कृषककै वारीमा अनुसंधानस्थल स्थापना गरीने

DSC01992
यज्ञराज थापा
२५ जेठ, दैलेख । कृषि अनुसंधान केन्द्र किमुगाउ दैलेखले कृषककै वारीमा अनुसंधानस्थल स्थापना गर्ने भएको छ ।
केन्द्रले दैलेख र अछाम जिल्लाका २ वटा गाविस छनौट गरी ति गाविसका केहि वडाहरु समेटि अनुसंधानस्थल स्थापना गर्ने भएको हो । दैलेखका वराह गाविसका १,३ र ५ तथा अछामको रानीवन गाविसका २,३,४ र ८ वडालाई समेटेर केन्द्रले माटो सुहाउदो अन्नवाली,फलफुल तथा तरकारीको विउ उत्पादन गरी परीक्षण गर्ने वुझिएको छ ।
कृषककै वारीमा अनुसंधानस्थल स्थापना गर्ने उदेश्य सहित ति गाविसमा केन्द्रले गाउस्तरिय कार्यक्रमसमेत सम्पन्न गरेको छ ।
सो कार्यक्रममा स्थानिय अगुवा कृषक,कृषक समुह,कृषि सहकारी संस्थाका पदाधिकारीसहित अनुसंधानस्थल स्थापना गर्नुको उदेश्यमाथि केन्द्रका प्राविधिकहरुले जानकारी गराएका थिए ।
केन्द्रका प्राविधिक अधिकृत अनिलवावु वानियाले कृषककैवारीमा गर्न लागिएको अनुसंधानस्थल स्थापनाको मुख्य उदेश्य प्राविधिकसहित स्थानिय कृषकहरुले उन्नत कृषिप्रणाली अपनाई नया प्रविधीको जानकारी प्राप्त गर्ने रहेको वताए । उनका अनुसार गाउस्तरिय कार्यक्रमपश्चात छनौट गरीएका ति गाविसका वडाहरुको सर्वेक्षण गरीने र सर्वेक्षणबाट संकलित कुराहरुको जिल्लास्तरिय कार्यक्रममा जानकारीसहित अनुसंधानस्थल स्थापनाको घोषणा गरीने भएको छ ।
केन्द्रका प्राविधिक अधिकृत विकास घिमिरेले अनुसंधान केन्द्र किमुगाउमा सवैकुरा नियन्त्रित हुने तर अनियन्त्रित कृषकको वारीमा प्राविधिकहरुको रेखदेखमा ति गाविसको हावापानी र परिवेशअनुसारका विउविजन अनुसंधान गरीने जानकारी दिए ।
वाह्य अनुसंधानस्थलको रुपमा रहेका ति गाविसहरु प्राकृतिक विविधतायुक्त( हिमाल,पहाड तराई) भएको र त्यसवाट नयाँ नयाँ अनुसंधान निस्कन सक्ने केन्द्रका वरीष्ठ वैज्ञानिक वसन्त चालिसेले दावि गरे ।
अनुसंधानस्थल स्थापनाको रुपमा छनौट गरीएका गाविसमा भएको गाउस्तरिय कार्यक्रममा सहभागी कृषकहरुले सहुलियत रुपमा कृषकलाई कृषि सामग्री उपलव्ध गराउने,समयमै विउ उपलव्ध गराउने,किरा नियन्त्रण गर्ने जस्ता कुरामा सहयोगका लागि केन्द्रसंग अपेक्षा राखेका थिए । आजभोली प्राविधिकहरु गाउ जान छोडेको अवस्थामा नियमित रुपमा प्रदान गर्दै आईरहेको प्राविधिक सहयोगका लागि केन्द्रलाई धन्यवाद दिदै आगामी दिनमा निरन्तरताको आशा राखेको कृषकहरुले वताएका थिए ।
वाह्य अनुसंधानस्थलको रुपमा रहेको अछाम जिल्लाको रानीवन गाविसमा भएको गाउस्तरिय कार्यक्रममा स्थानिय भैरवी महिला मकैविउ उत्पादन समुह र कनिगडा महिला मकैविउ उत्पादन समुहलाई कृषि अनुसंधान केन्द्रले त्रिपाल,विउ उपचार गर्ने,मकै छोडाउने,जोख्ने मेशिनसहित प्रदान गरेको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*