लघु उद्यमीले गरे प्रदर्शनी, करिव १ लाख बराबरको कारोवार

१असार, दैलेख । जिल्लाका लघु उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको दुई दिन सदरमुकाममा प्रदर्शनी गरेकाछन ।

जिल्लामा उत्पादन गरिएका बस्तुहरुको खपत तथा क्रृण सौलियतका विषमा समेत पर्दशनीमा छलफल गरिएको थियो । छलफलमा जिल्ला स्थित उद्योग वाणीज्य संघले लघुउद्यमीले उत्पादन गरेका बस्तुहरुको खपत गरिदिने भन्दै माग अनुसारको उत्पादन गर्न माग गरेका थिए । दालमोट, अगरवत्ती, ममवत्ती र मसलाको माग जिल्लामा बढी हुने भएकाले त्यसको उत्पादनमा बृद्धी गर्न ब्यवसायीले माग गरेका थिए । समेत प्रदर्शनीमा ज्वालागढी मसला उद्योगबाट प्रासोधन गरिएको मसला, जिल्लाका विभिन्न ठाउँमा उत्पादन गरिएका दालमोठ,भुजिया, ताजा तरकारी, वाँस निगालाबाट तयार पारिएका सामाग्रीहरु, च्याउ, ताजा तरकारी, अगरवत्ती, ममवत्ती, दुना टपारी, खुकुरी, ढाका, हातेकागल राखिएको थियो । बजारी करणका लागि उद्यमी र सम्बन्धीत निकाय बीच अन्तर्रक्रिया कार्यक्रममा उद्यमीले उत्पादन गरेका वस्तुहरु करिव १ लाख बराबर खपत भएको छ ।

कार्यक्रममा लघुउद्यमीले ब्यवसायलाई बिस्तार गर्न बैक तथा वित्तीय संस्थाको क्रृण सहज बनाउनु पर्ने बताए । बैकले दिले क्रृणको ब्याजदर महंगो भएकाले उद्यमीलाई समस्या परेको भन्दै बैकको क्रृण नितिमा परिवर्तन गर्न माग गरेका थिए । घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख परशुराम आचार्यले उद्यमीअरुको उत्पादन अनुसारको खपत हुन नसकेको भन्दै यसको प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताए । गाउँ गाउँमा उद्यमी उत्पादन भैसकेको भन्दै प्रमुख आचार्यले स्वरोजगार मुलक कार्यक्रम सञ्चालन गरेर अगाडी बढनु पर्ने बताए ।
पर्दशदीको अवलोकन पछि जिल्ला विकास समिति, दैलेखका योजना तथा प्रशासकिय अधिकृत यामनारायण गौलीले, दैलेखका उद्यमीहरुले यति धेरै र गुणस्तरीय वस्तु उत्पादन गरेकोमा आफु अचम्मित भएको बताए । उनले आयातलाई विस्तावित गरी स्वरोजगारी श्रृजर्ना गर्दै आत्मनिर्भर जिल्ला बनाउनु पर्नेमा जोड दिए । अधिकृत गौलीले खेर गईरहेका स्थानीय कच्चा पदार्थहरु प्रयोग गरेर आय आर्जन गर्न उद्यमीले खेलेको भूमीका उल्लेखनिय भएको भन्दै यस्ता उद्यमीहरुलाई जिल्ला विकास समतिले भरपुर सहयोग गर्ने प्रतिवद्धता ब्यक्ति गरे ।
कार्यक्रममा दैलेखका ब्यापारी र अन्य सरोकारवालाहरुको पनि उल्लेखनीय उपस्थिती रहेको थियो । उपस्थित ब्यापारीहरुले उद्यमीहरुले उत्पादन गरेका सवै वस्तुहरु आफुहरुले बजारीकरण गरिदिने बताए पछि उद्यमीहरुले उनीहरुलाई ताली बजार स्वागत गरेका थिए । यसरी सम्पन्न कार्यक्रमको सभापतित्व जिल्ला लघु उद्यमी समूह संघ, दैलेखका अध्यक्ष कविराज खत्रीले उद्यमीहरुले क्रृण लग्दा भोग्नु परेको समस्याका बारेमा जानकारी दिएका थिए ।
जिल्ला लघु उद्यमी समूह संघ, एभरेष्ट क्लब आयोजना तथा लघु उद्यम विकास कार्यक्रम क्षेत्रिय सहयोग कार्यक्रम सुर्खेतको आर्थिक सहयोगमा प्रदर्शनी सहित वृहत्त अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको हो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*