छुवाछूत मुक्त राष्ट्र’ घोषणाको दश वर्ष

२२ जेठ, दैलेख । नेपाललाई ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको आज १० वर्ष पुगेको छ । तत्कालिन पुनर्स्थापित प्रतिनिधिसभाबाट नेपाललाई ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको १० वर्ष पुग्दा समेत घुमाउरो रुपमा दलित समुदाय माथि विभेद कायमै रहेको भन्दै दलित नागरिक समाज असन्तुष्ट छ ।
दलित जागरण केन्द्र दैलेखका अध्यक्ष पत्रकार अमर सुनारले आज एक प्रेस विज्ञप्ती जारी गर्दै परम्परा र संस्कारका नाममा विभेद कायमै उल्लेख गर्दै जातीय विभेद लगायत सबै किसिमका विभेद हटाउन नागरिक समाज, राजनीतिक दल र सरकारी निकायको तत्परता जरुरी रहेको औलाउनु भएको छ ।
‘छुवाछूत मुक्त राष्ट्र’ घोषणा आउनु सुधार संकेत मान्न सकिए पनि यसको पूर्ण कार्यान्वयन हुन नसके घोषणाको औचित्य नहुने विज्ञप्तीमा अध्यक्ष सुनारले उल्लेख गर्नु भएको छ । उहाँले एक प्रसंगमा दलितले नभई विभेद गर्ने समुदायले साम्प्रदायिकता भड्काएको तर्क राख्नु भएको छ ।
नेपालको परिप्रेक्ष्यमा जातीय विभेद गर्न नहुने भनी ५२ वर्ष अघि पहिलो पटक ‘मुलुकी ऐन २०२०, अदलको १० क’ मा उल्लेख भएको थियो भने अहिले निजी स्थानमा समेत विभेद गर्नेलाई कारवाही गर्न ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन २०६८’ लागू भएको छ ।

Categories: समाज

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*