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*