सार्वजनिक सुनुवाई कार्यक्रमका साझा प्रतिवद्धताको कार्यान्वयनको अवस्था सम्बन्धि समिक्षा

स्थानीय निकाय र विषयगत कार्यालयद्धारा प्रबाह गरिएको प्रभावकारी सेवा सुविधा र गुणस्तरीय विकास निमाणर््ा सम्बन्धि दोश्रो चौमासिक अवधिमा दैलेख जिल्ला विकास समिति, २ वटै नगरपालिका र ४१ गाविसले तोकिएको समयावधि फाल्गुन मसान्त भित्र सार्वजनिक सुनुवाई सम्पन्न गरेको सन्र्दभमा गरिएका सर्वाजनिक साझा प्रतिवद्धताको पालना अनुगमनलाई निरन्तरता दिईएको छ । अघिल्लो अंकमा अवलपराजुल, पिलाडी, गोगनपानी र बराह गाविसमा आयोजना भएको सार्वजनिक सुनुवाईमा गरिएका साझा सार्वजनिक प्रतिवद्धताहरुको समिक्षा प्रसारण गरिएको थियो भने यस अंकमा हामीले दैलेख जिल्लाको तिलेपाटा, लकान्द्र, तोलिजैसी, खड्गबाडा र खरिगैरा गाविसको प्रतिवद्धता पालना अनुगमनको नतिजालाई समेटेका छौ ।
२०७१ माघ २४ गते तोलिजैसी गाविसमा १०८ जना सहभाागि लगायत सम्पुर्ण सरोकारवाला निकायकमा प्रमुख तथा प्रतिनिधि जवाफदेहिवक्ताको उपस्थितीमा ५ बुदे प्रतिवद्धता साझा रुपमा घोषणा सहित सम्पन्न गरिएको थियो । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा गरिएका प्रतिवद्धता मध्ये २ वटा पुर्ण रुपमा पालना तथा कार्यान्वयन भएका २ वटा आंशिक र बांकि १ कायान्वयन नभएको पालना अनुगमन द्धारा पुष्टि भएको छ ।
प्रत्यक्ष नागरिकको जिवनसंग जोडिएको सम्वेदनशिल क्षेत्रको रुपमा रहेको स्वास्थ्य क्षेत्रबाट नागरिकहरुले सहज सुलभ ढंगबाट सेवा प्राप्त गर्ने अवसरबाट बञ्चित रहेको गुनाँसोलाई सम्बोधन गर्नका लागि गरिएको प्रतिवद्धतालाई हाल निरन्तर सेवा प्रवाह र सहज ढंगबाट सेवा प्रवाह गरिने गरेको छ भने टोल वस्ती स्तर देखि समान सहभागिता जुटाई आवश्यकताको पहिचान मार्फत योजना छनौट गर्ने र वडा भेलामा पेश गर्ने साथै एकिकृत योजना तर्जुमा समितिमा सिफारिस गर्ने गरिएको छ । आंशिक रुपमा कार्यान्वयन भएका प्रतिवद्धताहरु मध्ये गत आ.व ०७०। ०७१ मा विनियोजित लक्षित वर्गको बजेटको दलित नेटवर्क भवन निर्माणमा भएको आर्थिक गतिविधिहरु अष्पष्ट र शंका लाग्दो गरी खर्च भएको अर्थात योजनाको स्टिमेट अनुसार काम नभएको भनी उठेको सवाल पनि प्रतिवद्धता स्वरुप बैठक बसी भएको खर्च र गाविसबाट प्राप्त रकममा केहि हिसाव अझै नमिलेकोले पुर्ण हिसाव देखाउन् गरी समुदायलाई प्रष्ट पार्ने कागजात जुटाउन समय मागि बैठक अर्को पटक बस्ने गरी टुंगिएको पाईयो । आंशिक कार्यान्वयन भएको भनिएको अर्को प्रतिवद्धता विभिन्न व्यक्तिको नाममा रहेको बेरुजु रकम अशुल गर्न पत्राचार गरिएको र गाविस भवनको विषयलाई जिल्ला स्तरबाटै समाधान गर्ने गरी जिविसमा पत्राचार गरिएको र हाल सम्म सम्बन्धित ठेकेदारले चासो नदेखाएकोले प्रतिवद्धता पालना हुन सकेको छैन ।
२०७१ कार्तिक १३ गते लकान्द्र गाविसमा ९० जनाका वृहत सहभागितामा र विभिन्न सरोकारवाला जवाफदेहिवक्ताको उपस्थितीमा संचालन भएको सार्वजनिक सुनुवाई कार्यक्रमबाट ५ बुँदे साझा प्रतिवद्धताहरु जारी गरिएको थियो । जस मध्ये ३ वटा प्रतिवद्धताहरु पुर्ण रुपमा कार्यान्वयन भएको र बाँकि २ वटा प्रतिवद्धताहरु हाल सम्म कार्यान्वयनमा छैनन् ।
गाविसमा संचालन हुने सम्पुर्ण विकास निर्माणका क्रियाकलापहरुमा समान जनसहभागिता रहनु पर्ने र पारदर्शि ढंगले काम हुनु पर्ने, गाविसबाट प्रदान गरिने सेवा समान रुपले प्रवाह गरिनु पर्ने, कर्मचारिको नियमित उपस्थित हुनुपर्ने, साझा प्रतिवद्धता गरिए अनुरुप हाल कार्यान्वयन भएको पाईएको छ । पालना हुन नसकेको मध्य निर्माण सम्पन्न भैसकको गाविस भवन निर्माणकर्ताद्धारा हस्तान्तरण नभएरै गाविसको काम काज संचालन भएको र गाविसलाई खुला दिशा मुक्त क्षेत्र घोषणा गर्दा लागेको खर्च सार्वजनिकीकरण गर्नुपर्ने विषयमा कार्यान्वयन हुन सकेको छैन । यसका लागि सम्बन्धित गाविस सचिव, सरोकारवाला बीच समन्वय र छलफल भई आवश्यक प्रक्रियाद्धारा कार्यान्वयन गर्नुपर्ने देखिन्छ र यस चौमासिकमा आयोजना हुने सार्वजनिक सुनुवाई कार्यक्रममा गरिएका प्रतिवद्धताको समिक्षा गरिनु पर्ने देखिन्छ ।
२०७१ पौष ९ गते तिलेपाटा गाविसमा ९७ आम नागरिक र गाविस स्तरीय सम्पुर्ण सराकारावालाको उपस्थितीमा गाविसले आयोजना गरको सार्वजनिक सुनुवाई कार्यक्रमबाट ५ बुदे सार्वजनिक प्रतिवद्धताहरुको घोषणा गरिएको थियो । नागरिकले उठाएका गुनाँसाहरुलाई सम्बोधन गर्दै गरिएका प्रतिवद्धताहरु मध्ये हाल सम्म २ वटा पुर्ण रुपमा, १ वटा आंशिक रुपमा, काार्यन्वयन भएका र २ वटा प्रतिवद्धताहरु कायान्ययन हुन नसकेको देखिन्छ ।
तिलेपाटा स्थित कालिका उच्च माविमा मध्यान्ह १ बजे पछि विद्यालयको पठन पाठन बन्द हुने र व्यवस्थापन पक्ष कमजोर तथा फितो भएको भनि अभिभावकहरुबाट आएको गुनाँसोबाट गरिएको प्रतिवद्धता अनुसार हाल नियमित रुपमा पठन पाठन भईरहेको हुनाले यससंग सम्बन्धित प्रतिवद्धता पुर्ण रुपमा पालना भएको देखिन्छ । त्यस्तै गरी स्वास्थ्य चौकिबाट औषधि वितरण गर्दा भेदभाव नगर्ने र समान व्यवहार गर्ने प्रतिवद्धता पनि पुर्ण रुपमा कार्यान्वयन भएको देखिन्छ । कालिका उमाविको भवन निर्माणको क्रममा यथार्थ आय व्ययको सार्वजनिक गर्ने प्रतिवद्धता गरिए पनि हाल सम्म सन्तोषजनक रुपमा खर्चको हिसाव सार्वजनिक गरिएको छैन । तिलेपाटा वडा नं ४ मा रहेको वर्थिड सेन्टरमा अनमिको व्यवस्थापन गर्ने प्रतिवद्धता, अलपत्र रुपमा रहेको गाविस भवन प्रयोगमा ल्याउने प्रतिवद्धताहरु पालना भएका छैनन् । यद्यपी २ वटा प्रतिवद्धताहरु सबैको सहयोगमा कार्यान्वयन गर्नमा जोड दिनुपर्ने देखिन्छ ।

२०७१ माघ २३ गते खड्गबाडा गाविसमा संचालन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमबाट ४ बुदे साझा प्रतिवद्धताहरुको घोषणा गरिएको थियो । घोषणा गरिएका प्रतिवद्धताहरु सबै कार्यान्वयनमा भएको अनुगमनबाट भेटिएको छ ।
गाविसबाट प्रवाह गरिने सेवा सुविधा छिटो छरितो र प्रभावकारी तथा सम्पुर्ण आय व्यय पारदर्शि रुपमा कार्यान्वयन हुनुपर्ने, गाविसको चौमासिक आय व्यय र सामाजिक सुरक्षा भत्ताको विवरण सार्वजनिक हुनुपर्ने, लक्षित वर्गको रकमको कार्यान्वयन सही ढंगले लक्षित वर्गकै सहभागितामा हुनुपर्ने र स्वास्थ्य चौकिद्धारा प्रदान गर्ने सेवा र सुविधा प्रभावकारी र नियमित हुनु पर्ने लगायतका सवालहरुलाई समेटेर गरिएका प्रतिवद्धताहरु कार्यान्वयन भएका हुन् । आगामी चौमासिकमा गरिने सार्वजनिक सुनुवाईमा घनिभुत रुपमा छलफल गर्नुपर्ने देखिन्छ ।
२०७१ फाल्गुण ८ गतेका दिन खरिगैरा गाविसको जयन्ति उच्च माविको प्रांगणमा १०५ जना आम नागरिक, सरोकारवाला, जवाफेहिवक्ताहरुको उपस्थितमा आयोजना भएको सार्वजनिक सुनुवाई कार्यक्रमबाट ६ बुंदे साझा प्रतिवद्धताहरुको घोषणा भएकोमा हाल सम्म ५ वटा पुर्ण कार्यान्वयन भएको देखिन्छ ।
स्थानीय निकाय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधिले निर्धारण गरे बमोजिमका लक्षित वर्गको बजेट लक्षित वर्गलाई नै विनियोजन गरी सोहि क्षेत्रमा खर्च गर्ने प्रतिवद्धता अनुसार गाँऊ परिषद्बाट कार्यविधि अनुसार नै रकम विनियोजन गर्ने र सोहि क्षेत्रमै खर्च गर्ने अभ्यास भईरहेको छ । त्यस्तै गरेर विकास निर्माण प्रक्रियामा आम नागरिकहरुको सहभागिता सुनिश्चित गर्ने, गाविसका जिम्मेवार कर्मचारि नियमित कार्यालयमा उपस्थित हुने लगायतका प्रतिवद्धताहरु कार्यान्वयन भएको प्रतिवद्धता कार्यान्वयनको पालना अनुगमनबाट नतिजा प्राप्त भएको छ ।
यसरी जिल्लामा दोश्रो चौमासिक अवधिमा गरिएका सार्वजनिक सुनुवाई कार्यक्रम संचालनका क्रममा सार्वजनिक सुनुवाई कार्यविधि, २०६७ को दफा ५ को उपदफा ५.१ अनुसार गरिएका प्रतिवद्धताहरु र त्यस विषयमा भएका सुधरात्मक प्रयासहरुको समिक्षा अनिवार्य रुपमा गरी तेश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम संचालन भए नभएको र कार्यविधिको उपदफा ५.२ अनुसार नगरपालिका र गाविसले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत वितरित सामाजिक सुरक्षा भत्ता बापतको रकम तथा व्यक्तिहरुको नामनामेसी सहितको सुची प्रकाशन गरे नगरेको कुरा सुशासन अभियानकर्ताहरुको परिचालन मार्फत निगरानी गरिने नै छ भने नगरिएको पाईएका कडा खबरदारी समेत गरिनेछ साथै बाँकि गाविसहरुको अनुगमनको नतिजा नियमित रुपमा हामी प्रसारण गरि रहने छौ । सुन्न नभुल्नु होला । धन्यबाद ।।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*