अहेबको लापरवाहीले सुत्केरी भत्ताबाट बन्चित

h1
दैलेखखवर समाचारदाता ।
१८ जेठ, दैलेख । सिगौडी ९ कि मनिसा नेपालीले असोजमा स्वास्थ्य चौकि सिगौडीमा अफ्नो बच्चा सुरक्षित रुपमा गर्भवती भइन् । उनले स्वास्थ्य चौकिबाट सुत्केरी भए बापत पाउनु पर्ने सुत्केरी भत्ता अहिले सम्म पाएकि छैनन् । यो नेपालीको मात्र समस्या होईन सिगौडी स्वास्थ्य चौकिबाट सुत्केरी गराएका धेरै सुत्केरी आमाहरुको हो ।
सिअहेव कृपाराम गर्तौलाको लापरबाहीका कारण दश महिना देखि स्वास्थ्यचौकी सिगौडीबाट प्रदान गरिने सुत्केरी भत्ताबाट सुत्केरी आमाहरु बञ्चित भएका छन् । साउन महिना देखि स्वास्थ्य चौकिमा सुत्केरी भएका ५७ जना आमाहरुले अहिले सम्म भत्ता पाउन सकेका छैनन् । सुत्केरी आमको समस्यामात्र नभएर स्वास्थ्य चौकिबाट प्रदान गरिन ओषधिबाट समेत सर्बसाधारण वञ्चित भएका छन् । जिल्ला स्वास्थ्यबाट ल्याइएको औषधि एक महिना सम्म सात्ताला गाबिसमा अलापत्र अवस्थामा हुदा पनि स्वास्थ्य इन्चार्ज गर्तौलाले वेवास्था गरेको स्थानिय बासिन्दाले बताए ।
सिअहेव गर्तौलाले विगत देखिनै आफुखुसी स्वास्थ्यचौकी सञ्चालन गर्दै आएको भन्दै सर्बसाधारणले आय ब्याय सार्वजनीक गर्न माग गरेपछि स्वास्थ्य चौकिको बैठकनै नबसाल्दा सर्बसाधारणहरु भत्ताबाट वञ्चित भएका हुन । सिअहेवले आफुखुसी स्वास्थ्यचौकी सञ्चालन गरेको र आर्थीक अनियमितता गरेको भन्दै गाबिस सचिबसँग खाता रोक्का गर्न माग गरेपछि अहिले स्वास्थ्य चौकीको खाता रोक्का गरिएको गाबिस सचिब गणेशमान सिहले जानकारी दिए । स्वास्थ्य चौकि सञ्चालन गर्न समस्या भएपनि स्वास्थ्य चौकि इन्चार्जले नै वेवास्था गरेका कारण सुत्केरी भत्ता लगाएतका सेवा सुविधाबाट सर्बसाधारणहरु वञ्चित भएको स्वास्थ्य चौकी सिगौडीमा कार्यरत एक कर्मचारीले बताएका छन् ।
नियमित गर्भजाच र गर्भवती गराएबापट राज्यले प्रदान गर्ने १ हजार ४ सय रुपैयामा समेत ब्यापक अनियमितता भैरहेको स्थानियले आरोप लगाएका छन् । सिगौडी गाबिस १ कि सिता खनाल र सोहि गबिस ३ कि सुर्जा खनालले नियमित गर्भजात र सुत्केरी बापत पाउनु पर्ने १ हजार ४ सय रुपैयामा १ हजार मात्र स्वास्थ्य चौकिबाट प्रदान गरिएका एक स्थानियले बताए । स्वास्थ्य चौकिका काम के कसरी सञ्चालन हुन्छन हामीलाई जानकारी हुदैन सबै इन्चार्ज सरले गर्नुहुन्छ हामीलाई थाहाहुदैन एक कर्मचारीले बताए । उनले स्वास्थ्य चौकिमा १७ वर्ष देखि नियमित म काम गरिरहेको छु, इन्चार्ज सरले १४ वर्ष जती भयो स्वास्थ्य चौकि सञ्चालक समितिको वैठक बसाल्नु भएको छैन, उनले थपे ।
स्वास्थ्य चौकिको आय ब्याय सर्वाजनिक गर्न र स्वास्थ्य चौकि सञ्चालक समितीको बैठक बसाल्न आग्रह गर्दा पनि इन्चार्ज गार्तौलाले कुनै सुनुवाई नगरेको सिगौडी गाविसका सचिब गणेशमान सिंहले जानकारी दिए । सिगौडी स्वास्थ्य चौकिमा भएको समस्या समाधानका लागि तत्काल नयाँ ब्यवस्था गरिने प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले स्थानियलाई आस्वासन दिए ।

फोटो सिगौडी गाबिस ९ कि मनिसा नेपाली र उनको असोजमा जन्मेको बच्चा ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*