पैसाकमाउन विदेशै जानुपर्दैन भन्ने गतिलो उदाहरण डम्बर खत्री

पैसा कमाउन विदेशै जानुपर्छ भन्ने मान्यतालाई वेलपाटा ३ निवासी डम्मर वहादुर खत्रीले गलत साबित गरिदिएका छन् । एक गरिव परिवारमा जन्मीएका खत्रीको परिवारीक आर्थिक स्थिति कम्जोर भएको कारणले दैनिक जीवन निर्वाह गर्न छिमेकी देश भारत जाने गर्थे । भारतका विभिन्नठाउँमा पुगी ज्याला मज्दुरी गर्ने गर्दर्थे । वर्षको ७÷८ महिना उनि भारतमा ज्याला मज्दुरी गरी विताउने गर्दर्थे । सम्पतिको नाममा दुई रोपनी जग्गा र एउटा वुढो गोरु वाहेक अरु केहिथिएन । ४१ वर्षिय डम्मर खत्रीका ३ छोरा र श्रीमती सहित ५ जनाको परिवार रहेको छ ।
सर्वप्रथम २०६२ सालमा यस वेलपाटा गा.वि.स. मा गरिबी निवारण कोषको सहयोगमा र जि.वि.स. स्थानीय विकास कोष, दैलेखको सहजीकरणमा गरिबी निवारण कार्यक्रम लागु भए पछि यस गा.वि.स. को वडा नं. ३ मा पञ्चकोशी सामूदायिक संस्था गठन गरियो । सा.सं. गठन भएपछि डम्मर वहादुर खत्री यस सा.सं.मा सदस्य वने । सा.सं.मा माग संकलन गर्ने वेलामा आयआर्जन गर्नको लागि उनले खुद्र व्यापारको लागि घुम्ति कोष वाट रकम माग गरि व्यवसाय सुरु गरेका थिए ।
सामूदायिक संस्था वाट पशुकार्यकताको लागिव स्थानीय स्रोत व्यक्ति छनौट गर्ने क्रममा उनलाई छनौट गरियो र ४५ दिन सम्म उनले यो तालिम चितवनमा लिई वेलपाटाको चुप्रा वजारमा एग्रोभेटको पशल सुरु गरे । एग्रोभेट वाट समुदायलाई सेवा पुग्नुका साथै आम्दानी पनि राम्रो भएकोले यस वाट उनले एक लाख भन्दा धेरै कमाउन सफल भए । हाल उनले जर्सी गाई पालन गरेका छन यस वाट ५ देखी ६ लिटर दुध विक्री गरेर दैनिक २५० देखी ३०० रुपैया सम्म आम्दमनी गर्ने गरेका छन । अहिले उनको आम्दानी एग्रोभेट र जर्सि गाई गरेर दैनिक ४०० सम्म हुनेगरेको उनि वताउ छन । आफु सँग भएको सीप, साधन र स्रोतको सहि सदुपयोग गरि लगनशिल भई काम गर्ने हो भने विदेश जतिकै पैसा आफ्नै ठाँउमा पनि कमाउन सकिन्छ भन्ने उदारहण उनले दिएका छन ।

Categories: समाज

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*