कार्यसम्पादनमा जिविस र नगरपालीकाको उल्लेख्य प्रगती

१४ साउन, दैलेख । स्थानीय निकायको कामको मूल्यांकनको आधार ‘न्यूनतम सर्त मापन तथा कार्यसम्पादन मूल्यांकन (एमसीपीएम) मा दैलेख जिविस र नारायण नगरपालीकाले उल्लेख्य प्रगती गरेका छन् ।
आर्थीक वर्ष २०६९ र ०७० मा १० औ स्थानमा रहेको जिवि यस पटक तेस्रो स्थानमा उग्लीएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रत्येक वर्ष गर्ने कामको मूल्यांकनमा आर्थिक वर्ष ०७० र ७१ को नतिजामा दैलेख जिविस तेस्रो भएको हो । सरकारले दिने कुल अनुदानको थप २० प्रतिसत अनुदान प्राप्त गर्ने जिल्लाका रुपमा दैलेख आउनु जिल्लाबासीका लागि नै गौरवको विषय भएको निमित्त स्थानिय विकास अधिकारी यमनारायण गौलीले बताए । न्यूनतम सर्त मापनका ९ र कार्यसम्पादनका ४६ सूचक तथा उपसूचकमा जिविसले ७७ अंक प्राप्त गरेको हो । कुल १ सय पूर्णांकमा मुलुकभरमै दैलेख जिविसले तेस्रो स्थान ओगटेपछि थप २० प्रतिशत अनुदान प्राप्त गर्न सफल भएको छ । पहिलो, दोस्रो र तेस्रो हुने जिल्लालाई मन्त्रालयले वर्षेनी २० प्रतिशत र १० जिल्लालाई १५ र बाँकीलाई १० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । मूल्यांकनमा धनकुटा र सिन्धुपाल्चोक जिविसले समान अंक ल्याएर पहिलो, दोलखा दोस्रो भएका छन्। ।
देशभरका ५८ वटा नगरपालिकामध्ये यस वर्षको नतिजामा नारायण नगरपालीका १२ औं स्थानमा आएको हो । आर्थिक वर्ष ०६९ र ७० मा भन्दा ०७०र७१ नगरपालिकाले आफ्नो स्थानमा दोब्बर सुधार गर्दै १२ औ स्थानमा उग्लीन सफल भएको हो । ०६९र७० मा नारायण २४ औं स्थानमा रहेको यस नगरपालीकाले नतिजा सँगै कुल अनुदानको १५ प्रतिशत थप अनुदान पाउनेछ । अखेल्लो पटक पिएमका ४० सुचक मध्ये धेरै सुतकहरु समयमै पुरा नभएकाले नगरपालीकाको नतिजा विग्रीएको र यस पटक ति सबै सुचकहरु समयमा पुरा भएकाले यो स्थान नगरपालीकाले पाएको नारायण नगरपालीकाका कार्यकारी अधिकृत गणेशविक्रम शाहले जानकारी दिए । अघेल्लो आर्थीक वर्षको कुल अनुदानमै १५ प्रतिसत रकम थप गरिनु त्रुटीपूर्ण रहेको भन्दै त्यसलाई सच्याउन संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयमा अनुरोध गरिएको कार्यकारी अधिकृत शाहले जानकारी दिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*