आयोजनाका सरोकारवालाहरु विच अन्तरक्रिया सम्पन्न

एच.एस.थापा

१ असार, दैलेख
दैलेख वजारमा उच्च मुल्य कृषि वस्तु विकास आयोजनाका आयोजना सरोकारवालाहरु विच अन्तरक्रिया सम्पन्न भएकोछ ।
दैलेख जिल्लामा उच्च मुल्य कृषि वस्तु विकास आयोजनावाट मुल्य श्रृखला अन्तर सम्झौता भएका समुह सहकारी ३७ वटा सहित उच्च मुल्य कृषि वस्तु विकास आयोजना, जिल्ला कृषि विकास कार्यालय दैलेख, जिल्ला पशुसेवा कार्यालय दैलेख, उधोग वाणिज्य संघ दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको सहभागि रहेको थियो । उक्त कार्यक्रममा दैलेख जिल्लामा रहेको कार्यक्रमको वारेमा सोसेकका जिल्ला कार्यक्रम संयोजक पुस्कर शर्माले प्रस्तुतिकरण गर्नु भएको थियो भने आयोजनाको तर्फवाट वरिष्ट कृषि विकास अधिकृत हरि गुरुङले आयोजनाको वारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । विभिन्न समुह समितिले आ आफ्नो समुहमा भए गरेका कार्यक्रमवारे जानकारी गराएको उक्त कार्यक्रममा आयोजनाको सवल पक्ष, सुधार गर्नु पर्ने पक्ष विच छलफल गरियो ।
विभिन्न कृषक समुह सहकारीवाट राखिएका जिज्ञासाको आयोजनाका वरिष्ट कृषि विकास अधिकृत हरि गुरुङले प्रस्टाउनु भएको थियो । समापन समारोहमा वोल्दै सोसेकका अध्यक्ष हीरासिंह थापाले समुह सहकारीले व्यवसायिक योजनामा वनाए अनुसारको कार्य गर्न सुझाव दिनु भयो भने उक्त कार्यक्रममा उधोग वाणिज्य सघका उपाध्यक्ष कविराज खत्री, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा.सुधिर थापा, जिल्ला कृषि विकास कार्यालय प्रमुख सुयनाथ योगीले समुह सहकारीका प्रतिनिधीले राखेका जिज्ञासाको जवाफ दिनु भएको थियो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*