यस वर्षको धान दिवस तोली गाबिसमा मनाईने

dhan

९ असार, दैलेख । “धान खेतिमा यन्त्रिकीकरण, उत्पादन लागतमा न्यूनिकरण” भन्ने मुल नाराका साथ १२ औ धान दिवस तोली गाबिसको तामेमा असार १५ गते मनाइएने भएको छ ।
जनताको सहभागीता र प्रोत्साहनका लागि यस वर्षको धान दिवस तोली गाबिसमा मनाईने जिल्ला कृषी विकास कार्यालयले जानकारी दिएको छ । बराह गाविसको डुङगेश्वरमा मनाइदै आएको धान दिवस अहिले अन्य ठाउँका कृषकलाई हौसला र प्रोत्साहन गर्न तोलीको तामेमा मनाईने जिल्ला कृषी विकास कार्यलयका प्रमुख सूर्यनाथ योगीले जानकारी दिए । धान दिवसलाई भब्यरुपमा सफल बनाउन विभिन्न समितिहरु बनाइ जिम्मेवारी समेत दिइएको जनाइएको छ । जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ सस्थाको सक्रिय सहभागीताका लागि समेत समन्वय गर्न जिम्मेवारी दिइएको छ ।
नेपालको मुख्य खाद्यबालीका रुपमा रहेको धानवालीलाई प्रोत्साहन गर्न र धानको पकेट क्षेत्रका रुपमा स्थापीत गर्न तामेमा धान दिवस मनाएर त्यहाँका किसानलाई थप हौसला प्रदान गर्न लागिएको जिल्ला कृषी बिकास कार्यालयका कृषी प्रसार अधिकृत नरेन्द्र थापाले जानकारी दिए । विगतमा सडकको सहज पहुँत भएको थाउँमा दिवस मनाउन गरे पनि दिवसलाई विकेन्द्रित गरी भरक ठाउँमा जान लागिएको र यसलाई निरन्तरता दिईने थापाले बनाए । दिवस मनाइएको ठाउँँमा जिल्ला कृषी बिकास कार्यालयले किसानलाई बिउ र मल उपलब्ध गराउने अधिकृत थापाले जानकारी दिए साथै त्यस स्थानको धानमा कुनै रोग र किराले बानीमा समस्या पु¥याए कार्यालयले नियन्त्रणका लागि सहयोग गरिने जानकारी दिए ।
तोली गाबिसको तामेमा मनाइने धान दिवसमा सदरमुकाममा उपश्थित हुने सहभागीनेपालको सहजताका लागि पानीले बिगारेको सडक मर्मतका लागि नारायण नगरपालीकाको स्काभेटरलाई तयारी अवस्थामा रादिने कार्यकारी अधिकृत गणेशविक्रम शाहले जानकारी दिए । विगतको परम्परालाई तोडदै आफ्नो गाबिसमा धान दिवस मनाउने भए पनि तोली लगाएतका छिमेकी नगरबासीहरु उत्साहीत भएका छन् । धान दिवसमा सदरमुकामबाट सहभागीता जनाउने पाहुनाको स्वागतका लागि स्थानिय बासीले भब्य तयारी समेत गरेको आयोजकले जानकारी दिएका छन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*