पशु विमा र कार्यक्षेत्र विस्तार गर्न माग

२० असार, दैलेख । पश्चिम गरिविनिवारण आयोजनाद्धार वितरित पशुको विमा र कर्य क्षेत्र थप बिस्तार गर्न सर्बसाधारणले माग गरेका छन् ।
हाम्रो तेस्रोआँखा दैनिकको सहजिकरणमा आईतवार दुल्लुमा आयोजित अन्तरक्रियका सहभागीहरुले बाख्रा, बंगुर लगाएतका पशुको बिमा गरिदिनपर्ने सहभागीहरुले माग गरेका छन् । पशुको बिमा गरिदिए कुनै रोग वा अन्य कारणले बाख्रा लगाएतका पशु मरेको खण्डमा छेति प्राप्त गर्न सकिने भएकाले किसानको सहजताका लागि यसलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने उनीहरुले बताए । संस्थाद्धारा दुल्लुमा सञ्चालित कार्यक्रम धेरै प्रभावकारी भएकाले यसको कार्य क्षेत्र थप बिस्तार गर्नु पर्ने भन्दै सरोकारवाला निकाय सँग माग गरिदिन समेत सहभागीहरुले आग्रह गरेका थिए ।
कार्यक्रमका सहभागी भुमि बादीले उपाप परियोजनाको काम दुल्लुमा धेरै प्रभावकारी भएको भन्दै संस्थाद्धारा वितरित पशुको आफ्ना सन्तान जस्तै स्याहार गरेको बताईन् । गरिवको गरिवि घटाउने कार्यक्रम भएकाले यो कार्यक्रम अन्य भन्दा बढी प्रभावकारी भएको बादीले बताईन् । बाख्रा लगाएतका पशु मरेको खण्डमा जनतालाई समस्या पर्ने भएकाले त्यसको समाधानका लागि संस्थाले पशु बिमाको अवधारण ल्याउनु पर्ने कार्यक्रमका सहभागी कृष्ण परिवारले माग गरे । कार्यक्रममा अछाम जिल्ला स्थाई ठेगाना भई हाल भुमिहिनका रुपमा दुल्लुमा रहेकी दुर्गा शाहले आफुलाई पनि संस्थाले समेटी बाख्रा लगाएतमा सहयोग गर्न माग गरेकी थिईन् ।
प्रति बाख्रा ५ हजारका दरले १ सय ३६ घर धुरीलाई दूई दुई बाख्राका दरले सेवाग्राहीको पाएक पर्ने स्थानमा बितरण गरिएको बाख्रा पालन समितिका अध्यक्ष नैनसिह बिकले जानकारी दिए । त्यसै गरी २ लाख २७ हजार रुपपैयाका १३ घर परिवारलाई बंगुर वितरण गरिएको बंगुर पालन समुहका अध्यक्ष पदमे दमाईले जानकारी दिए । साविकको दुल्लु गाबिसमा आर्थिक बर्ष २०७१÷७२ मा २० लाख २५ हजार ४ सय २० रुपैया बराबरको लगानी गरिएको सामाजिक परिचालक पूर्णा थापाले जानकारी दिई् । दुल्लुमा परियोजनाको ३ लाख आर्थिक सहयोगमा एक सिचाई पोखरी निर्माण गरिएको र १३ घरधुरीलाई उन्नत बोका वितरण गरिएको थापाले जानकारी दिईन् । कार्यक्रममा नेकपा एमाले साविकको दुल्लु गाबिसका अध्यक्ष लोकप्रसाद उपाध्यायले पश्चिम उच्च पहाडी गरिविनिवारण आयोजनाले दुल्लुमा प्रभावकारी काम गरेको भन्दै सवै घरधुरीमा पुग्न आग्रह गरे । कार्यक्रममा लोक गायक तथा शिक्षक तेजबहादुर हमालले आयोजनाका विषयमा गित प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, दुल्लु नगरपाीकाका प्रतिनिधि लगाएतको उपश्थितीमा तेस्रोआँखा दैनिकका भरत अधिकारीले सहजीकरण गरेका थए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*