सार्वजनिक सुनुवाई कार्यक्रमका साझा प्रतिवद्धताको कार्यान्वयनको अवस्था सम्बन्धि समिक्षा

१.नौमुले ः
२०७१ माघ ९ गते नौमूले गा.वि.स. सम्पन्न दोश्रो चौमासिकको अवधिभर भए गरेका क्रियाकलाप तथा सेवा सुविधाको प्रभावकारीताको विषयमा ८९ जना सहभागि र स्थानिय सरोकारवालाहरु जवाफदेहि वक्ताको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो । विकास गतिविधि र विषयगत निकायहरुले प्रभाव गरेका सेवा तथा सुविधाको बारे स्थानिय नागरिकहरुमा के कस्तो प्रभाव परिरहेको छ र सेवा सुविधा प्रतिको उनिहरुको गुनासो के छ भन्ने मूल विषय वस्ुतमा केन्द्रीत उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा धेरै गुनासाहरुको संवोधन जवाफदेहि वक्ताहरु बाट कार्यक्रम स्थलमै भएको थियो भने केही असन्तुष्टिहरुमाथि साझा रुपमा प्रतिवद्धता गर्ने क्रममा ५ वुँदामा साझा प्रतिवद्धता घोषणा गरिएको थियो भने उपस्थित सहभागि बाटै स्वस्फूर्त रुपमा ३ सदस्यीय प्रतिवद्धता पालना अनुगमन समिति पनि गठन गरी गरिएका प्रतिवद्धताहरुलाई कार्यान्वयन गरे नगरेको नागरिक खबरदारी पनि भएको थियो ।

५ वटा वुँदामा गरिएको प्रतिवद्धतामा ३ वटा पूर्ण रुपमा कार्यान्वयन भएका एक आंसिक र एक कार्यान्वयन नै नभएको अवस्थामा अनुगमनको क्रममा भेटिएको छ । नौमूले गा.वि.स.मा संचालन हुने हरेक विकास निर्माणका योजनाहरु संचालन हुँदा अनिवार्य रुपमा उपभोक्ता समिति गठन गरी लगत स्टीमेट अनुसार सम्झौता गरेर मात्र योजना कार्यान्वयन गर्ने भनि गरिएको पहिलो प्रतिवद्धतालाई पालना गरिएको प्रमाणको आधार सम्पूर्ण संचालित योजनाहरु नागरिकको उपस्थितिमा उपभोक्ता समिति गठन गरी प्राविधिकको लगत स्टीमेटद्धारा नै गा.वि.स. लाई अनुगमन अध्ययन गर्दा नौमूले प्राथमिक स्वास्थ्य केन्द्रद्धारा प्रवाह गरिने सेवा प्रभावकारी नभएको एम.वि.बि.एस डक्टरको दरबन्दी भएतापनि डक्टरको नियमित उपस्थिति कम हुनेले सेवाग्राहरु मर्कामा परेको गुनासोलाई सम्बोधन गर्नका लागि प्रतिवद्धता गरिएको थियो भने हाल डक्टरको प्राथमिक उपचार केन्द्रमै बस्ने गरेकोले पूर्ण रुपमा गुनासो संम्बोधन भएको छ भने स्रोत परिचालन कार्य विधि अनुसार लक्षित वर्ग बजेट पूर्ण रुपमा कार्यान्वयनका लागि वस्ती स्तरबाट योजना छनौट प्रक्रियाका लागि प्रस्ताव फारम भर्न लगाई महिला, बालवालिका, दलित लगायतका योजना संचालनमा रहेका र केही आगामी आ.व. का लागि २३ औं गाऊँ परिषदबाट पास भएका छन् । त्यसैगरी आंसिक कार्यान्वयनन भएको मध्ये विद्यालयमा शिक्षकको अभाव र स्रोतको पनि अभाव भएकोले पठन पाठन प्रभावित हुँदा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुको टोली जिल्ला शिक्षा कार्यालयमा आवश्यक पहलका लागि डेलीगेसन आएको र समस्या समाधानका लागि शिक्षक दरबन्दी प्रक्रियामा रहेको छ भने कार्यान्वयन हुन नसकेको नेपाल जलवायू परिवर्तन सहयोग कार्यक्रम द्धारा संचालित सिलार्य–कटाई तालिमको अवधिमा समुदायमा दिनुपर्ने रकम नदिएको र रकम असुलीका लागि सम्बन्धित निकायलाई पत्राचार गर्दा समेत सुनुवाई नभएकोले पूर्ण रुपमा कार्यान्वयन नभएको अनुगमनका क्रममा भेटिएको छ । आगामी सार्वजनिक सुनुवाई द्धारा र सर्वपक्षिय सरोकारवालाद्धारा पहल गर्नुपर्ने देखिन्छ ।
२. सल्लेरी ः
सुशासन ऐन, २०६४ र नियमावली २०६५ मा स्थानिय निकायले सुशासन प्रवद्र्धन र संस्थागत गर्नका लागि १ आर्थिक वर्षमा ३ वटा चौमासिक अवधिमा कम्तिमा २ पटक अनिवार्य सार्वजनिक सुनुवाई गर्नुपर्ने उल्लेख गरिएको छ भने सार्वजनिक सुनुवाई लाई थप प्रभावकारी बनाउनका लागि सार्वजनिक सुनुवाई कार्यविधि २०६८ पनि जारी गरिएको छ । सोही अनुसार दैलेख जिल्लामा दोश्रो चौमासिक अवधिभर ४० गा.वि.स. जि.वि.स. र नारायण नगरपालिकाले विधिपूर्वक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सो सुनुवाइमा नागरिकबाट प्रश्नस्वरुप आएका गुनासालाई प्रतिवद्धतामा परिणत गरी कार्यान्वयन गर्नका लागि सम्पूर्ण जिम्मेवार निकायलाई प्रतिवद्ध गरिएको थियो । यसै सिलशिलामा २०७१ फागुन १३ गते सल्लेरी गा.वि.स. मा सम्पन्न सार्वजनिक सुनुवाईमा १३७ जना सहभागि र सम्पूर्ण सरोकारवालाहरु जवाफ दिने व्यक्ति को उपस्थितिमा ५ वुँदे साझा प्रतिवद्धता गरिएको थियो ।

पूर्ण रुपमा कार्यान्वयन भएका ३ आंसिक १ र कार्यान्वयन नभएको १ गरी ५ वटा प्रतिवद्धताको हालै सुशासन अभियानकर्ता द्धारा अनुगमन गरी प्रतिवद्धताको अवस्था सार्वजनिक गरिएको छ । पूर्ण रुपमा पालना भएका गा.वि.स. द्धारा प्रदान गरिने सामाजिक सुरक्षा भत्ता वितरण विवरण गा.वि.स. टाँस गर्ने छौ भनि गरिए अनुसार गा.वि.स. मा हाल दोश्रो चौमासिकमा वितरण गरेको विवरण टाँस गरिएको पाइएको छ । त्यसैगरी अघिल्लो आ.व.मा सम्पन्न लोहोरे नौमूले देखि सल्लेरी गा.वि.स. भवन सम्मको मोटर बाटो निर्माण गर्दा उपभोक्ता समिति गठन नगरी प्राविधिक इस्टीमेट बिना सम्पन्न गरेकोले आउँदा दिनमा सर्वसाधारणलाई भेला गराई भेलाद्धारा उपभोक्ता समिति गठन गने, प्राविधिक इस्टीमेटको आधारमा योजना संचालन गर्ने भनि गरीएको प्रतिवद्धता पनि कार्यान्वयन भएको छ । यस्तै लक्षितवर्ग बजेट रकमान्तर भै लक्षित वर्गलाई उपेक्षा गरिने गरेकोले आगामी परिषदमा लक्षित वर्ग बजेट उनीहरुकै सहभागितामा बिनियोजन र खर्च गर्नेर्छौ भनी प्रतिवद्धता गरे अनुसार २३ औं गाऊँ परिषदबाट लक्षित वर्गका प्रस्ताव फारम भरेर ल्याएका १९ वटा योजना पास भै कार्यान्वयन भएका छन् । आंसिक रुपमा कार्यान्वयन भएको शिव मा.वि. सल्लेरीमा खानेपानी अभावलाई समाधान गर्नका लािग परिषदमा योजना पेस भएको र गत आ.व. ०६९।०७० मा मानव संसाधन केन्द्रले कार्यान्वयन को जिम्मा पाएको जिल्ला शिक्षा कार्यालयको राष्ट्रिय साक्षरता कार्यक्रममा आए पनि पछिल्ला दिनमा पिडित सम्पर्कमा नआएपछि सो को अवस्था थाहा नभएको अनुगमनले देखाएको छ । सल्लेरी गा.वि.स. द्धारा ध्यान जान अझै आवश्यक रहेको छ ।
३. कालिका ः
२०७१ फगुन २६ गते कालिका माद्यामिक विद्यालयको प्राङ्गणमा ९१ जना सहभागि र विभिन्न सरोकारवाला जवाफदेहि व्यक्तिको उपस्थितिमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले उठाएका विभिन्न सवालहरु लाई जवाफदेहि वक्ताले जवाफ दिने क्रममा टुंगोमा पुग्न नसकेका महत्वपूर्ण विषय वस्तुहरु माथि ५ वुँदे साझा प्रतिवद्धता गरिएको थियो । गरिएका प्रतिवद्धताको कार्यान्वयनका लागि नागरिक निगरानीका लागि सुनुवाई कार्यक्रमका सहभागि बिचबाटै ३ सदस्यिय प्रतिवद्धता पालना अनुगमन समिति पनि गठन गरिएको थियो र हालै सुशासन अभियान कर्ताहरुद्धारा गरिएको अनुगमनका क्रममा प्रतिवद्धता कार्यान्वयनको अवस्था अवलोकन तथा अध्ययन गरी सार्वजनिक गरिएको छ ।

लक्षित वर्गले उठाएका ४ वटा सवालहरु र अन्य सहभागिले उठाएका विभनिन्न सवालहरुलाई सम्बोधन गर्ने क्रममा गरिएका प्रतिवद्धतामा पूर्ण रुपमा २ वटा प्रतिवद्धता कार्यान्वयन भएका छन भने २ वटा आंसिक बाँकी एउटा कार्यान्वयन हुन नसकेको अवस्थामा रहेको छ । स्रोत परिचालन कार्यविधि अनुसार लक्षित वर्गका लागि विनियोजन गरिने बजेट लक्षित वर्गकै आवश्यकताको आधारमा वस्ती तथा वडा भेलाद्धारा सिफारिस गरी परिषदद्धारा पास गराई कार्यान्वयनमा सहयोग गर्ने छौ भन्ने प्रतिवद्धता कार्यान्वयन भएको छ । २३ औं गाऊँ परिषदमा लक्षित वर्गका १९ वटा योजना पास भई कार्यान्वयन मा छ भने कालिका गा.वि.स. मा संचिलित सम्पूर्ण योजनाहरुको सार्वजनिक परिक्षण गरी उपभोक्ताहरुलाई योजना प्रति उत्तरदायी बनाउने र योजनाको दिगोपना बढाउन सर्वपक्षिय रुपमा सहयोग र समन्वय गर्ने छौ भन्ने प्रतिवद्धतामा हाल संचालित र सम्पन्न योजनाहरुको सार्वजनिक परिक्षण गरी प्रतिवद्धता पूर्ण रुपमा कार्यान्वयन भएको छ । यसै गरी गा.वि.स. कार्यालयबाट प्रभाव गरिने सेवा तथ सुविधिलाई छिटो छरितो र सरल पार्नका लागि गा.वि.स. सचिवको नियमित उपस्थिति गराउने र गा.वि.स. मै कार्यालय व्यवस्थापन गर्ने सन्दर्भमा गरिएको प्रतिवद्धतामा गा.वि.स. सचिवले दुई वटा गा.वि.स. को कार्यभार बहन गर्नुपर्नेै भएका कारण भनेजति समय एउटै गा.वि.स. मा दिन नसकेतापनि बेला–बेलामा जाने गरेकोले र सेवा प्रवाह गरिरहेको अवस्था देखिएको छ । साथै सामाजिक भत्ता विवरण सार्वजनिक गर्ने र भत्ता प्राप्त गर्न नसकेका अशक्त बृद्ध–बृद्धा हरुलाई घरमै पुगी वितरण गर्ने भनि गरिएका प्रतिवद्धताको पनि आंसिक कार्यान्वयन भएको कारण सम्बन्धित व्यक्ति गा.वि.स. मा नभएकोले बुझाउन नसकिएको अध्यावधिक गरी तेश्रो चौमासिकमा नामनमिसी टाँस गर्ने तयारी भएको छ भने स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम (एल.जि.सि.डि.पि.) अन्र्तगत नागरिक सचेतना केन्द्रमा संचालन गरेको पूर्वाधार तर्फको गत आ.व. को योजना मध्ये कालिका वडा नं. ४ स्थित बांगे खोलामा निर्माण गरिएको पुलको प्राविधिक जाँचपास गर्दा १०% अतिरिक्त रकम तिर्नुपरेकोमा उपभोक्ता समितिबाट अतिरिक्त रकम तिर्नु परेको भन्ने कुरा आएपछि प्रतिवद्धताको पूर्ण उल्लंघन भएको अनुगमनमा फेला परेको छ ।
४. द्धारी ः
भौगोलिक बनावटका आधारमा दैलेख जिल्लाको पूर्वमा पर्ने विकट गा.वि.स. मध्ये एक द्धारी गा.वि.स. मा पनि दोश्रो चौमासिक अवधिमा २०७१ फागुन २७ गते १२१ जना स्थानिय नागरिकको वृहत सहभागिता रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा गा.वि.स. संग आवद्ध विभिन्न सरोकारवालाहरु जवाफदेहि व्यक्तिको पनि उपस्थिति रहेको थियो । लक्षित वर्गका ९ वटा प्रश्नको जवाफदेहि वक्ताले उत्तर दिएका थिए । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा व्यापक सहभागितामा जुटाउनका लागि कार्यविधिमा उल्लेख गरिए अनुसार करिब एक हप्ता अगाडी देखि नै पत्राचार र प्रचार–प्रसार गरिएको थियो । नागरिकले सेवा प्रदायक र अन्य सरोकारवाला संग विभिन्न विषयमा जिज्ञासा र सवाल राखेका थिए भने चित्त नबुझेका र कार्यान्वयन गर्नुपर्ने महत्वपूर्ण विषयमा ५ वुँदामा साझा प्रतिवद्धता समेत गरिएको थियो ।

सामाजिक जवाफदेहितालाई संस्थागत र प्रर्वद्धन गर्नका लािग जवाफदेहिता को औजार मध्ये महत्वपूर्ण औजार मानिने पालना अनुगमन विधिद्धारा सुशासन अभियानकर्ताहरुले अनुगमन गरी प्रतिवद्धताको अवस्था सार्वजनिक गरिएको छ । एउटा पूर्ण रुपमा कार्यान्वयन भएको छ भने ३ वटा आंसिक १ को कार्यान्वयन नभएको अवस्था छ । लक्षित बजेट लक्षित वर्गको लागि विनियोजन हुनुपर्ने र उनीहरुकै मागको आधारमा खर्च तथा कार्यान्वयन हुनुपर्ने भनी गरेको प्रतिवद्धतालाई वस्ती स्तर बाटै योजनाको प्रस्ताव माग गरी १४ वटा योजना पास भै कार्यान्वयन भैरहेकोले पूर्ण रुपमा प्रतिवद्धता पालनाको अवस्थामा छ भने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने मध्येका बालपोषण भत्ता पाउन केही वालक छुटेकोले छुट पोषण भत्ता यथासिघ्र वितरण गर्ने प्रतिवद्धता कार्यान्वयनका लागि गा.वि.स. कर्मचारी सम्बन्धित व्यक्तिको घर पुग्दा नभेटिएकोले आंसिक कार्यान्वयनको अवस्था त्यसैगरी द्धारी गा.वि.स. का १, ३, ५, ८ र ९ वडा मा संचरको पहुँच सुन्य प्रायः भएकोले संचार विकासका लागि पहल गर्ने भनीएकोमा निजि कम्पनी ल्अभिि संग समन्वय गरी टावर निर्माणका लागि समन्वय भैरहेको छ । द्धारी हाइड्रो कम्पनिले जमिनको उचित मुआब्जा नदिनु, स्थानियलाई रोजगारी समस्या समाधानका लागि समन्वय भैरहेको छ ।द्धारी हाइड्रो कम्पनि र स्थानिय बिच दुइ पक्षिय बैठकबसी निर्माणमा अवरोध नगर्ने र उचित मुआदजा र रोजगारीका लागि अवसर दिने प्रक्रिया अगाडि बढीरहेको र गा.वि.स. द्धारा अनुदान प्राप्त योजनाबाट अतिरिक्त रकम दिनुपर्ने अनुगमनमा पाइएको छ। यसको न्युनिकरणका लागि सम्बन्धित निकायले छानविन आवश्यक कारवाही अगाडी बढाउन जरुरी देखिन्छ ।

५. वालुवाटार ः
दोस्रो चौमासिकमा गा.वि.स. लगायत अनय विषयगत कार्यालयको सेवा प्रवाहको गुणस्तरियता र विकास निर्माणको अवस्था सम्बन्धि जवाफदेहि व्यक्ति र स्थानिय नागरिकका बिचमा हाकाहाकी बहस भएको सार्वजनिक सुनुवाई कार्यक्रम २०७१ फागुन २८ गते वालुवाटार गा.वि.स. मा ७० जनाको उपस्थितिमा सम्पन्न भएको थियो ।

नागरिकका प्रश्नहरुको चित्र बुझ्दो जवाफ दिनुपर्ने र सम्बन्धित विषय वस्तुले माग गरे अनुसार कार्यान्वयका लागि तत्काल पहल गर्नुपर्ने भएका कारण वुँदागत रुपमा यस गा.वि.स. का समस्या समाधानका लागि ५ वुँदे साझा प्रतिवद्धता गरिएको थियो । ४ वटा प्रतिवद्धता पूर्ण रुपमा कार्यान्वयन भएका छन भने एउटा कार्यान्वयन हुन सकेको छैन् । वालुवाटार गा.वि.स. मा पूर्व गा.वि.स. सचिवले कृषि वन तथा वातावरण समितिको ४ लाख रकमको हिसाब–किताब नगरी अन्य गा.वि.स. मा सरुवा भएर गएको र उक्त रकम हालसम्म फिर्ता तथा प्रष्ट आय–व्यय नदिएकोले तत्काल अशुल उपर गर्ने र आय–व्यय मागि सार्वजनिक गर्ने भनि गरिएको प्रतिवद्धताको अवस्था बारे अध्ययन गर्ने क्रममा स्थानिय विकास अधिकारीले त्यस बारे छानविन गरीरहेको भनिएपनि पूर्ण कार्यान्वयन नभएकोले पालना नभएको देखिएको छ ।सामाजिक सुरक्षा भत्ताको नामावली अध्यावधिक गरी टाँस गर्ने लक्षित वर्ग विनियोजित रकम लक्षित वर्ग मै खर्च गर्ने, योजनाहरुको अनिवार्य सार्वजनिक परिक्षण गर्नुपर्ने जस्ता विषयमा गरिएका अरु प्रतिवद्धता भने पूर्ण रुपमा कार्यान्वयन भएको अनुगमनमा देखिएको छ ।

६. विन्ध्यावासिनी ः
२०७१ फागुन ३० गते विन्ध्यावासिनी गा.वि.स. भवनमा ९६ जना सहभागि र सरोकारवालाहरुको उपस्थितिमा दोश्रो चौमासिक अवधिमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा ६ वुँदामा प्रतिवद्धता गरिएको र हाल प्रतिवद्धता अनुगमनको क्रममा४ वटा पूर्ण कार्यान्वयन र २ वटा कार्यान्वय नभएको पाइएको छ । कार्यान्वयन हुन नसकेका प्रतिवद्धताहरु मध्ये विन्ध्यावासिनी वडा नं. ४ त्रिपानी प्रा.वि. ३ कोठे भवन निर्माण गरिबि निवारण कोष मार्फत संचालन तथाजनसेवा सामुदायिक संस्थाको सहकार्यमा ४ लाख ७५ हजार को आय–व्यय संकास्पद भएकोले हरहिसाब सार्वजनिक गरिनुपर्ने प्रतिवद्धतामा भनिए पनि सम्बन्धित सरोकारवालाले बेवास्ता तथा अटेर गरेकोले समस्या जस्ताको तस्तै रहेको छ । पूर्ण रुपमा कार्यानवयन भएका प्रतिवद्धताहरुमा, सामाजिक सुरक्षा भत्ताको विवरण सार्वजनिक, स्थानिय स्तरमा गठन समुह संजालहरु सामाजिक सरोकारमा एकमत सक्रिय हुने, रैनादेवि मा.वि. लगायतका विद्यालयमा शिक्षक उपस्थिति न्यून र आमा समुहको बैठकमा महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति जस्ता विषयमा भएको प्रतिवद्धता पूर्ण पालना भएको छ भने लक्षित योजनाहरु एकमान्तर हुने समस्या यथावत नै देखिन्छ ।

७. चौराठा ः
२०७१ फागुन १४ गते १०९ जना सहभागि र चौराठा गा.वि.स. मा क्रियाशिल अन्य सरोकारवालाहरु जवाफ दिने निकायको उपथ्तििमा सम्मपन्न सार्वजनिक सुनुवाईमा समग्र गा.वि.स. को सेवा प्रवाहको अवस्था, विकासको गुणस्तरियता र अन्य निकायको सेवा प्रवाहको बारेमा नागरिकको तहबाट सोधिएका प्रश्नहरुको उत्तर दिने क्रममा कार्यान्वयन नै गर्नुपर्ने ६ वटा वुँदामा साझा सहमति भएको थियो ।

कार्यान्वयन भएका ३ वटा, आंसिक २ वटा र एक कार्यान्वयन नभएको अवस्था अनुगमनका क्रममा भेटिएको छ । कार्यान्वयन हुन नसकेको प्रतिवद्धता मध्ये चौराठा उपस्वास्थ्य चौकीबाट सुत्केरी प्रोत्साहन भत्ता केही महिलाले विगत २ वर्ष देखि नपाएको गुनासो आएपछि तत्काल स्वास्थ्य चौकी लगायत सम्पूर्ण सरोकारवालाको पहलमा उपलब्ध गराउने प्रतिवद्धता गरिएको थियो तर हाल सम्म पनि सो प्रोत्साहन भत्ता वितरण नगरिएकोले प्रतिवद्धता कागजमा मात्रै सिमित देखिन्छ । आंसिक कार्यान्वयन भएको अरनिको मा.वि.स गिरखानीको विग विल्डिङ्ग सम्झौता गरे अनुसार निर्माण सम्पन्न नभएकोले र हाल सम्पन्न गर्ने तयारीमा र सामाजिक सुरक्षा भत्ता विवरण सार्वजनिक गर्ने भनिएकोले नामावली मात्र टाँस गरिएको र आय–व्यय विवरण तेश्रो चौमासिक अवधिमा टाँस गर्ने भनिएकोले आंसिक रुपमा भएपनि पालना भएको देखिन्छ भने पूर्ण रुपमा कार्यान्वयन भएका प्रतिवद्धताहरु लक्षित रकम रकमान्तर नगर्ने, लक्षित वर्गबाट योजना माग भै आएमा कार्यान्वयन गर्ने भनि गरिएको प्रतिवद्धता, मा वस्ती स्तरबाट लक्षित वर्गले १२ वटा प्रस्ताव फारम भरी ल्याउका योजना पास भएर कार्यान्वयन भैरहेका, स्वास्थ्य चौकीमा कर्मचारी नियमित उपस्थिति हुने गरेको र चौराठा ९ स्थित दलित वस्तीमा निर्माणाधिन नागरिक सचेतना केन्द्र भवन १ महिना भित्रै सम्पन्न गरी हस्तान्तरण गरिएकोले पूर्ण रुपमा ३ वटा प्रतिवद्धता कार्यान्वयन भएको अवस्था अनुगमनले देखाएको छ ।
८. सिगौडी
२०७१ पौष १० गते सिगौडी गाविस स्थित सरस्वती उच्च माध्यामिक विद्यालयको प्रा¨णमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा १०१ जनाको सहभागीता र विपन्न सरोकारवालाहरु जवाफदेहि व्यक्तिहरको उस्थितिमा हाकाहाकी वहस भई सम्पन्न् भएको थियो । सेवा प्रदायक निकाय द्धारा प्रदान गरिने सेवाको र विकास निमार्णको गुणस्तर र प्रभावकारीता का वारेमा गाविस लगायत अन्य विषयसंग सम्वन्धित विषयवस्तु वारे केन्द्रीत रहेर ८ जना नगरिकले ७ वटा प्रश्न गरेका थिए भने लक्षित वर्ग सम्वन्धित विष्यवस्तु केन्द्रीत एउटा प्रश्न उठेको थियो ।
नागरिकहरुले उठाएका प्रश्न तथा गुनासाहरुलाई सम्वोधन गर्ने क्रममा जवाफदेहिव्यक्तिहरु र सम्पुर्ण नागरिक विचमा समस्या समाधानका लागी ५ वुदे साझा प्रतिवद्धता घोषणा गरिएको थियो ।

नागरिकको हितमा सेवा प्रदान गर्ने सम्पुर्ण निकायहरले गरेको साझा प्रतिवद्धता मध्य ३ वटा पुर्ण रुपमा कार्यान्वयन भएको र २ वटा कार्यान्वयन हुन सकेको छैन आंशिक रुपमा भने पालनाभएका छन । पालना भएका प्रतिवद्धताहरु लक्षित वर्गको विनियोजित रकम स्थानिय स्रोत परिचालन कार्यविधि २०६९ अनुसार कायाृन्वयन गर्नका लागी लक्षित वर्गलाई वस्ती स्तर वाट प्रस्तावना पेश गनृ लगाई कार्यान्वयन गर्ने भनिएकोमा हाल संचालन भै सम्पन्न हुने अवस्थाका योजनाहरु योजना छनौट प्रक्रियावाट आएका मात्रै कार्यान्वयन गरेको ले पुण रुपमा पालना भएको छ । भने गाविस वाट खर्च हुने रकम र सामाजिक सुरक्षा भत्ता खर्च वितरण आय व्यय विवरण सवैले जानकारी पाउने गरी चौमासिक रुपमा गाविसमा टास गर्ने प्रतिवद्धता स्वरुप प्रत्येक चौमासिकको आय व्याय सुचना पाटीमा टास गरिएको पाइएकाले पुर्ण रुपमा कार्यान्वयन भएको त्यसैगरी सिगौडी गाविसको कार्यालयद्धारा प्रदान गरिने सेवा सुविधा नागरिक वडापत्रमा उल्लेख गरिए अनुसार पुर्ण रुपमा प्रभावकारी सरल र सहज रुपले प्रदान पर्ने भनिएकोमा प्रदान गरिएको सेवावाट सेवाग्राही संन्तुष्ट रहेको पाइएकोले उल्लेखित ३ वटा प्रतिवद्धता पुर्ण कार्यान्वयन भएका छन अनुगमनका क्रममा आंशिक रुपमा कार्यानवयनभउका प्रतिवद्धताहरमा गाविसमा गठन हने विभिन्न संजाल समुह उपभोक्ता समितिहरुमा महिला सहभागीता गर्ने वृद्धि गर्ने गरि गरिउको साझा प्रतिवद्धता अनुसार हाल उपभोक्ता समिति गठन महिला सहभागीता वृद्धि भएको छ । गाविसमा हने कुनैपनि विकास निमार्ण प्रक्रियामा निश्चित पहुचवालहरुको मात्र हालीमुहाली रहने गरेकाले आउदा दिनमा सवै तहर तप्काका नागरिक लक्षित वर्गको सहभागीता वृद्धि गरेर संचालन गर्ने भनि गरिएको प्रतिवद्धता पनि प्रक्रियामा रहेको हाल समितिमा नया र युवा तथा लक्षीत वर्गका नागरिकको सहभागीतामा उपभोत्ता समिति गठन गरी कार्यान्वयन गर्ने गरेकाले आशिंक पालन भएको छ र आगामी दिनमा पुर्ण पालनाका लागी सवै सरोकारवालाहरुले यस प्रति ध्यान दिनुजरुरी छ ।
९. राकमकर्णाली
२०७१ फागुन २६ गते राकमकर्णाली गाविस भवनमा १५० जना सहभागी र विभिन्न सरोकारवाला जवाफदेहि वत्ताको उपस्थितिमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रम मा १५ जना सहभागीहरुले प्रश्न गरेका थिए जसमध्य १५ जना लक्षित वर्ग मध्य वाटै सहभागी भएका जना ४ दलित १० जना जनजाति र १ जना अन्य गरी १५ जना प्रश्न कर्ताहरुवाट आएका प्रश्नको जवाफ दिने क्रममा ३ वुदे प्रतिवद्धता घोषणा गरिएको थियो ।
गाविसद्धारा प्रवाह गरिने सेवा तथा सुविधाको प्रधावकारी रुपले सहजै नागरिक सम्म पुग्नुपर्ने विषेश नितिको निमार्ण तथा लागु भएता पनि विभिन्न कारणले नागरिक सेवा तथा सुविधावाट अझै वन्चित भएका छन भने अझै सेवा प्रभावकारी वनाउन र सेवा प्रदायक निकायका कर्मचारीलाई नागरिकप्रति उत्तरदायी वनाउन थालीएको सार्वजनीक सुनुवाईले साझा प्रविद्धतागरी त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने प्रवधान अनुसार गरिएको पालना अनुगमन द्धारा राकमकर्णाली गाविसमा पनि जम्मा जम्माी ३ वटा प्रतिवद्धतामा २ वटा पर्ण रुपमा कार्यान्वयन पालना भएको र एउटा आंिशक भएको पाइएको छ ।
राष्ट्यि अभियानको रुपमा रहेका खुला दिशा मुक्त क्षत्र र छाउपडी प्रथा मुक्त क्षेत्र घोषणाको पुर्ण पालना तथा पुर्ण सरसफाई युक्त गाविस घोषणा गर्न प्रभावकारी कार्य गरिने छ भनि गरिएको प्रतिवद्धताको अनुगमनलाई गाविसका सवै घरधुरीमा र गाविसमा रहेका संघसंस्था हरमा सौचालय रहेकाले पुर्ण पालनाको अवस्थामा प्रतिवद्धता कार्यान्वयन भएको र राकमकर्णाली गाविस द्धारा वितरण गरिने सामाजिक सुरक्षा भत्ता र सेवा सुविधा को प्रभावकारी वितरण प्रणाली अवलम्वन गर्नुको साथै योजना छनौट प्रक्रियामा राजनैतिक हस्तक्षेप नगर्ने लगायतका पारदर्शी विकास निमार्ण प्रक्रियामा समावेश हुने भनी गरिएको साझा प्रतिवद्धता पनि योजनाहरु प्रभावकारी , पारदर्शी र दीगो हुने गरी निमार्ण भउको पाईएको र सामाजिक सुरक्षा भत्ता वितरण नाम नामेसी समेत गाविसमा चौमासिक रुपमा टास गरिएको ले पुर्ण कार्यानवयनको अवस्थामा रहेको छ भने राष्टिय स्तरको प्रतिष्ठीत योजना मध्य गरिएको राकमकर्णाली मेघा सिटीको लागी तोकीएको जमिनको वारे विवाद कायमै रहेको र जग्गा वाला किसानहरुले उचित मुआव्जा नपाएको कारण स्थानिय स्तर देखि निल्ला स्तरका सरोकारवाला , राजनैतिक दलद्धारा सम्वन्धित निकाय समक्ष उचित मुआव्जाका लागी पहल गर्ने भनी गरिएको प्रतिवद्धता आंिशक मात्र कार्यान्वयन भएको छ । जसको पुर्ण कायान्वयनका लागी सरोकारवाला संग छलफल र प्रक्रिया अगाडी वढाईएको छ सहभागी उपस्थितिको अवस्थालाई हेर्दा सेवा प्रदायक निकायको कमी कमजोरी वाहरि ल्याई समाधानका साझा प्रतिवद्धता गराउन सहज हुने अनुमान अनुगमनका क्रममा देखिएता पनि सहभागीद्धारा विषय वस्तु उठान गर्ने र सहजकर्ताले अझै सहजीकरण गर्ने क्रममा ध्यानदिनु जरुरी देखिन्छ ।
१०. सिहासैन
२०७१ पौष २६ गते सीहासैन गाविसमा ७० जना सहभागीको उपस्थिति विभिन्न सरोकारवाला निकाय प्रमुख तथा प्रतिनिधि जवाफदेहि वत्ताको रुपमा रहि सम्पन्न सार्वजनीक सुनुवाई कार्यक्रममा लषित वर्गले जम्म १२ वटा प्रश्नहरु सोधेका र अन्य प्रश्नको चित्त वुझ्दो जवाफ जवाफदेहि वत्ताले दिएता पनि पुर्ण रुपमा जवाफदेहि हुनका लागी ५ वुदे साझा प्रतिवद्धता घोषणा गरिएको थियो । यहि मिति २०७२ असार महिनामा गरिएको प्रतिवद्धताको कार्यान्वयनको अवस्था अनुगमन गर्ने क्रममा ३ वटा पुर्ण रुपमा कार्यान्वयन भएको र २ वटा आशिंक कार्यान्वयनको अवस्थामा भेटिएको छ । कार्यान्वयन भएका प्रतिवद्धताहरुलाई विश्लेषण गर्दा गाविस द्धारा वितरण गरिने सामाजिक सुरक्षा भत्तालाई पारदर्शी र प्रभावकारी वनाउनका लागी भत्ता प्राप्त गर्नेको नामावली अध्यावधिक सहित प्रत्येक चौमासिकमा गाविस लगायत सार्वजनिक स्थानमा टास गर्ने भनी गरिएको प्रतिवद्धताको नामावली टास गरि पुर्ण भउको भेटीएको गाविसमा जाने विभिन्न दाता निकाय अनुदान कार्यक्रम रकम र कार्यक्रममा सवै सरोकारवाला पक्ष संगसमन्वय गरी सेवाग्राही सवैले जानकारी पाउने प्रतिवद्धता को पनि पुर्ण कार्यान्वयन भउको पुष्टी वस्ती स्तरवाटै प्रस्तावना लीने र वस्ती स्तरवाटै योजना छनौटको प्रक्रियाको प्रक्रियामा सवैको सहभागीता गराई भएको छ भने लक्षित वर्गको रकम पुणृ कार्यानवयनको लागी पनि स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ अनुरुप योजना छनौट प्रक्रियामा वस्त िटोल स्तरवाट प्रस्तावना फारम सहित योजना छनौट भै स.चालन भएकोले पुर्ण रुपमा प्रतिवद्धता पालना भएको देखिन्छ त्यसैगरी आशींक कार्यान्वयन भएका मध्य स्थानिय शान्ती समितिलाई सक्रिय वनाउन ६,६ महिनामा नियमित वैठक वस्नुपर्ने , मन्त्रालय द्धारा प्राप्त रकम पारदर्शी ढगंले खर्च गर्नु पनेृ भनी गरिएको प्रतिवद्धता अनुरुप नियमित वैठक वसी छलफल भएको र गाविस स्थित सम्पुर्ण सेवा प्रदायक निकायका प्रमुख कार्यालय, सेवा केन्द्रमा नियमित उपस्थिसत हुनुपर्ने भनी गरिएको प्रतिवद्धतामा अझै कर्मचारीको उपस्थिति नियमित र सेवा प्रवाह सहज प्रदान गर्ने वातावरण सिर्जना हुन सकेको छैन । पुर्ण रुपमा सेवा प्रभावकारी र सरल वनाउन अगामी दिनमा सवैले पहल गर्नुपर्ने देखिन्छ ।
११. पिपलकोट
यसैगरी दोस्रोचौमासिक अवधिमा २०७१ पौस १२ गते पिपलकोट गाविसमा ९३ जना सहभागी र सरोकारवाला जवाफदेहि व्यत्तिको उस्थितिमा ििवभिन्न निकाय संग सम्वन्धित ८ वटा प्रश्न उठेका र लक्षित वर्ग केन्द्रीत २ वटा सवालको चित्त वुझ्दो जवाफ दिने क्रममा ५ वुदे साझा प्रतिवद्धता गरिएको थियो । गरिएका प्रतिवद्धताहरु पुरागर्ने जिम्मा लिएका जिम्मेवार निकाय र प्रतिवद्धता पालना अनुगमनसमितिको पहलमा ३ वटा प्रतिवद्धता पुर्ण कायान्वयन भएका र २ वटा आशिंक भएको अनुगमनका क्रममा पाइएको छ । प्रतिवद्धता गरे वमाजिम सम्वन्धित निकायलाई कार्यान्वयन गर्नका लागी कार्यक्रम स्थलमा नागरिक वाटै चयन भएको ३ सदस्यिय प्रतिवद्धता पालना अनुगमन समितिको सक्रियता र निकायको जिम्ेवारी पनको वोध महशुसका कारण पालना गरिएका प्रतिवद्धताको विषय यस प्रकार छ । गाविसवाट प्रदान गरिने सेवाको गुणस्तरियताका लागी गाविस स्थित सम्पुर्ण सरोकारवाला विच छलफल र योजना वनाई काम गर्ने भनी गरिएको साझा प्रतिवद्धतालाई कार्यान्वयन पक्षमा ल्याउनका लागी र योजना छनौट चरणमा नागरिकको सहभागीता वृद्धि गरी पुर्ण कार्यान्वयन भएको , गाविसमा रहेका पुर्ण असक्त अपागं नागरिकको परचय पत्र वानई वितरर्ण गर्ने भनी प्रसित प्रतिवद्धता गरिएकोमा मिति २०७२ जेठ १३ गते विशालमा भएको परिचय पत्र नितरण सिविरमा सवेले परिचय पत्र पाएकोले उक्त प्रतिवद्धताको सतप्रतिशत पालना भएको छ त्यसैगरी गाविसद्धारा विनियोजित हुने लक्षित वर्ग केन्द्रीत वजेट कार्यविधि अनुरुप कार्यान्वयन गर्नका लागी लक्षित वर्ग लाई सहजीकरण गर्ने भनिएकोमा २३ औ गाँउ परिषदका लागी वस्तीस्तर वाट योजना प्रस्ताव फारम वडा देखि सिफारिस गरी कार्यविधिले तोकेको मापदण्ड वमोजिम योवना पास कार्याज्वयन भएकाले माथि उल्लेखित प्रतिवद्धता पुणृ मार्यान्वयनको अवस्थामा देखिन्छ भने २ वटा आशिंक कार्यान्वयन भएका वुदाहरु मध्य पिपलकोट दिप मावि को २ कोठे भवन निमार्ण सम्पन्न नभएकै योजना फरफारक भएकोले सम्वन्धित उपभोत्ता समितीका जिम्मेवार व्यक्तिहरु लाई वाकी रहेको काम सम्पन्न गर्न लगाउने र तत्कालनि गाविस सचिवसंग थप जानकारी र प्रमाणका लागी पहल गर्ने भनी गरिएको प्रतिवद्धता अनुरुप उपभोत्ता समितिका अध्यक्ष हाल गाविस सचिव भन्दा वाहिर भारतमा रहेकाले पत्राचार गरिएको तर हालसम्म सम्पर्क नआएको साथै तत्कालीन गाविस सचिवलाई आवश्यक सहयोगका लागी प्रत्राचार गरिएको ले आशिंक रुपमा प्रतिवद्धता पालना अवस्थामा छ भने कृषि लक्षित रकम कृर्षककै हितका लागी परिचालन र खर्च गर्नु पर्ने कृषि क्षेत्रमाआई पर्ने समस्यालाई प्राविधिक द्धारा समाधान गरिनु पर्ने तर सेवा केन्द्रका कर्मचारी गाविसमा नआउने भएकाले सम्वन्धित जिल्ला कृषि विकास कार्यालय दैलेखमा प्रतिवद्धता पालना अनुगमन समिति लगायत स्थानिय सरोकारवाला सहित डेलीकेशनमा गई कुरा राखे पनि हाल सम्म सुनुवाई सम्वन्धिित पक्षवाट नभएकाले प्रतिवद्धता पुर्ण कार्यान्वयन हुन सकेको छैन ।
तस्रो चौमासीक अवधिभरमा भए गरेका क्रियाकलाप र सेवाको गुणस्तर वारे नगरी नहुने सार्वजनिक सुनुवाइमा पुणृ हुन नसकेका प्रतिवद्धताको पुणृ रुपमा कार्यानवयन गराउनकालागी सम्पुर्ण सरोकारवालाहरुको ध्यान केन्द्रीत हुन जरुरी देखिन्छ ।
१२. जम्वुकाध
मिति २०७१ साल फाल्गुन २७ गते जक्वुकाध गाविसमा १०९ जनाको सहभागीतामा र विभिन्न सरोकारवालाहरु जवाफदेहि वत्ताको रुपमा उपस्थिति भै सम्पन्न सार्वजनिक सुनुवाइमा नागरिकहरुले गरेको प्रश्नको संवोधन गर्ने क्रममा ४ वटा प्रतिपद्धता साझा रुपमा गरिएको थियो । उक्त प्रतिवद्धताहरुको कार्यान्वयन को अवस्थालाई अनुगमन गर्ने क्रममा २ वटा पुर्ण रुपमा कार्यान्वयन भएको र २ वटा आशिक रुपमा कार्यान्वयन भएको अवस्था छ।
वडा स्तरको योजना छनौट प्रक्रियामा टोल वस्ती स्तरवाट सम्पुर्ण तह तप्काका नागरिकहरु विना नै योजना छनौट गर्ने र पहुचको भरमा एकिकृत योजना तर्जुमा समिति द्धारा सिफारिस गर्न लगाई गाउ परिषदवाट पास गर्ने प्रचलन हावी भएकाले विशेष गरि महिला , दलित , वालवालीका ,जेष्ठ नागरिकहरको उपस्थिति विना नै योजना छनौट गर्ने प्रचलनको विरोध गर्दै गुनासो आएपछि प्रतिद्धता गरिए अनुसार आव ०७२ ।०७३ मा कायान्वयन हुने गरि २३ औ परिषदमा वस्ती टोल स्तरवाटै योजना छनौट तथा प्रस्तावना सहित वडा भेलामा योजना सिफारिस गरी गाउ परिषदमा पारिद गरिएको छ । गाविसवाट संचालन हुने विकास गतिविधिहरुमा अनियमितता हुने गरेको र पारदर्शिताको कमि भएको गुनासोलाई पनि प्रतिवद्धता गरिए अनुसार यस आव ०७१ ।०७२ मा संचालीत योजनाहरको अनुगमन र सार्वजनिक परिक्षण गरि प्रतिवद्धता कार्यान्वयन भएको छ भने राष्ट्यि अभियानको रुपमा रहेको खुला दिशा मुक्त क्षेत्र घोषणा अभियानलाई पुर्ण रुपमा प्रभावकारी र पारदर्शी ढंग वाट सम्पुर्ण सरोकारवालाहरुलाई कार्यान्वयन गराउने र पुर्ण सरसफाई युक्त गाविस घोषणा गर्ने प्रतिवद्धता कार्यान्वयन पक्षमा रहेको छ जम्वुकाभ गाविसमा खानेपानीको समस्या वृहत रुपमा रहेकोले प्रयाप्त सिचाई अभावका कारण उव्जनि न्यून हुने र खाद्यान्न समस्या पर्ने हुदा पानीको समस्या समाधानका लागी मुहान संरक्षण गरि जलउपयोग गुरु योजना निमार्ण गर्ने प्रतिवद्धता पनि आंशिक रुपमा कार्यान्वयन भएको छ । सम्पुर्ण गाविसमा सरोकारवाला छलफल भै प्रस्ताव पश्चात गुरुयोजना निमार्ण अन्तिम चरणमा रहेको छ । पुण रुपमा प्रतिवद्धता कायान्वयनका लागी जम्वुकाध वासी समग्र सचेत नागरिक , सरोकारवाला र राजनितिकदलहरु आ आफ्नो पक्षवाट पहल र भुमिका निर्वाह गर्न जरुरी छ र तेस्रो चौमासिक अवधिमा गरिने सार्वजनिक सुनुवाइमा पुण रुपमा पालना हुन नसकेका प्रतिवद्धता वारे छलफल गरि पुणृ पालनाका लागी सम्पुर्ण निकायले ध्यान दिनु आवश्यक देखिन्छ ।
१३. लयाटिविन्द्रासैनी
आज मिति २०७१ फागुन २८ गते लयाटिविन्द्रासैनि गाविसमा १६४ जना सहभागी र विभिन्न सरोकारवाला जवाफदेहि वक्ताको उपस्थितिमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा ५ वुदे साझा प्रतिवद्धता भए अनुसार प्रतिवद्धताको कार्यान्वयन अवस्थालाई अनुगमन गर्दा ४ वटा पुर्ण रुपमा पालना कार्यान्वयन भएका र १ आंशिक कार्यान्वयन भएको पाइएको छ ।
न्युन आय स्तर भएका र विशेष गरि पिछडिएका वर्गको जनसहभागीता विना नै सिमित टाठावाठाको पहुचको भरमा गाविसमा जाने लक्षित वर्ग वजेट सहि रुपमा कार्यान्वयन हुन नसक्नु र टोल , वस्ती स्तरमा वृहत छलफल गरि आवश्यकता पहिचान द्धारा योजनाको छनौट गर्ने न्यून अभ्यासले लक्षित वजेट पुर्ण रुपमा प्रभावकारी कार्यान्वयन नभएको भन्ने गुनासो लाई सम्वोधन गर्नका लागी २३ औ गाउ परिषदमा टोल वस्तीवाट प्रस्तावना फारम सहित समान सहभागीता जुटाई योजना तर्जुमा प्रक्रियामा सामेल गर्नुका साथै वडा भेला हुदै एकिकृत योजना तर्जुमा समिति मार्फत सिफारिस गरे र गाउ परिषदवाट योजना पास भएको छ । स्थानिय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ मा स्पष्ट उल्लेख भएको प्रावधान अनुसार योजनाहरुको लागी वजेट विनियोजनको प्रक्रियामा भै परिआउने र योजना प्रभावकारी साथै दिगोपना कायम गर्न खर्च गरिने गरि कन्टीजेन्शी रकमको व्यवस्था गरिएको छ । गाविसको हकमा ४.७५ प्रतिशत योजनाको रकम विनियोजन गर्दा कटौती हुने भए पनि योजना सम्पन्न भएपछि जाचपास र फरफारक गर्दा पुन कन्टीजेन्सी कटाएको भनी आएको गुनासो माथि छलफल गरी प्रतिवद्धता गरिएको र हाल सम्पन्न योजनावाट दोहोरो कन्टीजेन्सी वापतको रकम गाविसले कटौती नगरेकाले प्रतिवद्धता पुर्ण कार्यान्वयन भएको अनुगमनको क्रममा पाइएको छ । तेस्रो प्रतिवद्धताको रुपमा आएको विषयलार्इृ पनि पुर्ण कार्यान्वयन गरिएको छ जुन लयाटिविन्द्रासैनी गाविसमा क्रियाशिल सरकारी तथा गैर सरकारी निकाय विच सहकार्य र समन्वयको कमिका कारण स्रोतको प्रभावकारी कार्यान्वयनमा कमी रहेकाले हाल सम्पुर्ण सरोकारवालाहरुविच वैठक वस्ने छलफल गर्ने वानीको विकास भै साधन स्रोतको उचित प्रयोग भएको देखिन्छ साज्यको सेवा प्रवाहको अवसरवाट वन्चित तथा विशेषगरी समाजिक आर्थिक र राजनैतिक रुपले पछाडी पारिएको दलित समुदायका लागी राज्यवाट प्रदान गरिने सेवा सुविधाहरु समान रुपले प्रवाह गर्नुका साथै नगरिक सचेतना केन्द्रका सदस्यहरुलाई शशत्तिकरण गर्ने र स्रोत साधनको पहुचमा पुयाउने प्रतिवद्धता अनुसारको उनहिरुको माग वमोजिम वृतकक्षा भवन , सिचाई पोखरी लगायतका योजना विनियोजन गरि कार्य सम्पन्न भएकाले अनुगमन द्धारा प्रतिवद्धता पुर्ण रुपमा पालना भएको देखिएको छ भने संसदिय विकास कोष मार्फत आउने रकम आवश्यकताको पहिचान विना र अपारदर्शी ढंगवाट खर्च गरिन्छ भन्ने गुनासोलाई प्रतिवद्धता स्वरुप पारदर्शी र आगामी दिनमा समान रुपमा वितरण गर्ने भनी निर्णय समेत गरिएको छ ।
१७. सात्तला
२०७१ पौस २८ गते सात्तला गाविसको भवनमा ११४ जना सहभागी र १३ जना विभिन्न निकायका जवाफदेहि व्ष्क्तिहरुको उपस्थितिमा सम्पन्न भएको सार्वजनिक सुनुवई गरिएको कार्यक्रममा गाविसले प्रदान गरेको गुणस्तर र विकास गतिविधिको सम्वन्धमा नागरिकले उठाएका प्रश्नहरुको जवाफ दिने सन्र्दभमा ५ वुदे साझा प्रतिवद्धता गरिएको थियो । जसमध्य ३ वटा प्रतिवद्धता पुर्ण रुपमा कार्यन्वयन भएका र २ वटा पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको अवस्थामा रहेको प्रतिवद्धता अनुगमनको क्रममा पाइएको छ ।
५ वटा वुदामा गरिएको प्रतिवद्धता मध्य सात्तला गाविस द्धारा प्रदान गरिने सेवा सुविधालाई सहज सरल र प्रभावकारी वनाउनका लागी कर्मचारीको नियमित उपस्थिति नियमित र समयमै कार्यालय खोली सेवा प्रवाह गर्नुपर्ने सात्तलागाविस स्थित विषयगत कार्यालयको आर्थिक अवस्था अन्यौलग्रस्त र अनियमितता भएको र तत्काल सवे निकायको आय व्यय सार्वजनिक गर्नु पर्ने , अघिल्ला दिनहरुमा योजना सम्पन्न नगरिकनै गाविसको पुजिगत रकमवाट रकम फरफारक त्यसै गरि पालना तथा कार्यान्वयन हुन नसकेका भनिएका दुई वटा महत्वपुर्ण प्रतिवद्धता मध्य महत्वकांक्षि एवं आवश्यक लेस्टेचौर सिचाइृ आयोजना क्रमागत आयोजनाहरु अन्र्तगत रहेपनि हाल अलपत्र अवस्थामा नै रहेकोले गाविस स्थित सम्पुर्ण सरोकारवाला हरुको वैठक द्धारा सर्वपक्षिय समिति वनाई सहमतिका आधारमा काम अगाडी वढाउने प्रतिवद्धता गरिएता पनि उक्त प्रतिवद्धता कार्यान्वयन हुन नसकेको र आव ०६८।०६९मा गाविस द्धारा लक्षित वर्ग वजेट मार्फत महिला संजालद्धारा संचालीत नवन्योती सहकारीमा १ लाख प्रदान गरिउको र सो रकम आवश्यकताको आधारमा सहकारी मार्फत विपन्न र नयून आय भएका महिलाको आयस्तर वृद्धि गर्न खर्च पर्नु पर्नेमा हाल सम्म उक्त सहकारीको अध्यक्षले व्यक्तिगत प्रयोजनको लागी खर्च गरेको र सो रकम खोजी गरि सम्वन्धित अधयक्ष द्धारा फिर्ता गर्न लगाउने भनिए पनि हाल सम्म कुनै सुनुवार्इृ तथा प्रतिवद्धता पालना नभएको अनुगमनका क्रममा खुल्न आएको छ । कार्यान्वयन नभएका प्रतिवद्धता पुर्ण कार्यान्वयनका लागी तेस्रो चौमासकिमा गरिने सार्वजनिक सुनुवाईमा समाधान गर्नुपर्ने देदिन्छ ।
१८. भवानी ः
२०७१ माघ १३ गते भवानी गा.वि.स. भवनमा सम्पन्न दोश्रो चौमासिकको अवधिभर भए गरेका क्रियाकलाप तथा सेवा सुविधाको प्रभावकारीताको विषयमा ९६ जना सहभागि र स्थानिय सरोकारवालाहरु जवाफदेहि वक्ताको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो । विकास गतिविधि र विषयगत निकायहरुले प्रभाव गरेका सेवा तथा सुविधाको बारे स्थानिय नागरिकहरुमा के कस्तो प्रभाव परिरहेको छ र सेवा सुविधा प्रतिको उनिहरुको गुनासो के छ भन्ने मूल विषय वस्ुतमा केन्द्रीत उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा धेरै गुनासाहरुको संवोधन जवाफदेहि वक्ताहरु बाट कार्यक्रम स्थलमै भएको थियो भने केही असन्तुष्टिहरुमाथि साझा रुपमा प्रतिवद्धता गर्ने क्रममा ६ वुँदामा साझा प्रतिवद्धता घोषणा गरिएको थियो भने उपस्थित सहभागि बाटै स्वस्फूर्त रुपमा ३ सदस्यीय प्रतिवद्धता पालना अनुगमन समिति पनि गठन गरी गरिएका प्रतिवद्धताहरुलाई कार्यान्वयन गरे नगरेको नागरिक खबरदारी पनि भएको थियो ।

६ वटा वुँदामा गरिएको प्रतिवद्धतामा २ वटा पूर्ण रुपमा कार्यान्वयन भएका ३ आंसिक र एक कार्यान्वयन नै नभएको अनुगमनको क्रममा भेटिएको छ ।भवानीे गा.वि.स.मासचिव र स्वास्थ्य इन्चार्जको कार्यालयमा नियमित उपस्थित नहदा सेवा प्रवाहमा नागरिकहरुलाई समस्या परेको जनगुनासो आएकाले स्वास्थ्य र गाविस सचिव को नियमित उपस्थित भई सेवा प्रवाह गर्ने प्रतिवद्ध छौ भनि गरिएको प्रतिवद्धता कर्मचारीहरु नियमित उपस्थित भई स्थानीय स्तरमा सेवा दिईरहेको, स्थानिय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ अनुसार लक्षित तर्फको वजेट सम्वन्धित शिर्षकमानै अनिवार्य खर्च गर्न प्रतिवद्ध छौ भनि गरिएकोमा लक्षित वर्गको बजेट तथा कार्यक्रमहरु लक्षित वर्ग, क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यान्वयन गर्ने सम्बन्धमा तोकिएकै क्षेत्र तथा कार्यक्रम बाहेक अन्य कुनै पनि क्षेत्रमा लक्षित वर्गको बजेट खर्च नगरिएको र आगामी आ.व. का लागि २३ औं गाऊँ परिषदबाट लक्षित वर्गबाट माग भै आएका १२ वटा योजना पास भएकोले पुर्णरुपमा कार्यान्वयन भएका छन् भने आंसिक रुपमा भवानीको प्रसुति गृहको भवन विचविचमा चर्केकोले मर्मत लगायत का कार्यका लागी सम्वन्धित संघ सस्था र जिविस संग आवश्यक पहल गर्ने प्रतिवद्धता जाहेर गर्दछौ भनि गरिएकोमा मर्मत संभारका लागि ब्म्च्ब् ल्भ्एब्ी, जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला विकास समितिमा पत्राचार गरेको तर केहि सहयोग हुन नसकेको, भवानी गाविसको भवन को सन्र्दभमा हाल सम्म स्थापना नभएकोले ईलाका परिषद्मा पेश गरेको र जिविस परिषद्मा पारित गरि भवन निमार्णका लागि आवश्यक पहल गर्न गरिएको प्रतिवद्धता ईलाका परिषद्मा पेश भई सिफरिश भएको तर जिल्ला परिषद्बाट स्वीकृत गराउनका लागि पहल गरिएको तर परिषद्ले स्वीकृत नगरेको र हिमालय माविमा छात्रा सौचालयको ढोका र पानी लगायतका समस्याहरु ले गर्दा सौचालय प्रयोग नभएकोले मर्मत गरि प्रयोग गर्नका निमित्त आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गदछौ भनि गरिएकोमा पानीको समस्या समाधान तत्कालै भई सकेको तर शौचालय मर्मत हुन नसकेको शौचालय मर्मतका लागि पहल भईरहेकोले आंसिक कार्यान्वयन भएका छन् भने शिक्षासंग सम्वन्धित समस्या वा सवालहरु समाधानका लागि सम्वन्धित कार्यालयमा जाने र समाधानका लागि पहल गर्ने प्रतिवद्धतामा सम्बन्धित कार्यालयमा जानका लागि निर्णय भएको तर समुदायबासी तथा अगुवाहरुले नेतृत्व गरी सम्बन्धित कार्यालयमा नगएको कारण कार्यान्वयन हुन नसकेको अनुगमनले देखाएको छ । आगामी सार्वजनिक सुनुवाई द्धारा र सर्वपक्षिय सरोकारवालाद्धारा पहल गर्नुपर्ने देखिन्छ ।
१९. कांसिकांधः
२०७१ पौष २६ गते कांसिकांध गा.वि.स. भवनमा सम्पन्न दोश्रो चौमासिकको अवधिभर भए गरेका क्रियाकलाप तथा सेवा सुविधाको प्रभावकारीताको विषयमा ९३ जना सहभागि र स्थानिय सरोकारवालाहरु जवाफदेहि वक्ताको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो । विकास गतिविधि र विषयगत निकायहरुले प्रभाव गरेका सेवा तथा सुविधाको बारे स्थानिय नागरिकहरुमा के कस्तो प्रभाव परिरहेको छ र सेवा सुविधा प्रतिको उनिहरुको गुनासो के छ भन्ने मूल विषय वस्ुतमा केन्द्रीत उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा धेरै गुनासाहरुको संवोधन जवाफदेहि वक्ताहरु बाट कार्यक्रम स्थलमै भएको थियो भने केही असन्तुष्टिहरुमाथि साझा रुपमा प्रतिवद्धता गर्ने क्रममा ५ वुँदामा साझा प्रतिवद्धता घोषणा गरिएको थियो भने उपस्थित सहभागि बाटै स्वस्फूर्त रुपमा ३ सदस्यीय प्रतिवद्धता पालना अनुगमन समिति पनि गठन गरी गरिएका प्रतिवद्धताहरुलाई कार्यान्वयन गरे नगरेको नागरिक खबरदारी पनि भएको थियो ।
५ वटा वुँदामा गरिएको प्रतिवद्धतामा ३ वटा पूर्ण रुपमा कार्यान्वयन भएका २ वटा कार्यान्वयन नै नभएको अनुगमनको क्रममा भेटिएको छ । दलित प्रतिनिधिले पाउने रकम नपाएकोले समयमा वितरण गर्ने भनि गरिएको प्रतिवद्धता दोश्रो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता सबैलाई वितरण गरिरहेको, बाटोमा खर्च भएको रकम अवको २३ औं परिषद्वाट वाटो र विद्यालयमा रकम छुट्याउने छैनौ र गाविसको निर्देशिका अनुसार वितरण गर्ने छौ भनिएकोमा निर्देशकामा प्रावधान भए अनुसारनै तोकिएको क्षेत्रमा विनियोजन गरिएको र खर्च समेत सोहि क्षेत्रमा भै रहेको र दलित, जनजाति, महिला रकम पहिलेको परिषद्मा भन्दा प्रतिशतको आधारमा बढी वितरण गर्ने प्रतिवद्धता निर्देशकामा प्रावधान भए अनुसारनै तोकिएको क्षेत्रमा विनियोजन गरिएको र २२ वटा योजना परिषदबाट पास भै सोहि क्षेत्रमा कार्यान्वयन भै रहेकोले पूर्णरुपमा पालना भएको देखिन्छ भने महिला स्वयम सेविकाले पाउने रकमलाइ व्यबस्थित गर्न पासवुक वितरण गर्ने भनि गरिएको प्रतिवद्धता हेल्थपोष्टले सबै स्वयंसेविकाहरुको नामावलि जिल्ला स्वास्थ्यमा पठाई सकेको र जिल्लामै हालसम्म पासबुक तयार हुन नसकेकाले वितरण गर्न नसकिएको, विद्यालयमा खर्च गर्ने रकम समयमा नपाएकोले सम्वन्धित निकायले समयमा उपलव्ध गराउने भनिएकोमा जिल्ला शिक्षाबाट विनियोजित रकमबाट विग विल्डिगंको रकम ठेकेदारको लापरबाहिका कारण हाल सम्म रकम समयमै आउन नसकेकोे र ठेकेदारलाई समयमै काम सम्पन्न गरी रकम माग गर्न ताकेता गरिएको भन्ने मात्र अनुगमनमा पाइएकोले प्रतिवद्धता कार्यान्वयन हुन सकेको छैन ।आगामी सार्वजनिक सुनुवाईमा पुर्णरुपमा कार्यान्वयन गर्नका लागि सर्वपक्षिय सरोकारवालाद्धारा पहल गर्नुपर्ने देखिन्छ ।

२०. बडाखोला
२०७१ पलागुन ६ गते १२३ जना सहभागी र अन्य सरोकारवाला निकाय जवापलदेहि वक्ताको उपस्थिति रहेको सार्वजनिक सुनुवाई कार्यक्रममा ६ वुदे विभिन्न क्षेत्रसंग सम्वन्धित साझा प्रतिवद्धता घोषणा भएको थियो । गरिएका प्रतिवद्धता अनुगमन गर्ने क्रममा ४ वटा पुण रुपमा कार्यान्वयन भएको १ आशिंक र १ पुर्ण रुपमा कार्यान्वयन नभएको पाईएको छ
लक्षित रकम लक्षित वर्गकै हित र आवश्यकता अनुसार विनियोजन र खर्च गर्नु पर्नेमा विनियोजन लक्षितको नाममा भएपनि अनेत्रै खर्च गरिने भएकाले आगामी दिनमा रकमान्तर गर्ने परिपाटी अन्त्य गर्ने प्रतिवद्धता हाल कार्यान्वयन भएको छ लक्षितका मागका आधारमा योजनाहरु पासगरी उनीहरुकै हितमा कार्यभएको पाइएको छ सचेतनामुलक कार्यक्रम शिपमुलक कार्यक्रम र सम्मान जस्ता कार्यक्रम भउका छन । परिषद संचालन गर्ने क्रममा अघिल्ला दिनमा सिमित व्यत्तिलाई योजना तर्जुमा समिति द्धारा सिफारिस योजनाको पनि वेवास्था गरी मनोमानी गर्ने पद्धतिलाई न्युनिकरण गरी समान सहभागीता रआम समुदायको हित र चाहाना अनुरुप परिषद मर्यादित रुपमा सम्पन्न भउको पाईयो । त्यसैगरी महिला लक्षीत रकम संगालेर एक लौती खर्च गर्ने र अन्य महिलाहरको सहभागीता विना योजना तर्जुमा गर्ने जस्ता कार्यको पनि न्युनिकरण भएको पाइएको छ जसको लागी संजालमा आवद्ध महिलाहरको वैठक वसी छलफल गर्ने र आवश्यकता पहिचानगरी योजना छनौछ गनेृ परिपाटीको सुरुवात भई प्रतिवद्धता कार्यान्वयन भएको छ गाविसको सम्पुर्ण चल अचल सम्पति जसले जिम्मा लीएको हो सरुवा भएर जादा आउने सचिवलाई वझवुझारत गरी जानु पर्नेमा सो नगरिएकाले हाल सम्म पनि सो कार्य वाक िछ भने आव ०६७।०६८ मा भारतीय राज दुतावासको आर्थिक सहयोगमा निमाणृ सम्पन्न भउको जगदिश उ.मा.वि. निमार्णका क्रममा आवश्यक पर्ने काठ वडाखोला ५ स्थित लक्ष्मी मन्दिरवाट १ लाख ५० हजार वरावरको ठेकेदारले लिए पनि हालसम्म फिर्ता नगरेको र वारम्वार पत्राचार गर्दा समेत सुनुवाई नभएकाले कार्यान्वयनको अवस्था दयनिय रहेको छ ।
२१. कट्टी
२०७१ पmागुन २९ गते कट्टी गा.वि.स. भवनमा सम्पन्न दोश्रो चौमासिकको अवधिभर भए गरेका क्रियाकलाप तथा सेवा सुविधाको प्रभावकारीताको विषयमा ९३ जना सहभागि र स्थानिय सरोकारवालाहरु जवाफदेहि वक्ताको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो । विकास गतिविधि र विषयगत निकायहरुले प्रभाव गरेका सेवा तथा सुविधाको बारे स्थानिय नागरिकहरुमा के कस्तो प्रभाव परिरहेको छ र सेवा सुविधा प्रतिको उनिहरुको गुनासो के छ भन्ने मूल विषय वस्ुतमा केन्द्रीत उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा धेरै गुनासाहरुको संवोधन जवाफदेहि वक्ताहरु बाट कार्यक्रम स्थलमै भएको थियो भने केही असन्तुष्टिहरुमाथि साझा रुपमा प्रतिवद्धता गर्ने क्रममा ५ वुँदामा साझा प्रतिवद्धता घोषणा गरिएको थियो भने उपस्थित सहभागि बाटै स्वस्फूर्त रुपमा ३ सदस्यीय प्रतिवद्धता पालना अनुगमन समिति पनि गठन गरी गरिएका प्रतिवद्धताहरुलाई कार्यान्वयन गरे नगरेको नागरिक खबरदारी पनि भएको थियो ।
२ वटा वुँदामा गरिएको प्रतिवद्धतामा एक पूर्ण रुपमा कार्यान्वयन भएको र एक कार्यान्वयन नै नभएको अनुगमनको क्रममा भेटिएको छ । कृषि लक्षितले पाउने १५ प्रतिशत रकम नपाएकोले परिषदबाट अनिवार्य बिनियोजन गर्ने भनि गरिएको प्रतिवद्धतामा कृषि ,बन तथा वातावरण समितिलाइ वितरण गरिरहेको तर अधिल्लो परिषदबाट रकम बिनियोजन भएपनि खर्च रकमान्तर गरिने भएकाले कार्यान्वयन नभएकोले २३ औं परिषद्वाट रकम छुट्याउने निर्देशिका अनुसार लक्षित वर्गमै खर्च गर्ने निर्णय गरिएकोले आंसिक कार्यान्वयन भएको छ भने पूर्णरुपमा पालना भएको प्रतिवद्धता गाबिसमा सन्चालित विद्यालयहरुमा मर्मत गर्नका लागि बजेट आवश्यक्ता भएकोले सम्बन्धित निकायमा पहल गर्ने र स्थानय जनश्रमदान जुटाएर मिर्मत गरिने भनिएकोमा सोहि अनुसार गाबिसका ७ वटा बिद्यालय मर्मत गरि पूर्णरुपमा प्रतिवद्धता पालना भएको देखिन्छ ।
२२. पग्नाथ
२०७१ पmागुन २८ गते पगनाथ गा.वि.स. भवनमा सम्पन्न दोश्रो चौमासिकको अवधिभर भए गरेका क्रियाकलाप तथा सेवा सुविधाको प्रभावकारीताको विषयमा ९५ जना सहभागि र स्थानिय सरोकारवालाहरु जवाफदेहि वक्ताको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो । विकास गतिविधि र विषयगत निकायहरुले प्रभाव गरेका सेवा तथा सुविधाको बारे स्थानिय नागरिकहरुमा के कस्तो प्रभाव परिरहेको छ र सेवा सुविधा प्रतिको उनिहरुको गुनासो के छ भन्ने मूल विषय वस्ुतमा केन्द्रीत उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा धेरै गुनासाहरुको संवोधन जवाफदेहि वक्ताहरु बाट कार्यक्रम स्थलमै भएको थियो भने केही असन्तुष्टिहरुमाथि साझा रुपमा प्रतिवद्धता गर्ने क्रममा ४ वुँदामा साझा प्रतिवद्धता घोषणा गरिएको थियो भने उपस्थित सहभागि बाटै स्वस्फूर्त रुपमा ३ सदस्यीय प्रतिवद्धता पालना अनुगमन समिति पनि गठन गरी गरिएका प्रतिवद्धताहरुलाई कार्यान्वयन गरे नगरेको नागरिक खबरदारी पनि भएको थियो ।
४ वुँदामा साझा प्रतिवद्धता घोषणा गरिएकोमा ३ वटा पूर्ण कार्यान्वयन भएकामा नागरिक सचेतना केन्द्रकको भवन मर्मत गर्नका लागि पैसा छुट्याएको र मर्मत बापत श्रमिकले पाउने पारिश्रमिक नपाएकोले प्रतिवद्धता गरिएको थियो भने भवन निर्माण समितिका अध्यक्ष लगाएत सम्पूर्ण सदस्यहरुलाइ २०७२ बैशाख ७ गते गाबिस कार्यलयमा बोलाइ रकम दिन लगाएको,कृषि बन वातावरण समितिको रकम गाबिसले बिद्यालयका शिक्षकलाई तलवका लागि रकमान्तर गरेकोले आउँदा दिनमा त्यसो नगर्ने प्रतिबद्धता गरिए अनुसार समितिको रकम समितिकै खातामा हालि पगमाथ ६ का कृषकले प्लाष्टिक घर निर्माण गरि आयमूलक कार्यमा खर्च गरेकोले प्रतिबद्धता पूर्ण कार्यान्वयन भएको छ भने हुलाक टाकुरा देखि पगनाथ जाने सडक निर्माणका क्रममा अनियमिता भएको गुनाँसो प्रतिबद्धता गरिएकोमा गत बैशाख ७ गते गाबिस कार्यलयमा बोलाइ रकम अशूल गरिएकोले ३ वटा प्रतिबद्धता कार्यान्वयन भएका र आँशिक पालना भएको ज्येष्ठ नागरिक सम्मानका लागि भनि परिषदबाट रकम बिनियोजन गरेपनि अन्य क्षेत्रमा खर्च हुने गुनासो लाई सम्बबिन्धत बर्गकै क्षेत्रमा खर्च गर्ने प्रतिबद्धतामा हाल बजेट बिनियोजन भैसकेकोले आगामि बर्ष छुट्याइ सम्मान गरिने अनुगमनले देखाएको छ ।

२३. लाँकुरी
२०७१ पौष १९ गते लाँकुरी गा.वि.स. भवनमा सम्पन्न दोश्रो चौमासिकको अवधिभर भए गरेका क्रियाकलाप तथा सेवा सुविधाको प्रभावकारीताको विषयमा ११४ जना सहभागि र स्थानिय सरोकारवालाहरु जवाफदेहि वक्ताको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो । विकास गतिविधि र विषयगत निकायहरुले प्रभाव गरेका सेवा तथा सुविधाको बारे स्थानिय नागरिकहरुमा के कस्तो प्रभाव परिरहेको छ र सेवा सुविधा प्रतिको उनिहरुको गुनासो के छ भन्ने मूल विषय वस्ुतमा केन्द्रीत उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा धेरै गुनासाहरुको संवोधन जवाफदेहि वक्ताहरु बाट कार्यक्रम स्थलमै भएको थियो भने केही असन्तुष्टिहरुमाथि साझा रुपमा प्रतिवद्धता गर्ने क्रममा ५ वुँदामा साझा प्रतिवद्धता घोषणा गरिएको थियो भने उपस्थित सहभागि बाटै स्वस्फूर्त रुपमा ३ सदस्यीय प्रतिवद्धता पालना अनुगमन समिति पनि गठन गरी गरिएका प्रतिवद्धताहरुलाई कार्यान्वयन गरे नगरेको नागरिक खबरदारी पनि भएको थियो ।
लाकुरी गाविसले गरेका ५ बुदे प्रतिवद्धता मध्ये ३ वटा प्रतिवद्धताहरु पुर्ण रुपमा कार्यान्वयन भएको पाइएको छ भने वाकि २ मध्ये १ वटा आंशिक रुपमा कार्यान्वयन भएको र १ वटा कार्यान्वयन नै नभएको अवस्था भेटिएको छ । जसमध्ये लक्षित वर्गका लागि विनियजित वजेट स्थानीय निकाय श्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि २०६९ अनुसार कार्यान्वयन गर्नलाई सम्बन्धित लक्षित वर्गको क्षेत्रमा रकम विनियोजन गर्ने प्रतिवद्धता भए अनुसार सोहि अनुसार चालु आर्थिक वर्षमा गरिएको छ । गाविस भित्र संचालन हुने विकास निर्माणका योजनालाई क्रमागत रुपमा संचालन गर्दै जाने र सरोकारवाहरुको सहमतिमा योजनावद्ध तरिकाले काम गर्ने प्रतिवद्धता कार्यान्वयन हुन नसकेता पनि सरोकारवालाहरु संग छलफल गरिरहेको बताइएको छ । उपस्वास्थ्य चौकि को कार्यालय समय १० देखि ५ बजे सम्म नभएको ले हाल स्वास्थ्य व्यवस्थापन समितिको ०७१ पौष महिनामा बसेको बैठकले नियमित रुपमा कार्यालय ५ बजे सम्म कार्यालय खोली यो प्रतिवद्धता पुर्ण रुपमा पालना गरिएको छ । गाविसमा संचालीत योजनामा प्राविधिकहरु योजना स्थलमा नआउने पुरानो अभ्यासलाई प्राविधिकहरुलाई नियमित रुपमा योजना स्थलमा आउने वातावरण भएको ले यसको पनि पुर्ण कार्यान्वयन भएको देखिन्छ । जिल्ला शिक्षाको श्रोत व्यक्ति आफनो कार्य प्रति जिम्मेवार नभएको देखिएको थियो । यस सन्दर्भमा गाविसको कार्यालयले पटक पटक पत्राचार गर्दा पनि नियमित काम गराउन सकिएको छैन ।
२४. डाडापराजुल
२०७१ माघ २९ गते डाडापराजुल गा.वि.स. भवनमा सम्पन्न दोश्रो चौमासिकको अवधिभर भए गरेका क्रियाकलाप तथा सेवा सुविधाको प्रभावकारीताको विषयमा १३१ जना सहभागि र स्थानिय सरोकारवालाहरु जवाफदेहि वक्ताको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको थियो । विकास गतिविधि र विषयगत निकायहरुले प्रभाव गरेका सेवा तथा सुविधाको बारे स्थानिय नागरिकहरुमा के कस्तो प्रभाव परिरहेको छ र सेवा सुविधा प्रतिको उनिहरुको गुनासो के छ भन्ने मूल विषय वस्ुतमा केन्द्रीत उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा धेरै गुनासाहरुको संवोधन जवाफदेहि वक्ताहरु बाट कार्यक्रम स्थलमै भएको थियो भने केही असन्तुष्टिहरुमाथि साझा रुपमा प्रतिवद्धता गर्ने क्रममा ४ वुँदामा साझा प्रतिवद्धता घोषणा गरिएको थियो भने उपस्थित सहभागि बाटै स्वस्फूर्त रुपमा ३ सदस्यीय प्रतिवद्धता पालना अनुगमन समिति पनि गठन गरी गरिएका प्रतिवद्धताहरुलाई कार्यान्वयन गरे नगरेको नागरिक खबरदारी पनि भएको थियो ।
४ वँुदे साझा प्रतिवद्धतामा ३ वटा पुर्ण रुपमा कार्यान्वयन भएका र १ वटा आसिंक कार्यान्वयन भएको अवस्था पाईएको छ ।
कार्यान्वयन भएका मध्य गाविसले संकलन गर्ने आन्तरीक आम्दानी रकम र सामाजिक सुरक्षा भत्ताको विवरण सार्वजनिकीकरण गर्ने , सामाजिक सुरक्षा भत्ता अन्र्तगत वाल पोषण भत्तामा अनियमितता भएको गुनासोलाई संम्वोधन गर्न गरिएको प्रतिवद्धतामा सामाजिक सुरक्षा भत्ता विवरण गाविसमा टास गरिएको , छुटेका वालवालीका लाई पोषण भत्ता वित।रण गरिएको र आन्तरिक आम्दानी कोषमा जम्मा गरेको, गाविसवाट हरेक क्रियाकलापहरु संचालन गर्नकालागी पेश्की रकम लगेर जाने र काम भई सकेपछि पेश्की रकम फर्छयौट गर्नु पर्नेमा सवै रकम फर्छयौट भएकोले प्रतिवद्धता पुर्ण रुपमा कार्यान्वयन भएको छ । गाविसको वडा न. ४ र १ को समुदायवाट सडकको आवश्यकता माग भई आएकोले आगामी दिनमा जिविसमा अनुरोध गर्ने र गाविसमा पनि पहल गर्ने भनिएकोमा आगामी आर्थिक बर्षमा सडक विस्तारको लागी रकम छुट्याउने निर्णय गरिएको र हाल जिविसमा अनुरोध गरिए पनि सुनुवाई नभएकोले प्रतिवद्धता आँसिक रुपमा पालना भएको अनुगनको क्रममा देखिएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*