आयोजनाको सहयोगले आत्मनिर्भर बन्दै किसान

१३ साउन, दैलेख । पश्चिम उच्च पहाडी गरिवी निबारण आयोजना समन्वय इकाइ दैलेखको आयोजनामा सेवाग्राही हित प्रर्वद्धन समितिको बैठक सदरमुकाममा सम्पन्न भएको छ ।
आयोजनाका अनुगमन अधिकृत टोप बहादुर बुढाद्धारा पेश गरिएको बार्षिक प्रतिबेदनमा आयोजना मार्फत एक वर्ष भित्र संचालन भएका गतिविध र प्रभाबका विषयमा छलफल भएको थियो । त्यस्तै सहभागी कृषकहरुले आयोजना मार्फत प्राप्त गरेका कुखुरा,बाख्रा र बंगुर लाई आफुहरुले व्यवसायको रुपमा आत्मसाथ गर्दै लगेको बताएका थिए भने आगामी दिनमा यस लाई अझ बृहत रुपमा विस्तार गर्न आफुहरुमा बैठकले थप हौसला दिएको बताएका थिए । स्थानिय बिकास अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा भएको बैठकमा आयोजना लागु भएका जिल्लाका २० गाविसका सामुदायिक आयोजना समन्वय इकाइका प्रतिनिधि र आयोजनाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । आयोजनाको गतिविधिको समिक्षा गर्न बसेको बैठकले आगामी दिनको रणनिति समेत तयार पारेको छ । आयोजनाले विभिन्नि सिम विकास सम्बन्धि तालिम र औजार पनि बितरण गर्दै आएको छ । तालिममा सहभागीहरुले प्राप्त गरेका औजारबाट व्यवसाय समेत सुरु गरेका छन

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*