वाझो जमिन भयो हराभर

समुदायको माग, चाहाना, आवाश्यकता र सम्भाव्यताको आधारमा योजना छनोट गरि योजना कार्यन्वयन गर्ने गरिवी निवारण कार्याक्रमले सामाजिक परिचालन, आयआर्जन, क्षमता विकास र सामुदायिक पूर्वाधार निर्माणमा लगानी गर्दै आइरहेको छ । जिल्ला विकास समिति स्थानीय विकास कोष दैलेखको सहजीकरणमा दैलेख जिल्लाको कालभैरव गाविसमा संचालन भएको यो कार्यक्रम अन्र्तगत यस वर्ष यस गाविसको वडा नं. १ मा रहेको नौला विहानी सामूदायिक संस्थामा ७ लाख २७ हजार ३ सय ३४ रुपैया गरिवी निवारण कोषको अनुदान र १ लाख ९३ हजार ५ सय २ समुदायको लगानीमा झाक्रिखोला सिंचाइ योजना अन्र्तगत ३०÷३० घन मिटरका २ वटा सिंचाइ पोखरीहरु निर्माण गरिएको छ । उक्त सिंचाइ पोखरी वाट करिव ७५ रोपनी जग्गा सिंचाइ हुने छ । सिंचाइ योजना निर्माण भए पछि त्यहाका कृषकहरु अत्यन्तै खुसी भएका छन । नौलो विहानी सामुदायिक संस्थाका सदस्यहरु मध्येका २ जना सदस्यहरु नन्द वहादुर थापा र धर्म वहादुर थापाले सिंचाइ पोखरी निर्माण भए पछि तरकारी खेति लगाउन सुरु गरि रहेका छन । वर्षौ देखी वारी नजिकै पानीको स्रोत भए पनि सिंचाइ योजनाको अभावमा वारी वाझो रहने र के खाउ के लाउ को अवस्थामा रहि कामको खोजिमा भारत जाने अवस्था वाट केहि हद सम्म भएपनि न्यूनिकरण हुने र आय आर्जनको अवस्थामा सुधार हुने देखिन्छ ।

Categories: अर्थ

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*