दैलेखी यूथद्धारा स्वागत योग्य कामको शुरुवात

blood
२५ जेठ, दैलेख । दैलेख घर भई काठमाडौमा पढदै गरेका यूवाहरुको समुह दैलेखी यूथले जिल्लामा स्वागत योग्य काम गरेको छ ।
महाभुकम्प पीडितहरुको सहयोगार्थ दैलेखी यूथले समाबार सदरमुकाममा रक्तदान कार्यक्रमको आयोजना गरेर जिल्लाबासीलाई नै उत्साहित बनाएको छ । जिल्लामा रगतको अभाव भैरहेको अवस्थामा रगत संकलन गर्न सकिन्छ भन्ने उदाहरण युथले दिएको हो । जिल्लाका स्वास्थ्य संस्थामा रगतको अभाव हुदा रगत संकलन गर्न सकिन्छ भन्ने सन्देश दैलेखी यूथले दिएको जिल्लाका बुद्धिजीवीहरुले बताएका छन् ।
सदरमुकामको जिल्ला अदालतमा आयोजीत रक्तदान कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमख, गैरसरकारी संस्थामा कार्यरत कर्मचारी तथा सर्बसाधारणहरु उत्साहका साथ सहभागी भएका थिए । छोटो समयमै कार्यक्रममा उल्लेख्य सहभागी भएको आयोजकले बताएका छन् । जिल्लामा मोवायलको सुविधा नभएका बेला पनि उल्लेख्य संख्यामा सहभागी भएर कार्यक्रम सफल बनाएको भन्दै जिल्ला रेडक्रस सोसाइटीले सबैलाई धन्यवाद दिएको छ । रक्त दान कार्यक्रममा ४० जना रक्त दाताहरुले रगत दिएका थिए । रक्त दान गर्ने सबैलाई दैलेखी युथले प्रमाण पत्र सहित धन्यवाद समेत दिएको थियो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*