जनताका सुझाव संविधानमा समावेश गर्ने सभासदको प्रतिवद्धता

६ असार, दैलेख । संविधानको पहिलो मस्यौदामा दैलेखि जनताले दिएका सुझाबहरु सम्वोधन गरिने सुझाब संकलन गर्न आएका सभासदहरुले बताएका छन् ।
संविधानको पहिलो मस्यौदा माथी सुझाब संकलन गर्न कार्यक्रममा दैलेखि जनताले नेपाली नजताको सिर उचो बनाउने खालको संविधान बनाउन सुझाब दिदै संविधान दैलेखबाट लिएका सुझब सहितको नया संविधान ल्याउन सभासदहरुलाई आग्रह गरेका थिए । नयाँ संविधानमा संधिय राज्यको राजधानी दैलेख राख्नुपर्ने, गाउपालिका, नगरपालीका लगाएतका सबै जनप्रतिनिधिको योग्यता उल्लेख गरिनुपर्ने, नेपालको भुमि उल्लेख गरिनुपर्ने गलगाएतका सुझाब दिएका थिए । दुई दिन सम्म सञ्चालित सुझब संकलन कार्यक्रममा सुझब दिने अधिकांस सहभागीले गाउपालिका र नगरपालीकाका वाड अध्यक्षको प्रतक्ष्य निर्वाचित हुनु पर्ने भन्दै तिन प्रतिसत थ्रेस होल्डको ब्यवस्था राखिनुपर्ने सुझब दिएका थिए ।
सुझाब संकलन पछि आयोजीत पत्रकार सम्मेलनमा सभासद अमरबहादुर थापाले अब आउने संविधान सहमतीको दस्तावेज भएकाले सबैका माग सम्बोधन हुने बताए । मस्यौदामा अधिकांस सुझबहरु पुरानै आए पनि केहि नयाँ सुझब आएको सभासद थापाले बताए । संविधानमा लोकतन्त्र सब्द राख्दा धर्म निरपेक्षेता हटाउन नसकिने भन्दै लोकतन्त्रमा सबैले आफ्नो धर्म मान्न पाउने अधिकार भएको बताए । सभासद प्रेम सुवालले देशको रक्ष संविधानले गर्ने भन्दै संविधनमा देशको सिमांकन र नक्सांकन प्रष्ट उल्लेख गरिनुपर्ने बताए । दैलेखी जनताले देशको रक्षाका लागि विदेशी हस्तक्षेपका विरिद्ध आवज उठाउनु पर्नेमा जोडदिदै उच्चमाध्यामिक सम्मको शिक्षा निशुल्क र तराई, पहाड, हिमाल सहितको संघिय राज्य बनाउनु पर्ने बताए ।
सभादल लक्ष्मि पोखरेलले दुल्लुमा आयोजीत सुझब संकलन कार्यक्रमका अधिकांस सहभागीहरुले गुठी सम्बन्धि सवाल उठाएकाले त्यसको सम्बोधन संविधानमा समावेश गरेर गरिने जानकारी दिए । समयअनुकुल नभएकाले गाउँगाउँम आफै पुग्न नसकिए पनि जनताका सवाल आएको बताए । त्यस्तै अर्का सभासद ललिता रेग्मीले दैलेखी जनताले महत्वपूर्ण सुझावहरु दिएको भन्दै तिनको अर्थपूर्ण समावेश गर्न लागि पर्ने बताइएन् । अहिलेको संविधानमा कसैले पनि आफ्नो हठ नराखेकाले सबैको सहमतीमा बन्न लागि रहेको भन्दै देशलाई नयाँ उचाइमा पुगाउन यसको ठूलो महत्व रहेको बताइन् । निर्वाचन क्षेत्र नं १ को सदरमुकाम र क्षेत्र नं २ को दुल्लु स्थित द्रोणाचल क्याम्पसमा सुझाव संकलन गरिएको थियो । दुवै ठाउँमा भएका सुझब संकलन कार्यक्रम सौहार्द पूर्ण सकिएका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*