डुंगेल महादेव परिसरमा रुद्राक्ष रोपण

दुल्लु नगरपालिका वडा नम्वर १ तल्लो डुंगेश्वरमा अवस्थित प्रसिद्ध डुंगेल महादेव मन्दिर परिसर क्षेत्र भित्र पवित्र वृक्ष रुद्राक्ष रोपण गरिएको छ ।

गत सोमवार हरिवोधनी एकादसीको दिन पारेर नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष नमन कुमार शाहीद्धारा रुद्राक्ष रोपण गरिएको हो । महादेव मन्दिर व्यवस्थापन समिति र पुजारीहरुले एक औपचारिक पुजा आजा गरि तुलसी सहित रुद्राक्षको रोपण गरि हरिवोधनी एकादसीको दिन मनाएका हुन् ।
पत्रकार महासंघ दैलेखको पहलमा जिल्ला कृषि विकास कार्यालय दैलेखले रुद्राक्ष र तुलसी सहितका वृक्ष सहयोग गरेपछि डुंगेश्वरमा यस्तो कार्य गरिएको हो । डुंगेल महादेव मन्दिर कर्णाली र लोहोरे नदिको ठिक दोभानमा अवस्थित छ । यो मन्दिरमा भगवान सिव महादेवको दर्सन गर्न हरेक वर्ष आन्तरिक र वाह्य पर्यटकहरु हजारौको सँख्यामा आउँछन् । सोचेका चाहनाहरु पूरा हुन्छन् भन्ने आम भक्तजनको विश्वासका कारण हरेक दिन जसो श्रद्धालुहरु सो महादेव मन्दिरमा पुजा आजा गरिरहेका भेटिन्छन् । हरेक वर्ष पर्ने महासिवरात्रीका दिन यस मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ । मेलाको अवसर पारेर दैलेखवाट वसाइ सरेर गएकाहरु पनि डुंगेल महादेवको दर्शन गर्न विशेष रुपले महासिवरात्रीका दिन आउने गर्छन् । धार्मिक महत्व भएको यस मन्दिर क्षेत्रलाई र्पयटन गन्तव्यको रुपमा विकास गर्न सके दैलेखको आर्थिक र साँस्कृतिक विकासमा टेवा पुग्ने निश्चित छ । यसर्थ यो वर्ष रुद्राक्षको वृक्ष रोपणमा ध्यान दिएको हो । संचार माध्यायम र संघ संगठनले यस्ता ओझेलमा पर्न सक्ने पर्यटकिय धार्मिक स्थलको रक्षामा पनि ध्यान दिनु पक्कै पनि प्रसंसनिय कार्य हो । यस महादेव मन्दिर परिसरको पर्खाल नभएका कारण अहिले मन्दिर परिसर गौचरनका रुपमा प्रयोग भैरहेको छ । यसमा आम जनमास र सरोकारवालाहरुको वेलैमा ध्यान नजाने हो भने मन्दिरको अस्तित्व नै संकटमा पर्ने देखिन्छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*