नागरिक प्रतिवेदन पत्रसम्बन्धी अनुशिक्षण

anu

९ असार, दैलेख । जिल्लास्थित सरकारी कार्यालयले प्रवाह गर्ने सेवाको सन्तुष्टि मापनका लागि तयार गरिने नागरिक प्रतिवेदनपत्र (सिआरसी) सम्बन्धी अनुशिक्षण बैठक सम्पन्न भएको छ । स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजनाको सहयोगमा सामुदायिक संस्थामार्फत् जिल्ला कृषि विकास र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कर्मचारीहरुलाई बेग्लाबेग्लै अनुशिक्षण गराइएको हो । जिल्ला कृषिमा पञ्चकोसी अपांग विकास मञ्च र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा फ्रि–नेपाल संस्थाले बैठकको सहजीकरण गरेका थिए ।
अनुशिक्षण बैठकमा प्रमुखका कार्यालयका कर्मचारीहरु, परियोजनाका फिल्ड सुशासन अधिकृत युवराज शाही, सुशासन अभियानकर्ताहरु, सञ्चारकर्मी लगायतको उपस्थिति थियो । सम्बन्धित कार्यालयबाट सेवाग्राहीले प्राप्त गर्ने सेवासुविधाका विभिन्न आयाम समेटिएको सर्वेक्षण फाराम नै नागरिक प्रतिवेदन पत्र हो । सुशासन अभियानकर्ताहरुले एक सातासम्म कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुसंग कुरा गरेर उक्त फाराम भर्ने छन् ।

बैठकमा परियोजनाका फिल्ड सुशासन अधिकृत युवराज शाहीले सामाजिक जवाफदेहिताका औजारमध्ये नागरिक प्रतिवेदनपत्र महत्वपूर्ण औजार भएको बताए । ‘कार्यालयको कामकारबाहीप्रति सेवाग्राहीको मुल्यांकन गर्न यसले मद्दत पु¥याउछ’ उनले भने, अझ सेवाग्राहीप्रति जवाफदेही बन्न र विगतमा भएगरेका कमीकमजोरी सुधार गर्न महत्वपूर्ण टेवा पुग्नेछ ।’ कार्यक्रममा वरिष्ठ कृषि विकास अधिकृत सूर्यनाथ योगीले सुशासन प्रर्वद्धनका लागि आफ्नो कार्यालयले हेल्प डेस्क, हेल्पलाइन, प्रतिक्षालय लगायतका संरचना विकास गरेको बताए । त्यस्तै, खानेपानी कार्यालयका डिभिजन प्रमुख सीताराम काफ्लेले नागरिक प्रतिवेदन पत्र तयारका लागि आफ्नो कार्यालयले आवश्यक सरसहयोग प्रतिवद्धता जनाए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*