जनताका गुनासा सुन्दै सभासद गाउँगाउँमा

२२ जेठ, दैलेख । निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सभासद अमरबहादुर थापा अहिले जनताका गनासा सुन्न र सुझाब लिन गाउँगाउँमा पुगेका छन् ।
निर्वाचनमा आफुले जनतामाझ राखेका प्रतिवद्धता कति पुरा भए भएनन र अब बाकि कामलाई कसरी पुरा गर्न सकिन्छ भन्दै थापा गाउँ गाउँमा पुगिरहेका छन् । यस क्रममा सभासद थापाले गैडाबाज, लाकुरी, बेस्तडा लगाएतका मुख्य केन्द्रहरुमा पुगेर जनताका प्रतिक्रिया लिएका छन् भने निर्वाचन क्षेत्र नं २ का जबमुकाँध, लयाटिविन्द्रासैनी, राकमकर्णाली, सिगौडी र सात्ताला गाबिसमा राज्यबाट प्रदान गरिएका सेवा प्रवाहका बारेमा अनुगमन समेत गरिसकेका छन् । अहिलेको सबैभन्दा महत्वपूर्ण काम संविधान बनाउनु भएकाले जनता माझ गरिएका प्रतिवद्धता पूर्ण रुपमा सभासदले कार्यान्वयन गर्न नसकेको नेकपा एमालेका जिल्ला उपाध्यक्ष प्रेम थपाले जानकारी दिए ।
गुनासा र सुझाब संकलन गर्नेक्रममा गैडाबाज पुगेका सभासद थापालाई जनताले इलाका सदरमुकाम सम्म बाटो नमुगेको भन्दै दुख ब्यक्त गरेका थिए । गुनासा सुन्ने क्रममा सभासद थापाले गैडाबज सम्म जिल्ला विकास समितिमा जनसहभागीता मुलक कार्यक्रबाट आएको ५ लाख रुपैया बजेट हालेर तत्काल बाटो जोडने बताएका थिए । प्रतिवद्धता सँगै जिल्ला विकास समितिले गैठाबज सम्म बाटु पुगाउने उद्देश्यका साथ स्थानिय उपभोक्ता सँग बजेट सम्झौता गरेको जनाइएको छ । त्यसै गरी लाकुरी गाबिसका सर्बसाधारणले सभासदले विद्युत, बाटो लगाएतका क्षेक्रमा विषेश ध्यान दिईदिन आग्रह गरेका थिए ।
गाउँ पुग्ने क्रममा जनताले विकासको सबै भन्दा बढि अपेक्षा गरेर मागका साथै संविधान सभाबाट तत्काल संविधान बनाउन समेत खवदारी गरेको सभासद थापाले जानकारी दिए । जनताले दैलेखी जनताको पक्षमा संविाधान बनाउन र नेपालीको एकता कायम हुने खालका संघिय राज्य बनाउन समेत सुझाब दिएको बताए । सभसद थापा निर्वाचित भैसके पछि अहिले सम्म ५० प्रतिसत भन्दा बढि जनता माझ प्रतिवद्धता गरेका काम पुरा गरिसकेको नेकपा एमाले दैलेखले जानकारी दिएको छ । सभासद थापाको पहलमा सडक नपुगेका गाबिसमा सडक पुगाउने, जिल्लालाई प्रयाप्त मात्रामा स्वच्छ खानेपानी, विद्युत विस्तार, सडकको स्तर उन्नती लगाएतका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको उपाध्यक्ष थापाले जानकारी दिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*