सार्वजनिक सुनुवाई कार्यक्रमका साझा प्रतिवद्धताको कार्यान्वयनको अवस्था सम्बन्धि समिक्षा

स्थानीय निकाय र विषयगत कार्यालयद्धारा प्रबाह गरिएको प्रभावकारी सेवा सुविधा र गुणस्तरीय विकास निमाणर््ा सम्बन्धि दोश्रो चौमासिक अवधिमा दैलेख जिल्ला विकास समिति, २ वटै नगरपालिका र ४१ गाविसले तोकिएको समयावधि फाल्गुन मसान्त भित्र सार्वजनिक सुनुवाई सम्पन्न गरेको सन्र्दभमा गरिएका सर्वाजनिक साझा प्रतिवद्धताको पालना अनुगमनलाई निरन्तरता दिईएको छ । अघिल्लो अंकमा सेरी र बाँसी गाविसमा आयोजना भएको सार्वजनिक सुनुवाईमा गरिएका साझा सार्वजनिक प्रतिवद्धताहरुको समिक्षा प्रसारण गरिएको थियो भने यस अंकमा हामीले दैलेख जिल्लाको अवलपराजुल, पिलाडि, गोगानपानी र बराह गाविसको प्रतिवद्धता पालना अनुगमनको नतिजालाई समेटेका छौ ।

अवलपराजुल गाविसमा सार्वजनिक सुनुवाई भएको ५ महिनापछि गरिएको अनुगमनमा प्रतिवद्धताहरु पालना भएको पाईएको छ । १२ भन्दा बढी जना सेवाग्राही सोधेको सवालहरुको चित्तबुझ्दो जबाफदिदै ४ बुदे साझा प्रतिवद्धताहरु गरिएको थियो ।

२०७१ माघ २७ गते सिता उ.मा.वि. मा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा ८९ जना स्थानीय नागरिकहरुको उपस्थितीमा सम्पन्न भएको थियो । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा ८ वटा विभिन्न विषयगत निकायका प्रतिनिधिहरु जबाफदेहिबक्ताका रुपमा सहभागी भई जबाफ दिएका थिए । उपस्थित सहभागिहरुले लक्षित वर्गको रकम विकासे काममा खर्च गर्न मिल्छ कि ? क्षमता विकासमा भनेर सोधेका प्रश्न सोधेका थिए । गाविसको हनेटामा बनेको बर्थिङ सेन्टर प्रयोग विहिन अवस्था रहेकाले प्रयोग गर्न जिम्मेवार लिनुपर्ने, सिता जनसहयोग उमाविमा शिक्षक अभावका कारण पढाईमा बाधा भएकाले ब्यवस्थापनमा ध्यान दिनुपर्ने, बर्थिङ सेन्टर सञ्चालनका लागि गाविस सहयोग गर्नुपर्ने, दलित बालबालिकाको थर परिवर्तन गर्दा सेवा सुविधाबाट बञ्चित हुनुपर्ने र लक्षित वर्ग केन्द्रित बजेट कहाँ कसरी खर्च हुन्छ ? सम्वन्धीत लक्षित वर्गलाई थाहा नहुँने गरेको लगायत गुनाँसो गरेका थिए ।

यसरी गरिएका प्रतिवद्धताहरु ५ महिनापछि अनुगमन गर्दा गाविसको वडा नं ३ मा वनेको वथ्रिगं सेन्टर प्रयोग विहिन अवस्थामा रहेको जनगुनाँसो आएकोले उक्त वथ्रिगं सेन्टर १५ दिन भित्र उपयोगमा ल्याई सेवा प्रवाह गर्नका लागि सम्वन्धित समुदायसंग छलफल गरी आवश्यक पहल चाल्ने प्रतिवद्धतामा समुदाय नै सक्रिय नभएपछि प्रयोगमा आउन सकेको छैन् । प्रयोगमा ल्याउनका लागि पनि गाविसबाट आर्थिक अभाव भएकोले मर्मत गर्न नसकिएको गाविस सचिव दिलिप ढकालबाट जानकारी प्राप्त भएको छ । सिता जनसहयोग उमाविमा कार्यरत केहि शिक्षकहरु विविध कारणले वाहिर गएको र जस्का कारण पढाईमा बाधा भएकाले सो समस्या समाधानका लागि सम्वन्धित निकायलाई अनुरोध गर्ने प्रतिवद्धतामा शिक्षकको आफन्त वितेकाले केही दिन शिक्षकहरु नआएको भएपनि प्रतिवद्धता गरेको हप्ता दिनमै शिक्षकहरु नियमति आएको गाविसले जनाएको छ । गाविसको चौमासिक आय व्याय विवरण लगायत सामाजिक सुरक्षा भक्ता रकमको सम्पुर्ण विवरण चौमासिक अवधिमा सार्वजनिक स्थानमा टाँस गर्ने प्रतिबद्धता गरिएकोमा तत्कालैबाट कार्यान्वयन गरिएको, लक्षित वर्ग केन्द्रित वजेट कार्यान्वयनमा समस्या देखिएकाले सवै लक्षित वर्गले जानकारी पाउने गरी पारदर्शी रुपमा कार्यक्रम संचालन गर्ने र अनुगमन कार्यलाई तिव्रता दिने प्रतिवद्धतामा गाविसले प्रभावकारी रुपमा अनुगमन गरेको नतिजा प्राप्त भएकोछ ।

२०७१ माघ २० मा पिलाडि गाविस स्थित गाविस भवनमा आयोजित सार्वजनिक सुनुवाई ९६ जना स्थानीय नागरिकहरुको उपस्थितीमा सम्पन्न भएको थियो । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा ९ वटा विभिन्न विषयगत निकायका प्रतिनिधिहरु जबाफदेहिबक्ताका रुपमा सहभागि भएका थिए । उपस्थित सहभागिहरुले राखेका ८ भन्दा बढी सवालहरुको चित्त बुझ्दो जबाफ दिदै कार्यक्रममा पिलाडि गाविसमा सार्वजनिक सुनुवाई भएको थियो ।

सार्वजनिक सुनुवाईमा उठेका सवालहरुमा सामाजिक सुरक्षा रकममा गाविस सचिवको बेरुजु देखिएको ? विद्यालयहरुमा कम्प्यूटर शिक्षा लागु भए पनि विद्यार्थीले कम्प्यूटर छुन समेत नपाएको । बाल लक्षित रकम सडकमा छुटयाउन मिल्छ की मिल्दैन् ? महिला लक्षित रकम दामासाई भागबन्डा गरेको लगायतका सवालहरु उठेका थिए ।

यसरी गरिएका प्रतिवद्धताहरु ६ महिनापछि अनुगमन गर्दा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने क्रममा सम्वन्धित व्यक्तिलाई मर्का नपर्ने गरि वडा स्तरमा नै गई वितरण गर्ने प्रतिवद्धता कार्यान्वय भएको पाईयो । गाँउ शिक्षा समिति निष्क्रिय अवस्थामा रहेकोले सो समितिलाई सक्रिय वनाई नियमित रुपमा वैठक वस्ने र शिक्षा क्षेत्रको अवस्थाको वारेमा अनुगमन गरी समिक्षा गर्नु पर्ने प्रतिवद्धतामा समितिको बैठक बसे पनि अनुगमन हुन नसकेको पाईयो । समितिका पदाधिकारीहरु क्रियाशिल नहुँदा समस्या उच्पन्न भएको पाईयो । वडा नागरिक मञ्चलाई भनेर आउने रकमको वारेमा वडा नागरिक मन्चका संयोजकलाई जानकारी नभएको पाईएकाले उक्त रकमको वारेमा सवै संयोजकहरुलाई भेला गराई पारदर्शी गर्ने प्रतिवद्धतामा तत्कालै वडा नगरिक मञ्चका संयोजकहरुलाई बोलाएर जानकारी गराएको नतिजा प्राप्त भएको छ । सामुदायिक अध्ययन केन्द्र व्यक्तिको घरमा भएको र निष्क्रिय भएको गुनाँसोमा सार्वजनिक सवैको पहुँच भएको स्थानमा केन्द्र सारिएको र केन्द्रलाई सक्रिय बनाईएको नतिजा पाईएको छ ।

गोगनपानीमा गरिएको साझा प्रतिवद्धताको कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्दा २०७१ माघ २८ गते गाविस भवनमा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा १३३ जना स्थानीय नागरिकहरुको उपस्थितीमा सम्पन्न भएको थियो । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा ७ वटा विभिन्न विषयगत निकायका प्रतिनिधिहरु जबाफदेहिबक्ताका रुपमा सहभागि भई जवाफ दिएका थिए । १५ भन्दा बढी सेवाग्राहीहरुले सवालहरु गरेका थिए भने खुला बहस पश्चात ४ बुँदे साझा प्रतिवद्धता गरिएको थियो ।

गोगनपानीमा उठेका सवालहरुमा पार्वती खत्रीले खानेपानी योजना सम्पन्न भईसक्दा समेत भुत्तानी नभएको बताएकी थिईन् । जेष्ठ नागरिकहरुको भत्ता वितरण वडा स्तरसम्म जान नसकेको । गाँउ शिक्षा समितिको बैठक बस्न नसकेको । खानेपानी योजनाका सिमेन्ट र पाईप हराएको । नागरिक सचेनता केन्द्रले पाउनुपर्ने सुविधा नपाएको गुनासो उठेको थियो । त्यस्तै गोगानपानी – १ की लक्ष्मी रानाले कृषि सामाग्री खरिदमा हिनामिना भएको सवाल उठान गरेकी थिईन् ।

यसरी गरिएका प्रतिवद्धताहरु ६ महिनापछि अनुगमन गर्दा गाविसमा आउने लक्षित वर्ग केन्द्रीत वजेट सम्वन्धित लक्षित वर्गलाई लाभ हुने कार्यक्रम संचालनमा खर्च गर्ने प्रतिवद्धता अनुसार सोहि क्षेत्रमा खर्च भएको पाईयो । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने क्रममा सम्वन्धित व्यक्तिलाई मर्का नपर्ने गरि वडा स्तरमा नै गई वितरण गर्ने प्रतिवद्धतामा वडा स्तरमै गएर वितरण गरेको, गाँउ शिक्षा समिति निष्क्रिय अवस्थामा रहेकोले सो समितिलाई सक्रिय वनाउने तथा अनुगमन गर्ने प्रतिवद्धतामा तत्कालै बैठक बसी सक्रिय बनाउन निर्णयका भएकोे पाईयो तर, अनुगमन नभएको पाईयो । समिति नै क्रियाशिल नहुँदा सक्रिय गराउन नसकिएको गाविसले जनाएको छ । वडा नागरिक मञ्चलाई भनेर आउने रकमको वारेमा वडा नागरिक मन्चका संयोजकलाई जानकारी नभएको पाईएकाले उक्त रकमको वारेमा सवै संयोजकहरुलाई भेला गराई पारदर्शी गर्ने प्रतिवद्धतामा तत्कालै हप्ता दिन भित्र सवै संयोजकहरुलाई बोलाएर जानकारी गराईएको,। सामुदायिक अध्ययन केन्द्र व्यक्तिको घरमा भएको र निष्क्रिय भएको जनगुनाँसो आएकाले तत्काल गाविसको कार्यालयमा सारी सक्रिय वनाउने प्रतिवद्धतामा सवैलाई पायक पर्ने स्थानमा केन्द्र सारेको र सक्रिय बनाईएको प्रतिवद्धता कार्यान्वयन भए नभएको पालना अनुगमन गर्ने क्रममा नतिजा प्राप्त भएको छ ।

दैलेख, असार २३ – बराह गाविसमा ६ महिनाअघि गरिएको सार्वजनिक सुनुवाई अनुगमनमा प्रतिवद्धता पालना भएको पाईएको छ । ८ जना सेवाग्राही सोधेको प्रश्नको चित्तबुझदो उत्तरपछि ६ बुद्रे प्रतिवद्धताहरु पालनाभए नभएको अनुगमन गरिएको छ ।

बराह गाविसमा २०७१ माघ २५ गाविस भवनमा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा ६७ जना स्थानीय नागरिकहरुको उपस्थितीमा सम्पन्न भएको थियो । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा ९ वटा विभिन्न विषयगत निकायका प्रतिनिधिहरु जबाफदेहि बक्ताका रुपमा सहभागि भएका थिए । उपस्थित सहभागिहरुले राखेका ८ भन्दा बढी सवालहरुको चित्त बुझ्दो जबाफ दिदै कार्यक्रममा सार्वजनिक सुनुवाई सम्पन्न भएको थियो ।

सार्वजनिक सुनुवाईमा अतिरित्त हुलाक कार्यालयको लागि टेबुलको आवश्यकता भएकाले ब्यवस्थापन गर्न गाविसलाई अनुरोध गरिएको थियो । जेष्ठ नागरिकहरुको लागि एउटा वृद्धाआश्रम बनाउनका लागि गाविसले पहल चाल्नुपर्ने ? गाविसको ५ नम्वरमा सञ्चालन खानेपानी आयोजनामा घोटला किन ? स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको दरबन्दी काटिनु कस्को कमजोरी हो ? पुल होलर जग्गा मासिदा क्षतिपुती किन नदिएको ? सुत्केरी महिलाहरुलाई भत्ता दिन ढिलाई लगायतका बारेमा सवालहरु उठेको थियो ।

यसरी उठेका सवालहरुमध्ये समाधान भएका विषयहरुमध्ये ६ वटा प्रतिवद्धता गरिएकोमा ६ महिना पछि अनुगमन गर्दा गाविसको चौेमासिक आय व्ययको सार्वजनिक गर्ने र चौमासिक अवधिमा वितरण गरिएको सामाजिक सुरक्षा भत्ता वितरणको सम्पुर्ण विवरण गाविसको सुचना पार्टीमा टाँस गरि सार्वजनिक गर्ने प्रतिवद्धता कार्यान्वय भएको पाईयो । गाविसमा कार्यरत गैरसरकारी निकायबाट कार्य संचालन पुर्व गाविसको अनिवार्य स्वीकृत लिई दोहोरोपना नआउने गरि कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धतामा केही गैरसरकारी संस्थाहरु सम्र्पकमा नआएर काम गरेको भएपनि धेरै एनजिओहरुले गाविससंग सहकार्य गरेर काम गरेको पाईयो । त्यस्ता एनजिओलाई कडा निगरानीमा राखेको गाविस सचिव दिलिप ढकालले बताए । सार्वजनिक सुनुवाई लगायतका सार्वजनिक कार्यक्रममा दलित, महिला, जनजाति लगायतका लक्षित वर्गको व्यापक जनसहभागीताका लागि व्यापक प्रचार प्रसार गर्नका लागि पहल गर्ने प्रतिवद्धतामा महिला, दलित, बालबालिकाहरु सञ्जाल पुन गर्ठन गई सक्रिय सहभागीता बढेको, वराह गाविस वडा नं ५ मा संचालन गरिएको क्रमागत भई फर फारक भई सक्दा पनि योजनाको अवस्था लथालिगं भई लक्षित वर्गले लाभ पाउन नसकेको जनगुनाँसो आएकोले सम्वन्धित उपभोक्ता समितिसंग वुँझी सुधार गर्नका निमित्त पहल गर्ने प्रतिवद्धताबारे जिविससंग यसबारे पहल गरेको भएपनि सुनुवाई नभएको र यसबारे उपभोक्ता समितिले खासै बास्था नगरेको गाविसले जनाएको छ । आफुले काम पूर्ण गरेकाले श्रामदान नगरेकाले पाईपहरु नगाडीएको उपभोक्ता समितिले जनाएको छ । वराह स्वास्थ्य चौकीबाट प्रदान गरिने स्वास्थ्य सेवाहरु सवै प्रकारका चौविसै घन्टा निरन्तर संचालन गर्नका निमित्त व्यवस्थापन गर्नका लागि आवश्यक पहल गर्ने प्रतिवद्धतामा आवासिय रुपमा बस्ने भएकाले जुनसुकै अवस्थामा पनि उपचार सेवा दिएको पाईयो । वराह गाविस ६ र ४ को विचमा हेल्भेटासको सहयोगमा निर्मित झोलुगें पुल वरिपरिको वाटो मर्मत नहदाँ वालीनाली नष्ट हुने समस्या साथै मर्मत सम्भारका लागि आवश्यक कोष स्थापनाका लागि सम्वन्धित निकायमा पहल गर्ने प्रतिवद्धतामा मर्मत सम्भारका लागि कोष स्थापना नभएपनि वाली नाली नष्ट हुने किसानलाई पुल हेरालुको काम दिने सहमती गरी प्रतिवद्धता कार्यान्वयन गर्न पहल भएको नतिजा प्राप्त भएको छ ।

यसरी जिल्लामा दोश्रो चौमासिक अवधिमा गरिएका सार्वजनिक सुनुवाई कार्यक्रम संचालनका क्रममा सार्वजनिक सुनुवाई कार्यविधि, २०६७ को दफा ५ को उपदफा ५.१ अनुसार गरिएका प्रतिवद्धताहरु र त्यस विषयमा भएका सुधरात्मक प्रयासहरुको समिक्षा अनिवार्य रुपमा गरी तेश्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम संचालन भए नभएको र कार्यविधिको उपदफा ५.२ अनुसार नगरपालिका र गाविसले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत वितरित सामाजिक सुरक्षा भत्ता बापतको रकम तथा व्यक्तिहरुको नामनामेसी सहितको सुची प्रकाशन गरे नगरेको कुरा सुशासन अभियानकर्ताहरुको परिचालन मार्फत निगरानी गरिने नै छ भने नगरिएको पाईएका कडा खबरदारी समेत गरिनेछ साथै बाँकि गाविसहरुको अनुगमनको नतिजा नियमित रुपमा हामी प्रकासन गरिरहने छौ । धन्यबाद ।।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*