भूकम्पका कारण राउटे विभाजीत

rute nepalदैलेख । विपत्तिमा एकसाथ रहने यहाँका राउटे समुदाय भूकम्पको त्रासले दुई समूहमा विभाजन भएका छन् । भूकम्पअघि अछामको भैरवस्थानमा बस्दै आएका राउटे समुदाय भूकम्पले त्रस्त बनेका हुन् ।भूकम्पको त्रासले छुटिएको राउटेको एक समूह लयाटीविन्ध्यासैनी–१, किमडीखान चौरमा बसिरहेको छ भने अर्को समूह सिंगौडी–५, सिस्ने खोलास्थित दाडेको मुहानमाथि सरेको छ ।

किमडिखानको समूहको डिलबहादुर शाही र वीरबहादुर शाहीले नेतृत्व गरिरहेका छन् । उक्त समूहले माछा मारेर जीवनयापन गरिरहेको छ । किमडिखान खुला चौर भएको स्थान हो ।

त्यस्तै सिगौंडीमा रहेको समूहको नेतृत्व मुखिया सुर्यनारायण शाहीले गरिरहेका छन् ।

राउटेहरु एक देखि तीन महिनामा बस्ती फेर्ने गर्दछन् । वरिपरि घनाजंगलबीचमा रहेको बस्तीमा राउटे पुगेका छन् ।

राउटे शिकारको लोभमा विभाजन भएर गएको अन्य राउटे बताउँछन् ।

तीन मुखिया रहेका राउटे बस्ती विभाजनपछि मुखिया पनि विभाजन भएका हुन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*