तीजका लागि सपना शाहीको , झक्कास– २ ।

असार, दैलेख । यस वर्षको तिजमा तिजगीतका पारखिहरुका लागि गायीका सपना शाहीको झक्कास २ बजारमा आउने भएको छ । पोहरसालको तीजमा “झक्कास” लिएर आएका गायिका सपना शाही र प्रेमविवश घर्तीले यसपालिको तीजगीत एल्बमका लागि अर्को नाम खोज्ने टन्टै गरे नन् । उनीहरुले “झक्कास–२” नाम दिएर तीजको गीत लिएर आएका हुन् ।

“झक्कास– २” तीजगीत एल्बममा “बजाइदेऊ ताली” बोलको गीत समेटिएको छ । यसअघि सपना र प्रेमविवशले “झक्कास”मा “रातो रातो साडीमा झनै राम्रो हाँसो” बोलको तीजगीत बजारमा ल्याएका थिए ।एचझ द्यष्धबक

यसपालिको तीजगीत एल्बम “झक्कास– २”को गीतमा धिरेन्द्र शाहीको शव्द रहेको छ । यसमा गायक प्रेमविवश घर्तीले नै संगीत दिएका छ । विन्धवासिनी म्युजिक कम्पनीबाट बजारमा आउन थालेको “झक्कास– २” तीजगीत एल्बमले स्रोता÷दर्शकलाई छमछम नाच्न वाध्य पार्ने गायिका सपना शाहीले बताइन् ।

“झक्कास–२”को गीत रेकर्डिङ र मिक्सिङको काम पूरा भइसकेको छ । केही दिनमै भिडियोको काम सकिएपछि दर्शक÷स्रोतामाझ पुग्ने गायिका सपनाले बताइन् । गायिका शाहीका अनुसार तीजगीत एल्मब “झक्कास–२”को एक बान्की स्
केटी स्
बजाईदेऊ ताली
पोहोरको तीजमा झक्कासै नाच्यौँ
मर्काइदेऊ कम्मर मैया यसपालि
केटा स्
बजाइदेऊ ताली पोहोरको तीजमा झक्कासै नाच्यौँ
मर्काइदेउ कम्मर कान्छा यसपालि

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*