किसानले मागे सडक र कोल्ड स्टोर

amar

६ असार, दैलेख । सेरी र गोगनपानी गाबिसका कृषकहरुले सडक र उत्पादित बस्तुहरु राख्ने कोल्ड स्टोर निर्माण गरिदिन सभासद लगाएतका सरोकारवाला सँग माग गरेका छन् ।
त्यस क्षेत्रका ताजा तरकारी तथा फलफुलका कृषक उद्यमीहरुले उत्पादित बस्तुको सडक सँग सहज पहुचका लागि नयाँ सडक निर्माणको आवश्यकता भएको बताएका छन् । जिल्ला कृषी विकास कार्यालय र उच्च कृषी बस्तु विकास आयोजनाको संयुक्त अनुगमनका क्रममा सेरी पुगेका सरोकार वालाहरु सँग किसानको बारीबाट उत्पादीत बस्तुहरुको संकलनका लागि कोल्ड स्टोरको निर्माणका लागि पहल गरिदिन समेत किसानले आग्रह गरेका थिए । बाह्रै महिना ताजा तरकारीको पकेट क्षेत्र भएकाले यस क्षेत्रमा आवश्यक विकास निर्माण कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाई दिन समेत माग गरेका थिए ।
जिल्लाको दक्षीण भेगका ब्यवसायीक ताजा कृषकहरुले आफुहरुले उत्पादन गरेका तरकारीहरु सुर्खेत, बुटवल र चितवन सम्म पुग्ने गरेको जानकारी दिए । किसानहरुले अझै ब्यवसायीक हुन नयाँ प्रविधि र सिपको आवश्यकता भएकाल पहल गरिन सभासद अमरबहादुर थापा सँग माग गरेका छन् । दक्षिण भेगका किसानहरुले गरेको ब्यवसायीक कृषी खेतीले जिल्लालाई थप उचाई पु¥याएको भन्दै किसानका मागहरुको सम्बोधनका लागि अफु सधै तयार भएको सभासद थापाले प्रतिवद्धता ब्यक्त गरेका थिए । दक्षिण भेगका किसानले जिल्लाको नयाँ परिच कृषी भएको पुष्टि गरेर कृषी पर्यटनको समेत सम्भावना बलियो बनाएको सभासद थापाले बताए ।
अनुगमनका क्रममा राजनीतिक दलका प्रतिनिधिहरुले किसानहरुले उठाएका समस्याको समाधानका लागि जिल्लामा एक जुट भएर लाग्ने प्रतिवद्धता जनाएका थिए । किसानहरुका समस्याको पहिचान र आगामी दिनमा प्रदान गरिने सेवाहरुको समेत विष्लेषण गरिएको थियो । जिल्ला कृषी विकास कार्यालयले २०५३ साल देखि निरत्तर सहयोग गरेर अहिले ब्यवसायीक कृषक हुन सेको भन्दै किसानहरुले प्रसंसा समेत गरेका थिए । अनुगमनमा सभासद अमरबहादुर थापा, जिल्ला न्यायधिश डिल्लिरत्न श्रेष्ठ, जिल्ला स्थित सम्पूण राजनीतिक दलका प्रतिनिधिहरु, कार्यालयका प्रमुखहरु, नारायण नगरपालीकाका कार्यकारी प्रमुख गणेशविक्रम शाह, गैसस माहासंघका अध्यक्ष महारुप खत्री, उद्योगबाणिष्य संघका अध्यक्ष शान्तिप्रसाद शर्मा, समाजिक सेवा केन्द्रका अध्यक्ष हिरासिंह थापा लगाएत गैरसरकारी संस्थाका प्रतिनिधहरुको सहभागीता रहेको थियो । अनुगमन टोलीले गोगनपानीको लहरा र शेरी गाबिसको माथेल्ले गुरासेको तरकारी तथा फलफुलको अनुगमन गरेको थियो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*