तारा सार्की भईन खुद्रा ब्यापारी

तारा सार्की पादुका गा.वि.स. वडा नंं. ५ निवासी हुन । उनको परिवारमा ३ छोरा २ छोरी श्रीमान र आफु गरि ५ जना छन । गरिवीको रेखा मुनी रहेको उनको परिवारमा शिक्षादिक्षा र औषधि उपचारको त कुरै छाडौ खान लाउनको लागि पनि निकै अफ्ठेरोमा थियो । मौसम अनुसारको लुगाफाटा र चाडवाडमा मिठो मसिनो खानु त कता हो कता कति दिन भोकै वस्नु परेको तितो अनुभव कुराकानिका क्रममा सुनाईन । खेतिपातिका लागि जग्गा जमिन छैन र आम्दानी गर्ने अरु उपाए पनि नभएकोले कित खानको जोहो गर्न गाँउमा जानु पथ्र्यो कि विनाकाम घरमा वस्नु पथ्र्यो ।
पादुका गाविसमा गरिवी निवारण कार्यक्र लागु भए पछि पालो कुरेर वसिरहेको उनको परिवार २०६९ सालमा वडामा कार्यक्र विस्तार भए पछि गैरावारी सामूदायिक संस्थामा संस्थाको सचिव पदमा सा.सं.मा संगठित भइन । आयआर्जन क्रियाकलाप माग गर्ने क्रममा खुद्रा व्यापार माग गरेकी तारा सार्कीले हाल पादुका गाविसको वडा नं. ५ पौवामा खुद्रा व्यापार गरिरहेकी छन । अहिले उनि एक दिनमा १२ सय देखि १५ सय सम्म सामान विक्री गरेर ३ देखि ४ सय सम्म नाफा आर्जन गरिरहेकी छन । अनुगमनको क्रममा त्याहा पुगेका गरिवी निवारण कोष कार्यक्रका कार्य प्रवन्धक झरेन्द्र वहादुर सिंह सँगको भटमा विगतको तितो अनुभवलाइ सुनाउदै गरिवी निवारण कार्यक्रले म जस्ता गरिवहरुका दिनहरु फेरिरहेको वताउनु भयो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*