भूकम्पको भयले धमाधम गर्भपतन

Garvabati mahilaकाठमाडौं । कृपा शर्मा (नाम परिवर्तन) पाँच महिने गर्भवती हुन् । बैशाख १२ र २९ दुई ठुला भूकम्प जाँदा उनी घरमै सुतीरहेकी थिइन् ।

सासुले उनलाई अत्याइन्–भूकम्प जाँदा सुतीरहेको गर्भवतीबाट अपांग बच्चा जन्मन्छ । सासुको कुरा सुनेर उनी आत्तिइन् ।

उनलाई लाग्यो–अपांग बच्चा जन्माउनुभन्दा गर्भ पतन गराउनु बेस । यस्तो सोचेर उनी स्त्रीरोग विशेयाज्ञ डा. शिलु अर्यालकहाँ पुगिन् । डा. अर्यालले उनलाई भूकम्पले गर्भलाई कुनै असर नगर्ने बरु अल्ट्रासाउण्ड गरेर आफैं आश्वस्त हुन सुझाइन् ।

अल्ट्रासाउण्डमा बच्चाको अवस्था ठिक देखिएपछि उनी ढुक्क भइन् । यस्तो समस्या कृपालाई मात्र होइन, भूकम्प जाँदा गर्भमा बच्चा रहेका प्राय गर्भवतीमा देखिन्छ ।

कारण–भूकम्पका बेला चलमल नगरिकन सुतीरहने गर्भवतीको गर्भ नै तुहिन्छ वा अपांग बच्चा जन्मन्छ भन्ने अन्धविश्वास समाजमा व्याप्त छ ।

स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल नआत्तिन र चेकजाँज गराउन गर्भवतीलाईm आग्रह गर्छन् । उनका अनुसार यस्ता कुरा अध्नविश्वास र भ्रम मात्र हुन् । आजको नागरिकमा समाचार छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*