भुक्तानी लिन नेताको सहारा

महेन्द्र सापकोटा
१३ असार, दैलेख । वुधवार दिउसो एकिकृत माओवादीका नेता कर्ण वस्नेत जिल्ला प्राविधिक कार्यालयमा आक्रोशित मुद्रामा भेटिए । आजभोली कम भेटघाटमा रहने नेता बस्नेत एक्लै सो कार्यालयमा पुगेका भने थिएनन् ,उनीसंगै गृह गाविस सल्लेरीका उपभोक्ताहरुको पनि लावालस्कर थियो ।
नेता वस्नेत त्यत्तिकै प्राविधिक कार्यालय पुगी आक्रोशित भएका थिएनन् । सो कार्यालयका प्रमुख ईन्जिनियर प्रभाकर सिंहले निर्माण सम्पन्न योजनाको अन्तिम भुक्तानी दिन आलटाल गर्दै हप्तादिन विताएको भन्दै सल्लेरीका उपभोक्ताले नेता वस्नेतको सहारा खोजेपछि उपभोक्तासहित पुगेका बस्नेतले कार्यालय प्रमुख सिंहसंग बम्किनु परेको थियो ।
‘ अव संधै यसरी चल्दैन,जनताको काम छिटो छरितो गर्नुपर्यो,’ उनले भनेका थिएर्, जनताको सेवाका लागि जागिर खाने अनि जनताको काम यत्रो दिनसम्म रोकेर दुख दिनुको नियत के हो ?’
नेता वस्नेतले उपभोक्ताको काम छिटोछरितो ढंगवाट गर्न दवाव दिएपछि नेताको सहारामा काम हुदो रैछ भन्ने उपभोक्ताहरुले राखेको आशा धेरै समय टिक्न पाएन । हप्तादिन देखि नभएको योजनाको अन्तिम भुक्तानीको काम हुने र घर फर्कने आशा वोकेका उपभोक्ताहरु फेरि निराश भए । कार्यालय प्रमुखले फेरी पुरानो व्यवहार दोहोर्याएको र पुनः आलटाल गर्न थालेपछि विहीवार तिनै उपभोक्ताहरुले सभासद अमरवहादुर थापासंग गुहार मागे । सभासद थापापनि विहवार तिनै उपभोक्ताहरुलाई लिएर सोही कार्यालयमा पुगी एकिकृत माओवादी नेता वस्नेतकै शैलीमा प्रस्तुत भए ।
माथि उल्लेख गरीएका प्रतिनिधीमुलक समस्या स्थानिय निकायमा हुने नया कुरा कदापी होईनन् । आर्थिक वर्ष सकिनै लाग्दा जिल्लामा जिल्ला विकास समितीवाट संचालित विभिन्न विकास आयोजनाहरुको अन्तिम फरफारक गराउन धेरै समस्या झेल्नुपर्ने र अन्तिममा राजनैतिक दल र नेताको सहारा खोज्नुपर्ने प्रवृत्ति लामो समयदेखि हुदै आईरहेका छन् ।
छ दिनदेखि सिचाई कुलो निर्माणको अन्तिम भुक्तानी लिन जिविसमा धाईरहेका सल्लेरी गाविसका कर्ण वस्नेतले पनि काम गराउन राजनैतिक दलका नेताको सहारा लिन वाध्य भएको वताए । उनले भने, काम सम्पन्न भईसकेकोले भुक्तानी लिन कार्यालयमा जादा चारो नपाएर काम रोकेकाले नेतालाई लिएर गएपछि काम हुने भयो । ’ योजना रकम अनुसार गुणस्तरिय काम गरेको र आफुले कमिशन दिन नमान्दा कार्यालय प्रमुखवाट काम रोकिएको उनले वताए ।
कुसापानी गाविसका तुलवहादुर हमालले सडक निर्माण योजनाको अन्तिम भुक्तानी लिन ८ दिनदेखि फिल्ड प्राविधिकलाई खोज्दा पनि नभेटिएको वताए । उनले कामअनुसारको विलभर्पाई नभएको भन्दै प्राविधिकले भेट्न नचाहेकोले हप्तादिनसम्म सदरमुकाममा वस्नु परेको गुनासो गरे । अव कुनै पार्टीको नेताको सहारा लिनुपर्ला, उनले भने ।
आजभोली जिल्ला विकास समितीमा योजनाहरुको भुक्तानी लिन उपभोक्ताहरुको भिडभाड हुने गरेको छ । हप्तादिन विताई सक्दा पनि काम हुन नसकेपछि धेरै उपभोक्ताहरु आक्रोशित अवस्थामा भेटिने गरेका छन् भने कोही भनसुन र दवावको खोजीमा भौतारिरहेका हुन्छन् । आफ्नो काम छिटो गराउन कार्यालय समयमा भन्दा पनि अघिपछि प्राविधिकलाई भेटघाट गर्नुपर्ने अधिकांश उपभोक्ताहरुको भनाई रहेको छ ।
जिल्ला प्राविधिक कार्यालयका प्रमुख सिंह कार्यालयवाट काममा ढिलासुस्ती नभएको र उपभोक्ताकै कारण काम रोकिने गरेको वताउछन् । ‘ कार्य सम्पादन प्रतिवेदन र विलभर्पाई नमिलेका कारण उपभोक्ताहरुको काम छिटो छरितो नभएको हो, उनले भनेर्, कार्यालयले मागेको कागजात सवै पुरा गरी आए नेताको सहारा लिनु पर्दैन, ।
जिल्ला विकास समितीका योजना अनुगमन तथा प्रशासकिय अधिकृत यामनारायण गौलीले कार्यालयको विषयमा आएका जनगुनासोलाई मध्यनजर गर्दै उपभोक्ताको कामलाई चुस्तदुरुस्त राख्ने प्रयास गरीएको र प्रक्रिया पुर्याएर आए कार्यालय प्रमुख ( स्थानिय विकास अधिकारी) को अनुपस्थितीमा पनि हुनुपर्ने काम नरोकिने दावी गरेका छन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*