मजदूरी गर्न गएका यूवाद्वारा भुकम्प पीडितलाई पाँच लाख सहयोग

11

दैलेखखवर समाचारदाता
१८ जेठ, दैलेख । देशमा रोजगारीको अवसर नपाएर संयुक्त अरब इमिरेट्समा मजदूरी गर्न गएका दैलेखी युवाहरुले नेपालमा वैशाख १२ गतेको महाभूकम्पले धनजन गुमाएका पीडितका लागि राहतका लागि करिव ५ लाख ४० हजार रुपैयाँ पठाएका छन् ।
महाभूकम्पको १० दिनपछि वैशाख २२ गते रसअलखेममा भएको भेलाले दैलेखी सेवा समाज संयुक्त अरब इमिरेट्स गठन गरी सो समाज मार्फत राहत संकलन गरिएको सहसचिव प्रेमप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
न्यौपानेले त्यहाँको १९ हजार ५ सय १ अरेवियन दराम अथवा नेपाली ५ लाख ३९ हजार ७ सय ८७ रुपैंयाँ सोझै प्रधानमन्त्री राहत कोषको नाममा रहेको एभरेष्ट बैक बानेश्वर काठमाडौँस्थित खाता नं ००१०११०२२०००१२ मा पठाइएको बताउनुभयो ।
मजदूरी गर्न संयुक्त अरब इमिरेट्सको रसअलखेम सहरमा पुगेका १ सय २२ जना दैलेखी युवाहरुले त्यहाँ आपसी एकता र भाईचारा अभिवृद्धिका लागि गठन गरिएको दैलेखी सेवा समाजले पहिलो परोपकारी काम महाभूकम्पका पीडितका लागि राहत सहयोगबाट कार्य थालेको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*