पुर्व सभासदले दिईन् सासु विरुद्ध मुद्धा

दैलेखखवर समाचारदाता,
दैलेख । जेठ ६ गते,
संविधान सभाकी पुर्व सभासद ४० वर्षिया भरतकुमारी रेग्मीले जिल्ला अदालत दैलेखमा घरेलु हिंसा मुद्धा दर्ता गराएकी छिन् ।
पुर्व सभासद रेग्मीले सासु पवित्रादेवि शर्मा विरुद्ध सोमवार घरेलु हिंसा मुद्धा दर्ता गराएको जिल्ला अदालतले जानकारी दिएको छ ।
जिल्ला अदालतमा दर्ता गराएको घरेलु हिंसा मुद्धामा पुर्व सभासद रेग्मीले सासु पवित्रादेविले घरमा वस्न नदिई पटक पटक शारीरिक,मानसिक र आर्थिक रुपमा हिंसा गरेको उल्लेख गर्दै जेठ २ गते आफु घरमा नभएको अवस्थामा आफ्नो कोठा खोली सामानहरु फ्याक्नुको साथै सिसाको वोतलहरु फुटाई दिएको भेटेपछि सासुलाई किन यस्तो गरेको भनी सोध्दा यो मेरो घर हो,तेरो कुनै अधिकार छैन भनेपछि आफु घरमा वस्दा जिउज्यानमा खतरा हुने भएपछि घरेलु हिंसा (कसुर र सजाय)२०६६ को दफा ६ को (क) र (घ) बमोजिम संरक्षणात्मक आदेश जारी गरीदिन अदालतसंग अपिल गरेकी छिन् ।
पुर्वसभासद रेग्मीको मुद्धाको जाहेरीको आधारमा जिल्ला अदालतका न्यायधिस डिल्लीरत्न श्रेष्ठको एकल ईजलासले मुद्धाको अन्तिम निर्णय नभएसम्म जाहेरीकर्तालाई वसी आएको कोठामा इज्जत,आमद अनुसार बसोबास गर्न दिने तथा निजलाई गाली वेइज्जत,धम्की,असभ्य व्यवहार नगर्न नगराउन प्रतिवादी सासु पवित्रादेविलाई कानुन अनुसार आदेश जारी गरीएको छ । साथै रेग्मीको आवश्यक सुरक्षा व्यवस्था गर्न जिल्ला प्रहरी कार्यालय दैलेखलाई जानकारी दिर्ई नियमानुसार गर्न जेठ ४ गते नै आदेश दिईएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी माधवप्रसाद श्रेष्ठले पुर्व सभासद रेग्मीको वारेमा अदालतबाट कुनै लिखित जानकारी प्राप्त नभएको वताएका छन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*