आलु उत्पादन गर्दै कृषक पाठशाला

दैलेखखवर समाचारदाता
दैलेख ६ जेठ–
‘प्राङगारिक मलको भर परौं,
यूरियाको प्रयोग नगरौं,
आई पि.एम.मा वराली झरेको, आलु राम्रो डेजिरे था भयो’ यो गीत कुनै मेला र सास्किृति कार्यक्रमा गाईएको भने होइन् । आई.पि.एम. कृषक पाठशाला नारायण नगरपालिका–६ विजौराको ‘आलुवारीमा वाली अवधिभर कृषक पाठशालाको समापन कार्यक्र’मा आयोजित कृषक दिवसको अवसरमा गाईएको हो ।
समुहका कृषकहरुले यस्तै–यस्तै गीतका माध्यमवाट कृषि क्षेत्रमा उत्पादन वढाउन घरायसी प्रविधि अपनाउने जस्ता सन्देशहरु झल्काएका थिए । समुहले यूरियाको प्रयोग नर्गन सवै कृषकहरुलाई गीतका माध्यमवाट सचेत गराएका थिए । तीन महिना सम्मको कृषक पाठशालामा आलु वाली सम्बन्धि समुहका कृषकहरुले विभिन्न विधिहरु समेत अपनाएर आलु उत्पादनमा विषेश जोड दिएका हुन् । २५ जना सदस्य रहेको आइ.पि.एम. कृषक पाठशाला समुहले सयूक्त रुपमा डिजरे जातको आलु खेती गरेका हुन् । सामुहिक रुपमा ६० केजी आलुको विउवाट झण्डै साढे ४ क्वून्टल आलु उत्पादन भएको समुहले जनाएको छ । स तीन महिनाको अवधिभर यस समुहमा कृषक पाठशाला अन्तरगत आलु उत्पादनमा सिपमूलक क्षमता अभिवृद्धि तालिमको समेत अनुभव भएको समेत समुहका अध्यक्ष पदमप्रसाद जैसीले बताए । ‘हामीमा पहिला आलु खेती सम्वन्धि यस्तो कुनै पनि ज्ञान प्रविधि थाहा थिएन्’ उनले भने, ‘कृषि प्राविधिक आएर समुह गठनपछि आलु लगाउन उपयूत माटो देखी त्यसलाई चाहिने सम्पूर्ण विधि समेत जानकारी गराएपछि हामिलाई आलु खती गर्न थप उर्जा मिलेको छ ।’
सामुहिक रुपमा आलु खेती गर्नाले त्यसवाट धेरै प्राविधिक ज्ञान हासिल भएको समुहकी सहजकर्ता हिरा बस्नेतले बताइन् । ‘आफ्नै ढंगवाट आलु लगाएर खासै राम्रो उत्पादन नहुदा विहान वेलुका वजारको तरकारीको भर पर्दै आएका थियौं’ सहजकर्ता वस्नेतले भनिन्, ‘कृषक पाठशालावाट आलु खेती सम्वन्धि धेरै कुरा सिकेपछि अव आलु खेतीवाट राम्रो आम्दीनी गर्न सक्छौं ।’ समुह सक्रिय भएर लागेकाले पनि आगामि दिनमा आलु खेतीवाट समुहका सदस्यहरुले राम्रो आम्दानी गर्नै उक्त समुहकी सहजकर्ता सिता रानाले बताइन् ।
कृषि प्रशार कार्यक्रम अन्तरगत जिल्ला कृषि विकास कार्यालय दैलेखको आयोजनामा नारायण नगरपालिका ६ विजौरा ना.नपा १ र गोगनपानी गाविस–६ मा यो कार्यक्रम संचालन भएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ । ना.न.पा ६ र गोगनपानी ६ का समुहमा आलु खेतीको परिक्षण गरिएको थियो भने ना.न.पा. १ मा काक्रा खेतीको परिक्षण गरिएको कृषि विकास कार्यालयकका ना.प्रा.स. तथा यस कार्यक्रमका सहजकर्ता पूर्ण थापाले जानकारी दिए । आलु वालीमा भएको समस्याको समाधान गर्न र प्रविधि हस्तान्तरण गर्नका लागि यो कार्यक्रले सहयोग गरेको थापाको भनाई छ । निमित्त वरिष्ठ कृषि विकास अधिकृत सुर्यनाथ योगीले आलु खेतीमा समुहको सक्रियता देखेर समुहलाई धन्यवाद दिएका थिए । मेहेनत र सक्रिय भए तरकारी खेतीवाट जिविकोर्पाजनमा कृषकहरुलाई कठिनाई नहुने उनको भनाई छ । समुहका कृषकाको सक्रियतालाई कदर गर्दै कार्यालयले नगद रुपैयाँ २,२५० सहित पुरस्कृत समेत गरेको छ ।

About Author

Comments

  1. mahendra
    mahendra 21 May, 2015, 04:45

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*